भरतपुर अस्पतालमा फार्मेसी सञ्चालनको तयारी तिव्र ।

 

 

१३, साउन, चितवन । सर्वोच्च अदालत र स्वास्थ्य मन्त्रालयको आदेश र निर्देशनपछि भरतपुर अस्पतालले आफैले फार्मेसी सेवा सञ्चालन गर्ने तयारी तिव्र पारेको छ। हरेक सरकारी अस्पतालले अस्पताल भित्रको फार्मेसी आफैले सञ्चालन साउन १ गतेदेखि गर्नुपर्ने भन्दै मन्त्रालयले निर्देशन दिएपछि भरतपुर अस्पताल आफैले फार्मेसी सञ्चालनको तयारी तिव्र पारेको हो ।

 सर्वोच्चले गएको असार १३ गते चिकित्सा बिज्ञान राष्टिय प्रतिष्ठान सहित अन्य सवै सरकारी अस्पतालहरुका नाममा अस्पताल आफैले फार्मेसी सञ्चालन गर्नुपर्ने आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयको असार २९ गतेको मन्त्रिस्तरीय निर्णयले आफ्नै फार्मेसी सेवा सञ्चालन गराउन मुलुकका सवै अस्पतलालाई निर्देशन दिएको थियो । भरतपुर अस्पतालले अस्पताल परिसरमा रहेको फार्मेसी सञ्चालनको टेण्डर गरिसकेको अवस्थामा  भएपनि सर्वोच्च र मन्त्रालयको आदेशपछि टेण्डर प्रकृया स्थगीत गरि आफैले फार्मेसी सञ्चालन गर्ने तयारी शुरु गरेको हो । राज मेडिकलका नाममा सञ्चालित फार्मेसीसँगको सम्झौता असार मसान्तमा सकिएको थियो। “ हामीले नया टेण्डर गरि बढाबढमा दिने तयारी गरेका थियौ तर एक्कासी मन्त्रालयको निर्देशन आएका कारणले तत्कालै शुरु गर्न सक्ने तयारी गर्न गाहे भयो,” भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदीले भन्नुभयो, “फार्मेसी सञ्चालनका लागि आवश्यक प्रकृया अघि बढि सकेको छ ।” सार्वजनिक खरिद ऐन  र नियमावली २०६४ अन्र्तगत रहि औषधी तथा उपकरण खरिद गर्नुपर्ने भएकोले खरिद प्रकृया सम्पन्न गर्न ४५ दिनको समय कम्तीमा पनि लाग्ने देखिएकाले फार्मेसी सञ्चालनमा कानुनी र नीतिगत समस्या देखिएको अध्यक्ष सुवेदीको भनाई छ । भरतपुर अस्पतालले अहिले सवै विभागहरुलाई अस्पतालमा अत्याधिक र निरन्तर प्रयोग हुने औषधीहरुको सूचि तयार गरि एक साता भित्र प्रशासनमा पेश गर्न सम्वन्धित सवै विभागहरुलाई निर्देशन दिइसकेको छ ।

          अस्पतालले मेडिकल सुपरिटेण्डेण्ट डा. माणिकलाल मानन्धरको नेतृत्वमा फार्मेसी सञ्चालनका लागि एक समिती पनि गठन गरेको छ । समितिलाई फार्मेसी सञ्चालनको स्थानको तयारी गर्न, आवश्यक मेशिन तथा उपकरण र सफ्टवेयरको व्यवस्था मिलाउन, प्रकृया पुरा गरि जनशक्तिको व्यवस्थापन गर्न, औषधीको सूचि तयार गरि बोलपत्र आब्हान गर्न, फार्मेसी सञ्चालन विनियमावली बनाई प्रस्तुत गर्ने जिम्मेवारी प्रदान गरिएको छ । यस्तै, हिरामान महर्जनलाई  फार्मेसी सञ्चालनको फोकल ब्यक्तिको जिम्मेवारी दिइएको छ भने, उधोग बाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीलाई अनुगमन गर्ने जिम्मेवारी प्रदान गरिएको अस्पताल बिकास समितीका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । अहिले तत्काल फार्मेसी वन्द हुदा बिरामीहरुलाई मर्का परेपनि अन्ततोगोत्वा अस्पताल आफैले फार्मेसी सञ्चालन गर्दा दीर्घकालमा राहात हुने अध्यक्ष सुवेदीले वताउनुभयो । 

            औषधीको खरिद मुल्यमा १० प्रतिशत मात्रै थप गरि बिक्रि वितरण गरिने हुदा बिरामीहरुलाई राहात मिल्ने छ ।  यसो हुदा औषधीको बिक्री मुल्य भन्दा पनि कममा बिरामीले औषधी पाउन सक्ने अस्पतालको दावी छ । फार्मेसीका लागि आवश्यक मानव संसाधन, सफ्टवेयर लगायतको माग मन्त्रालयसँग गरिएको छ । सार्वजनिक खरिद ऐन अनुरुप औषधी खरिद गरि फार्मेसी सञ्चालन गर्न कानुनी र नीतिगत समस्या आउने भएकोले यस बिषयमा खुकुलो नीति अख्तियार गर्न मन्त्रालयसँग आग्रह गरिएको अध्यक्ष सुवेदीले वताउनुभयो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    9855019160
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    9855019166
    cmbashyal@gmail.com