भरतपुर अस्पताललाई नमूना अस्पताल वनाउन सहयोग गर्छु ः बास्कोटा ।

 

 

सूचना आयोगका अध्यक्ष एवं नेपाल सरकारका पूर्व सचिव कृष्णहरि वास्कोटाले भरतपुर अस्पताललाई देशकै नमूना अस्पताल वनाउन प्रतिवद्ध रहदै पूर्ण सहयोग गर्ने वताउनुभएको छ । भरतपुर अस्पतालको रणनैतिक योजना निर्माण समितीका संयोजक समेत रहनुभएका वास्कोटाले आफु पनि चितवनवासी भएको नाताले भरतपुर अस्पताललाई नमूना अस्पताल वनाउन सक्दो पहल र सहयोग गर्ने आश्वासन दिनुभयो ।



१०, माघ, चितवन । 

 सूचना आयोगका अध्यक्ष एवं नेपाल सरकारका पूर्व सचिव कृष्णहरि वास्कोटाले भरतपुर अस्पताललाई देशकै नमूना अस्पताल वनाउन प्रतिवद्ध रहदै पूर्ण सहयोग गर्ने वताउनुभएको छ । 

भरतपुर अस्पतालको रणनैतिक योजना निर्माण समितीका संयोजक समेत रहनुभएका वास्कोटाले आफु पनि चितवनवासी भएको नाताले भरतपुर अस्पताललाई नमूना अस्पताल वनाउन सक्दो पहल र सहयोग गर्ने आश्वासन दिनुभयो । वास्कोटाले चितवनलाई मेडिकल सिटीका रुपमा सरकारले घोषणा गर्नुपर्ने वताउदै त्यसको सम्भावना चितवनमा रहेको दावी गर्नुभयो । आज (शनिवार) भरतपुर अस्पतालमा भएको एक छलफल कार्यक्रममा वोल्दै वास्कोटाले अस्पतालको बिकासका लागि स्रोत र साधनको कमि हुने अवस्था नआउने वताउनुभयो । वास्कोटाले भन्नुभयो “५ बर्ष भित्र के गर्ने, १० बर्षमा के गर्ने र आउदो ५० बर्षमा भरतपुर अस्पताल कस्तो हुने भन्ने कुरा रणनीतिक योजनामा समेटिने छ, भरतपुर अस्पतालले आफैमा आत्मनिर्भर वन्ने सार्मथ्यता वोकेको छ ।”  अस्पतालको पूर्वाधार तथा सेवा विस्तार गर्दै गर्दा राष्ट्रिय योजना आयोगको स्वास्थ्य कार्यक्रम, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य कार्यक्रम र विश्व स्वास्थ्य संगठनले केन्द्रित गरेका बिषयवस्तुहरुको ख्याल गरेर अघि वढनुपर्ने वास्कोटाले वताउनुभयो । भरतपुर अस्पताल रणनैतिक योजना निर्माण समितीका संयोजक रहनुभएका वास्कोटाले भन्नुभयो,  “स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गरेका राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका खेलेका बिभिन्न क्षेत्रका व्यक्तिहरुसँग एक वृहत छलफलको आवश्यकता छ ।” सो अवसरमा वोल्दै भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदीले भरतपुर अस्पताललाई नमुना अस्पताल वनाउनका लागि आफु दिनरात नभनी लागि परेको वताउनुभयो । उहाँले भन्नुभयो — “नमूना अस्पतालको मापदण्ड राज्यले वनाईदियोस् हामी त्यसलाई मिट गर्न चाहान्छौ ।” भरतपुर अस्पताल गरिव जनताको सेवा लिने र आशा अनि भरोसाको केन्द्र भएको भन्दै अध्यक्ष सुवेदीले कम भन्दा कम पैसामा सहज र सूलभ उपचार विरामीलाई दिने अस्पतालका रुपमा चिनाउन चाहेको वताउनभुयो । ५ वटा परियोजनाहरु मार्फत भरतपुर अस्पतालको बिकास अघि वढाउने योजनामा आफु रहेको सुवेदीले स्पष्ट पार्नुभयो। सो अवसरमा भरतपुर अस्पतालका मेसु डा. केशवराज भुर्तेल, सूचना आयोगका सदस्यद्धय यशोधा तिमिल्सिना र किरण पोख्रेल, चितवनका प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर बिके, भरतपुर अस्पतालका विभागीय प्रमुख तथा चिकित्सीकहरुको सहभागीता रहेको थियो । 

plz visit –

https://www.facebook.com/pages/Bharatpur-Hospital/631023420337311?ref=hl

http://bharatpurhospital.gov.np/



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np