भरतपुर अस्पतालद्धारा बिभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन

 

 

०९, चैत्र, चितवन । भरतपुर अस्पताल र मेडिकल सुपरिटेण्डेन्ट डा. विजय प्रसाद पौडे्लका वारेमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार प्रति अस्पतालको गम्भिर ध्यानार्कषण भएको जनाएको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विजय प्रसाद पौडे्लले आज एक बिज्ञप्ती जारी गर्दै सार्वजनिक सञ्चारका माध्यममा आएका विभिन्न टिकाटिप्पणी प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । केही संगठनका नाममा त्यसका आधिकारीक व्यक्तिका वारेमा समेत कुनै कुरा उल्लेख नगरि नितान्त व्यक्तिगत रुपमा चरित्र हत्या गर्ने, अस्पतालले लिएको गतिलाई कहि कतै रोक्न सकिन्छ की भनेर प्रायोजित र नियोजित रुपमा गरिएको भ्रमपूर्ण र किर्ते काम भएको अस्पतालको ठहर भएको मेसु डा. पौडे्लद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । बाहिर आएका समाचारले अस्पताल प्रशासन र व्यक्तिगत रुपमा म स्वंय आश्र्चायचकित भएको पौड्ेलले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।  मेसु डा. पौड्ेलद्धारा जारी बिज्ञप्तीमा भनिएको छ “जिम्मेवार पदमा बसेको व्यक्तिवाट सोच्न पनि नसक्ने घटना घटाएको भनेर गरिएको प्रचारले मलाई दुःखी वनाएको छ । अस्पतालका सवै कर्मचारीहरु प्रतिको मेरो दृष्टिकोण अभिभावकिय छ । कहि कसैको उजुरी या कुनै आधिकारीक व्यक्तिवाट अस्पतालमा गुनासो व्यक्त गरेको प्रमाण देखाउन हार्दिकतापूर्वक अपिल गर्दछु ।”  कुनै अध्यारो कोठाबाट अस्पताल कै वेइज्यत गराउने र व्यक्तिगत रुपमा गरिमामा आँच पु¥याउने दुस्साहस भएको पौडे्लले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।  यस्ता कु प्रचारको पक्षमा नलागी सत्यतथ्य, आधार भएका र प्रमाणिकरण भएका समाचार मात्र सम्प्रेषण गरि जनताको सत्य सूचना पाउने अधिकारको रक्षा गर्न समेत हामी सम्पूर्ण सञ्चारमाध्यमहरुलाई बिज्ञप्ती मार्फत भरतपुर अस्पतालका मेसु डा पौड्ेलले अनुरोध गरेका छन् । बाहिर आएका समाचारले अस्पताल प्रशासन र व्यक्तिगत रुपमा म स्वंय आश्र्चायचकित भएको पौड्ेलद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यसैबिच, भरतपुर अस्पताल बिकास समिती कर्मचारी युनियनले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिजय प्रसाद पौड्ेलका वारेमा संगठनको समेत नाम मुछेर केही व्यक्तिहरुले संगठन र अस्पतालको बदनाम गराउन खोजेको प्रति यस संगठनको गम्भिर ध्यानार्कषण भएको जनाएको छ । भरतपुर अस्पताल बिकास समिती कर्मचारी यूनियनलाई थाहै नभएको बिषयमा नाम जोडिएर कर्मचारी युनियनको नाम राखि किर्ते हस्ताक्षर गरि बिज्ञप्ती प्रकाशित हुनु र त्यसलाई आधार मानि सञ्चारमाध्यममा समाचार प्रसारण हुनुले आश्र्चायमा पारेको अध्यक्ष इश्वरी खनालद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । “भरतपुर अस्पतालको आधिकारीक संगठनका रुपमा रहेको भरतपुर अस्पताल बिकास समिती कर्मचारी यूनियनका नाम समेत मुछेर कलोल्पित, भ्रामक, तथ्यहिन र आधारहिन घटना वनाएर गरिएको कु प्रचारको यस संगठन खण्डन गर्न चाहान्छ” खनालद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । भरतपुर अस्पतालका मेसु डा. बिजय पौड्ेलको चरित्र हत्या गर्ने नियतका साथ हुदै नभएको घटना आफैले कपोलल्पित रुपमा सिर्जना गरि वदनाम गराउने कामको जतिसुकै निन्दा गरेपनि कम हुन आउने संगठनको ठहर भएको अध्यक्ष खनालले निकालेको बिज्ञप्तीमा भनिएको छ ।  

भ्रामक र किर्ते बिज्ञप्ती सार्वजनिक गरि गरिएको दुस्प्रचारमा नलाग्न र सत्यतथ्य कुराहरु बुझेर मात्र समाचार संकलन गर्न आम सञ्चारकर्मीहरुलाई खनालले बिज्ञप्ती मार्फत अपिल गरेका छन् ।  

                                          

 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    9855019160
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    9855019166
    cmbashyal@gmail.com