बिएन पढ्ने नयाँ विद्यार्थीहरुको स्वागत ।

 

BN NURSING

 

१९, पौष, चितवन । भरतपुर अस्पतालमा बिएन पहिलो बर्षमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई दोस्रो बर्ष अध्ययनरत विद्यार्थीहरुले स्वागत गरेका छन् ।

अस्पतालको नर्सिङ क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी द्धितिय बर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले स्वागत गरेका हुन् । अस्पतालको नर्सि ङ कार्यक्रम संयोजक देवि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरीटेण्डेन्ड डा. रुद्रप्रसाद मरासिनीले अस्पतालले घाटा नै खाएर भएपनि बिएन कक्षा सञ्चालन गरेको भन्दै अनुशासित र मर्यादित भएर गुणस्तरीय शिक्षा लिन आग्रह गर्नुभयो । हामीलाई पैसा र संख्यासँग कुनै मतलव छैन, मेसु डा. मरासिनीले भन्नुभयो,‘ भरतपुर अस्पतालका विएन पढेर बाहिरका अस्पतालमा जागिर खाएर पढ्ने सपना नदेख्नुहोस्, किनकी हामीलाई क्वालिटीसँग मात्र सम्वन्ध रहन्छ’। 

सो कार्यक्रममा बोल्दै अस्पतालका निर्वतमान अध्यक्ष विजय सुवेदीले भरतपुर अस्पताल नेपालका ठूला १८ बर्ष अस्पताल मध्ये उत्कृष्ट अस्पतालमा परेको भन्दै अब छिट्टै अस्पतालले एमएन कक्षा पनि सञ्चालन गर्ने विश्वास ब्यक्त गर्नुभयो । 

शिक्षालाई सेवासँग जोड्ने उदेश्यले काम गरेकोले नै अस्पतालमा सस्तो दरमा बिएन कक्षा सञ्चालन गर्न सफल भएको सुवेदीले बताउनुभयो । कार्यक्रममा बिएन पहिलो बर्षमा अध्ययन गर्ने विद्यार्थी दिया भट्टराई, बिएन पहिलो बर्षकी कार्यक्रम संयोजक बिष्णुकुमारी श्रेष्ठ, अस्पताल नर्सिङ प्रशासक सरिता कार्की, प्रतिभा सुवेदी लगायतले बोल्नुभएको थियो । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np