भरतपुर अस्पतालमा ११ हजार ३ सय ६४ लिए सुत्केरी सेवा ।

 

Bharatpur Hospital

 

१५, साउन, चितवन । चितवनको सरकारी भरतपुर अस्पतालमा आर्थिक बर्ष २०७१÷०७२ मा ११ हजार ३ सय ६४ जनाले सुत्केरी सेवा लिएका छन् । अस्पतालमा ८ हजार ३ सय १६ जनाले साधारण सुत्केरी गराएका छन् भने अप्रेशन गरेर सुत्केरी सेवा लिनेको सख्या २ हजार ४ सय ६५ छ ।

यस्तै जटिलतायुक्त सुत्केरी सेवा ५८३ जनाले लिएको अस्पतालका तथ्याङक इकाईका प्रमुख नारायण रिजालले जानकारी दिए । अस्पतालमा १४० जना वच्चा मरेको जन्मिएको, २२ जना जुम्ल्याहा वच्चा जन्मिएको, जन्मिएपछि ८ जना वच्चा मरेको तथ्याङक छ । सुत्केरी गराउदा २ जना मात्र महिलाको मृत्यु भएको छ । यो कुल सुत्केरी सेवा लिने महिलाहरुको ०.०२ प्रतिशत रहेको छ । ४ केजी भन्दा बढिको बच्चा १७५ जना जन्मिएका छन् भने, २५ सय ग्राम भन्दा कम तौल भएका वच्चा २६६ को जन्म भएको छ । उल्टो वच्चा जन्मिइनेको सख्या ५३ छ । कुल सुत्केरी सेवा लिने वाहेक भरतपुर अस्पतालमा ७३८ जना सुत्केरी महिलाहरूमा जटिलता व्यवस्थापन गरिएको छ ।  भरतपुर अस्पतालमा अघिल्लो बर्ष आर्थिक बर्षको तुलनामा करिव १ हजार २ सय बढि महिलाले सुत्केरी सेवा लिएका छन् । अस्पतालमा प्रसुती तथा स्त्री रोग सेवाका लागि ११५ वेड छुट्¥याइएको छ । भरतपुर अस्पताल काठमाण्डौको प्रसुती गृह पछि दोस्रो ठुलो सुत्केरी गराउने अस्पतालका रूपमा रहेको स्त्री तथा प्रसुती रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलले जानकारी दिए । २४ सै घण्टा सवै प्रकारको अप्रेसन सुविधा, जोखिम एकदमै कम भएको, सुरक्षित सुत्केरी सेवा प्रदान गरिने र अन्य प्रकारका रोगहरु महिलाहरुमा भएमा पनि बरिष्ठ फिजिसियनहरू भरतपुर अस्पतालमा रहेकोले पनि जनतामा भरतपुर अस्पताल प्रति बिश्वास वढेको विभागिय प्रमुख डा. पोख्रेलले दावी गरे । चितवनमा भरतपुर अस्पताल बाहेक चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम लागु भएपनि सुत्केरी गराउने महिलाहरुको चाप अत्याधिक रहेको छ । हामीले वेडको अभावका कारणले भूईमा राखेर समेत सुत्केरी गराउनुपर्ने अवस्था छ विभागिय प्रमुख डा. पोख्रेलले भने मौजुदा मानव संसाधन, वेड सख्या थप नगर्ने हो भने, चाप धान्न सकिदैन् । भरतपुर अस्पतालमा विगत ७ बर्ष अघि देखि आमा सुरक्षा कार्यक्रम लागु हुदै आएको छ । विभागिय प्रमुख डा. पोख्रेलले भने — आमा सुरक्षा कार्यक्रम सरकारको उदेश्य अनुरूप भरतपुर अस्पतालमा लागु छ, अन्य अस्पताल वा मेडिकलमा जाँदा विभिन्न वाहानामा शूल्कहरु सुत्केरी गराउने नाममा लिने हुदा पनि भरतपुर अस्पतालमा गर्भवती महिलाहरू आउने गरेका छन् । भरतपुर अस्पतालमा १५ जिल्लाका गर्भवतीहरू सुत्केरी गराउन आउने गरेको तथ्याङक छ । 

 यातायात खर्च र शोध भर्नाका लागि ४ करोड ५ लाख । 

भरतपुर अस्पतालमा आमा सुरक्षा कार्यक्रम अन्र्तगत यातायात खर्च र शोध भर्नाका लागि आर्थिक बर्ष २०७१÷०७२ मा नेपाल सरकारले १ करोड ३५ लाख र दातृ निकायबाट २ करोड ७० लाख रकम प्राप्त भएको थियो । यि दुवै रकम सुत्केरीको यातायात खर्च र अस्पताल विकास समितिमा शोध भर्नाका लागि विनियोजन हुने गर्दछ । नेपाल सरकारबाट दिइएको प्राप्त रकम मध्ये १ करोड ३४ लाख ८४ हजार ९ सय ४० खर्च भएको छ भने, दाताबाट प्राप्त रकममा २ करोड ४८ लाख ४३ हजार ५ सय ६० रुपैया खर्च भएको भरतपुर अस्पतालका लेखापाल उमानाथ ढकालले जानकारी दिए । भरतपुर अस्पताललाई साधारण सुत्केरी गराए वापत प्रति व्यक्ति १५ सय, जटिल सुत्केरी गराएको ३ हजार र अप्रेशन गर्नका लागि ७ हजार रकम शोध भर्नाका लागि प्राप्त हुन्छ । भरतपुर अस्पतालमा सुत्केरी गराएर डिस्र्चाज हुने सुत्केरीहरुलाई प्रति व्यक्ति ५ सय रुपैया यातायात खर्च दिने गरिएको छ । यस्तै, ४ पटकसम्म सरकारी स्वास्थ्य सस्थामा नियमित रूपमा परिक्षण गराएको प्रमाण अस्पतालमा पेश गरेमा प्रति सुत्केरी ४ सय रुपैया दिने व्यवस्था छ । सो का लागि अस्पतालमा आर्थिक बर्ष २०७१÷०७२ का लागि २० लाख रकम प्राप्त भएको थियो । त्यस मध्ये जम्मा ८७ हजार ६ सय मात्र खर्च भएको देखिएको छ । नियमित रुपमा सरकारी स्वास्थ्य सस्थामा चेकजाँच नगराउने र गराएपनि त्यसको प्रमाण देखिने कागजात नल्याउदा रकम खर्च हुन नसकेको लेखापाल ढकालले जानकारी दिए । नियमित रूपमा ४ पटकसम्म सरकारी स्वास्थ्य सस्थामा गर्भवती जाँच गराउनुपर्दछ भन्ने कुरा प्रचार प्रसार कम भएको हुन सक्ने र कार्यक्रमका बारेमा जानकारी नभएका कारणले द्धतज ब्ल्ऋ को रकम खर्च हुन नसकेको देखिन्छ । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np