भरतपुर अस्पतालबाट पहिलो चौमासिकमा ६३ हजारले सेवा लिए

 

 

२०, मंसिर, चितवन । भरतपुर अस्पतालबाट आर्थिक बर्ष २०७२/०७३ को पहिलो चौमासिकसम्म ६३ हजार १० जना बिरामीहरुले सेवा लिएका छन् ।

अस्पतालको मेडिकल रेर्कडर शाखाले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक बर्षको सोही अवधिको भन्दा चालु आ.वको बिरामी सख्या ६ हजार २ सय ९९ ले वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षको पहिलो चौमासिकमा ५६ हजार ७ सय ११ जनाले सेवा लिएका छन् । अस्पतालमा  चालु आ.व को पहिलो चौमासिकसम्म ओपिडि सेवा ४९ हजार ९ सय २६ ले लिएका छन् । यस्तै, आकस्मिक सेवा लिनेको सख्या ९ हजार ७ सय ३७ रहेको छ । यस्तै प्रतिकारात्मक सेवा १५सय ५ जनाले लिएका छन् भने, अन्य सेवाहरु लिने १८ सय ४२ जना रहेको शाखाका मेडिकल रेर्कडर नारायण रिजालले जानकारी दिए । अस्पतालमा १३ हजार ८ सय २३ विरामी भर्ना भएका छन् भने, १३ हजार ६ सय ७४ जना डिस्र्चाज भएको अस्पतालको रेकर्डमा उल्लेख छ । सुरक्षित गर्भवती गराउने अस्पतालका रुपमा परिचित भरतपुर अस्पतालमा प्रथम चौमासिकमा ४ हजार ५ सय १८ जना महिलाहरुले सुत्केरी सेवा लिएका छन् । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np