भरतपुर अस्पताल अध्यक्ष सुवेदीको विदाई ।

 

Bharatpur Hospital

 

९, असोज, चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदी आफ्नो २ बर्षे कार्यकाल पूरा गरी आज अस्पतालबाट विदाई हुनुभएको छ ।

सुवेदीलाई एक कार्यक्रमका बीच अस्पतालमा बिदाई गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रूद्रप्रसाद मरासिनीको अध्यक्षतामा भएको विदाई समारोहका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंह रहनुभएको थियो । सो समारोहमा बोल्दै प्रमुख अतिथि प्रजिअ सिंहले विजय सुवेदीले भरतपुर अस्पतालका लागि दिलो ज्यान दिएर निकै राम्रा कामहरु गरेको भन्दै प्रशंसा गर्नुभयो ।

 अस्पताललाई एक नयाँ अवस्था र गति दिन अध्यक्ष सुवेदीले सवै स्वार्थ भन्दा माथि उठेर कार्य गरेको भन्दै सिंहले आगामी दिनमा आउने अध्यक्षले पनि सकारात्मक काममा लाग्न प्रेरणा दिएको बताउनुभयो । कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले भरतपुर अस्पताल माथि आइपरेका बिभिन्न चुनौतीहरूको समाना गर्दै सवैको साथ र सहयोगमा अस्पतालमा नयाँ कामहरू थालनी गरेको बताउनुभयो ।

 “अस्पतालमा अझै धेरै कामहरु गर्न बाँकी नै छन्” अध्यक्ष सुवेदीले भन्नुभयो, “कुनै पनि आग्रहपूर्वाग्रह र स्वार्थ राखेर मैले अस्पतालमा काम गरिन र अस्पतालको हित भन्दा पर सोचिन”। कार्यक्रममा बोल्दै अस्पतालका मेसु डा. मरासिनीले भरतपुर अस्पतालका अध्यक्ष र आफ्नो बीचको सम्वन्धमा सधै सुमधुर रहेको भन्दै आगामी पनिमा पनि उहाँको रेखदेख र माया अस्पतालले पाउने विश्वास ब्यक्त गर्नुभयो । 

अस्पताल बिकास समिति कर्मचारी युनियनका अध्यक्ष डा. उन्नत श्रेष्ठ, लक्ष्मी सुवेदी लगायतले कार्यक्रममा बोल्नुभएको थियो । सो अवसरमा अस्पतालका मेसु डा. मरासिनी, प्रजिअ सिंह र अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा. उन्नत श्रेष्ठले अध्यक्ष सुवेदीलाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

 यसैवीच, अस्पतालका अध्यक्ष विजय सुवेदीले अस्पतालबाट समिति भत्ताको रुपमा पाएको सवै रकम अस्पतालमा हालै स्थापना गरिएको गरीव तथा विपन्न उपचार राहात कोषमा हस्तान्तरण गर्नुभएको छ । अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीलाई सुवेदीले २५ हजार ५ सय रुपैया हस्तान्तरण गर्नुभएको हो । 

यस्तै अध्यक्ष सुवेदीले अस्पतालबाट आफुले लिएका जिन्सी सामानहरुको पनि अस्पतालका स्टोर शाखा प्रमुख कृष्ण पौडे्ललाई हस्तान्तरण गर्नुभयो । २०७१ असोजमा तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले सुवेदीलाई भरतपुर अस्पतालको अध्यक्ष नियुक्त गर्नुभएको थियो । उहाँले आफ्नो २ बर्षे कार्यकालमा अस्पतालमा सिटी स्क्यान मेशिन खरिद, ‘ए’ ब्लक भवनको २ तला निर्माण पुरा, ‘बि’ ब्लक भवन निर्माण पूरा, ‘सि’ ब्लक भवनको शिलान्यास, एमडी एमएस कक्षा सञ्चालन, बिएन कक्षा सञ्चालन, अस्पतालजन्य फोहरबाट बायोग्याँस प्लान्ट स्थापना लगायतका दजनौं महत्वपूर्ण कार्यहरू गर्नुभएको छ । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np