बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा।

 

Bharatpur Hospital

 

थप भौतिक संरचना निर्माण गर्न जग्गाको अभाव

सुवास पण्डित

चैत्र ५ चितवन । 

मध्य नेपालकै केन्द्रमा रहेको भरतपुर अस्पतालका लागी छुट्टाइएको ३० विगाहा ११ कठठा ६ धुर जमिन मध्ये अधिकाशं जमिन बिभिन्न निकायहरुलाई बाढेर नै सकिएको छ । अस्पतालबाट बिभिन्न नाममा जग्गा लिएका मध्ये पुरानो मेडिकल कलेज बाहेक अधिकांशले अस्पताललाई भाडा तिदैनन् । अधिकांशले सरकारी अस्पतालको जग्गा आफुखुसी भोगचलन गरिरहेका छन् । कतिपय राज्यकै निकायबाट त, कतिपय अस्पताल बिकास समितिमा आउने विभिन्न अध्यक्षहरूका स्वार्थका कारणले अस्पतालको जग्गा बाँडिएको देखिन्छ । भरतपुर अस्पतालका लागी अब नयाँ थप भौतिक संरचना निर्माणका लागी जग्गाको अभाव देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बताए । लालपूर्जामा ३० बिगाहा ११. क‡ा ६ धुर जमिन भरतपुर अस्पतालको नाममा छ । अस्पतालले करिव जम्मा १० बिगाहा मात्रै जमिन उपयोग गर्न पाएको छ । बाँकी जमिन अन्य निकायहरुले प्रयोग गर्दै आएका छन् । तत्कालीन राप्ती दुन बिकास कार्यक्रम अन्र्तगत जग्गा वितरण गर्ने आयोग टोली संयोजक कृष्ण बम मल्लले भरतपुर अस्पतालको लागि झण्डै ३१ विगाहा जग्गा छुट्टाइएका थिए ।  भरतपुर अस्पतालले निर्माण गर्न लागेको गुरुयोजनामा जग्गा नाप गर्दा जम्मा २९ विगाहा जति मात्रै जमिन देखिन आएको छ । झण्डै डेढ विगाहा जग्गा अतिक्रमणको मारमा परेको देखिन्छ । पुरानो मेडिकल कलेज अघिल्तिर भएको नहरको जग्गा समेत भरतपुर अस्पतालको नाममा छ । तर नहर पुरेर सो क्षेत्रमा अहिले सडक बनाइएको छ। अब सो जग्गा सधैका लागी अस्पतालको स्वामित्वबाट गुम्ने खतरा छ । भरतपुर अस्पताललाई मेडिकल कलेज वा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लैजानुपर्ने अवस्थामा निर्माण गर्नुपर्ने पूर्वाधारका लागि जग्गाको अभाव हुने स्पष्ट देखिन्छ । मदन भण्डारी ट्रमा सेन्टर, ओपिडी भवन, शैक्षिक कार्यक्रम सञ्चालनका लागी भवन र प्रशासनिक भवन निर्माणका लागि अस्पतालसँग जमिन छैन् । 

कस–कसले कति लिएका छन अस्पतालको जग्गा ?

भरतपुर अस्पतालको सवैभन्दा बढि जग्गा भाडा नतिरी लिनेमा स्कुल अफ हेल्थ साइन्स रहेको छ । भरतपुर अस्पतालकै मूल गेट नै प्रयोग गर्दै धुलो उडाउदै हिड्ने यहि सँस्थाले निशूल्क रूपमा जग्गा प्रयोग गर्दै आएको छ ।  स्कुल अफ हेल्थ साइन्स न त अस्पताललाई न त भाडा नै तिर्ने गरेको छ न त अस्पतालको शैक्षिक कार्यक्रम सञ्चालनका लागी नै सहयोग गरेको छ । अस्पतालको ६ विगाहा १९ क‡ा १० धुर जग्गा सित्तैमा सिटिइभिटीले प्रयोग गर्दै आएको छ । सोही जग्गामा अहिले सिटिइभिटीको मध्य क्षेत्र कार्यालय स्थापना गरिएको छ । 

भरतपुर अस्पतालको जग्गा प्रयोग गर्नेहरुको विवरण ः 

मेडिकल कलेज पुरानो ९ विगाहा,बर्षिक भाडा तिर्ने गरी

स्कूल अफ हेल्थ साइन्स (सिटिइभिटी) ६ विगाहा १९ क‡ा १० धुर भाडा नतिर्ने गरी

भरतपुर आँखा अस्पताल ३ विगाहा १७ क‡ा १० धुर भाडा नतिर्ने गरी

साझा औषधि पसल १ क‡ा १० धुर, बार्षिक भाडा तिर्ने गरी

रक्त संचार सेवा केन्द २ क‡ा १० धुर, भाडा नतिर्ने गरी

जिल्ला जनस्वास्थ्य कार्यालय १० क‡ा १० धुर, भाडा नतिर्ने गरी ।

भरतपुर अस्पतालसँग बाँकी जमिन करीव १० विगाहा

स्कुल अफ हेल्थ साइन्ससँग भरतपुर अस्पतालको जग्गा सम्वन्धि विवाद रहदै आएको छ । प्रारम्भमा चिकित्सा शास्त्र अध्ययन संस्थान अन्र्तगत ब्ल्ः कोर्षको अध्ययन अध्यापन गराउने उद्देश्यका साथ सञ्चालित अ.न.मी. विस्तार क्याम्पसलाई सरकारले यो जग्गा दिएको थियो । तर पछि त्रिविले उक्त कार्यक्रम स्थगीन ग¥यो । तर पछि पहुँचका भरमा भरतपुर अस्पतालसँग कुनैपनि सम्झौता नगरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ९ऋत्भ्ख्त्० ले शैक्षिक कार्यक्रम चलाउदै आएको छ । यसले गर्दा भरतपुर अस्पतालको जग्गा खुम्चिन गएको छ ।  अस्पतालले सेवा प्रवाह गर्नुपर्ने ठाँउबाट बाध्य भएर प्रविणता प्रमाणपत्र तह र  बिएन कार्यक्रम  चलाइरहेको छ । एमएन कक्षा सञ्चालन गर्ने तयारी अस्पतालले गरेको छ । ‘हामीसँग शैक्षिक कार्यक्रम सञ्चालन गर्न छुट्टै भवन छैन । अस्पतालको ‘बि’ व्लकको सवैभन्दा माथिल्लो तलामा कार्यक्रम चलाइरहेका छौं’ अस्पतालका मेसु डा. मरासिनीले भने,  ‘अस्पतालले आफ्नो प्रयाप्त जमिन भएर पनि आफैले उपभोग गर्न पाएको छैन।’ बिरामीलाई सेवा दिने ठाँउबाट कक्षा सञ्चालन गर्नुपर्ने अबस्था आउनु बिडम्वना भएको मरासिनीको दुखेसो छ । अस्पतालले स्कुल अफ हेल्थ साइन्ससँग केही शैक्षिक कार्यक्रमका कक्षाहरू सञ्चालनका लागी कोठा उपलब्ध गराउन माग गरेपनि वेवास्ता गर्दै उल्टै मध्य क्षेत्रिय कार्यालय ल्याएर थपेको छ । अस्पतालले आफ्नो केही जग्गा फिर्ताका लागी पटकपटक वार्ता र ताकेता गरेपनि अझैसम्म सुनुवाई भएको छैन् । अस्पतालका तत्कालिन अध्यक्ष बिजय सुवेदीले गत असोज ५ गते सिटिइभिटीले प्रयोग गरेको गर्दै आएको ६ बिगाहा १९ क‡ा १० धुर जग्गा मध्ये न्यूनत्तम ३ विगाहा १० क‡ा जग्गा उपलब्ध गराइदिन पत्र लेखेका थिए । चितवनका राजनीतिक दलको २०७१ असोज ६ गते बसेको सर्वदिलय बैठक र २०७२ जेठ ११ गते बसेको अस्पताल बिकास समितिको बैठकले पनि सो परिमाणको जग्गा माग गर्ने निर्णय गरेको थियो । 

अस्पतालमा जग्गा माग्नेको लर्को ।

भरतपुर अस्पतालको जग्गामा धेरैले आँखा गाड्ने गरेका छन् । अस्पतालका अध्यक्ष भएर आउने कतिपय ब्यक्ति र मेडिकल सुपरीटेण्डेन्टले अस्पताल बिकास समितिको बोर्ड बैठकबाट पनि बिभिन्न सामाजिक संघसँस्थाका नाममा जग्गा बाड्ने गरेका छन् । अस्पतालको जग्गामा थालेसेमिया सोसाइटी, रोटरी क्लव, बिभिन्न बैकहरु, चिकित्सक संघ, नर्सिङ संघ, ब्लड बैंक, चितवन स्पाइनल इन्जुरी सेन्टर, क्षयरोग निवारण सँस्था लगायतका दर्जन भन्दा बढि संघसँस्थाले अस्पतालको जग्गा माग गर्दै आएका छन् । सित्तैमा अस्पतालको जग्गा उपयोग गर्न पनि पाइने, भाडा पनि तिर्न नपर्ने र एकपटक लिएपछि सधैका लागि कब्जा गर्न पाइने भएकोले अस्पतालसँग जग्गा माग गर्नेको ओइरो लाग्ने गरेको छ । रोटरी क्लवलाई चितवन स्पाइनल इन्जुरी सेन्टर चलाउन साँढे ५ क‡ा जग्गा दिने निर्णय भएको थियो । केही समय अघि भवन निर्माण स्थल भनेर बोर्ड ल्याएर टाँगेको भएपनि क्लवले भवन निर्माण गर्न भने सकेको छैन् । मदन भण्डारी ट्रमा सेन्टर स्थापना गरी बिषेशज्ञ सेवा प्रदान गर्दै आएपछि रोटरी क्वलका नाममा छुटटै चितवन स्पाइनल इन्जुरी सेन्टर स्थापना गर्नुको कुनै पनि औचित्य देखिदैन् । रोटरी क्वलले नै अस्पतालको ओपिडी भवन नजिक रोटरी मैत्री पार्क बनाउने जिम्मा दिइएको थियो । भरतपुर अस्पतलामा विगत ३४ बर्षदेखि कार्यरत बरिष्ठ रेडियोग्राफी निरीक्षक रुमाकान्त भणडरीले सरकार र अस्पतालको नीति निर्माणमा वस्ने ब्यक्तिहरुले अस्पतालको भोलीको सम्भावना र बिकासको गतिलाई मापन गर्न सक्दा निहीत स्वार्थमा लागेर अस्पतलाको जग्गा बाँडिएको गुनासो गरे ।  कुनै खास प्रयोग बिनै सरकारी जग्गाको जसले संरक्षण गर्नुपर्ने हो उनीहरुबाटै यस्ता गतिविधी भएको टिप्पणी भण्डारीको छ । अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष विजय सुवेदीले अस्पतालको जग्गा फिर्ताका लागी आफुले ठोस पहल अघि बढाए पनि सफल नभएको बताए । सरकारी निकायहरु नै यसमा उदासिन छ । “अस्पताल बिकास समितिको तर्फबाट सर्वदलिय निर्णय र सर्व पक्षिय निर्णय पनि गरियो” निवर्तमान अध्यक्ष सुवेदीले भने, “सरकारी निकायहरु नै यो मामिलामा अति उदासिन छन्।” सुवेदीले अध्यक्ष भएको बेला स्कुल अफ हेल्थ साइन्सले प्रयोग गर्दै आएको करीव ७ विगाहा जमिन मध्ये साँढे ३ विगाहा जमिन अस्पतालको शैक्षिक कार्यक्रम सञ्चालन गर्न माग र पहल गरेका थिए । तर उनी सफल हुन सकेनन् । 


आफ्नो जग्गा भाडामा लगाएर अस्पतालको जग्गामा मोज ?

भरतपुर अस्पतालको ३ विगाहा १७ क‡ा १० धुर जग्गा भाडा नतिर्ने गरी भोगचलन गर्दै आएको भरतपुर आँखा अस्पतालले आफ्नो जग्गा भने भाडामा लगाएको छ । भरतपुर उकालोमा रहेको आइल्याण्ड जंगल रिर्सोट सञ्चालनमा रहेको १ बिगाहा ७क‡ा १५ धुर जग्गा भरतपुर आँखा अस्पतालको हो। भरतपुर आँखा अस्पतालले २५ बर्ष अघि मासिक ३५ हजार भाडा लिने गरी आइल्याण्ड जंगल रिर्सोट चलाउन दिएको नेपाल नेत्र ज्योति संघ भरतपुरका अध्यक्ष चिजकुमार मास्केले जानकारी दिए । सम्झौता अगामी चैत्र महिनामा सकिदै छ । आफ्नो जग्गा भाडा उठाउदै आएपनि आँखा अस्पतालले भरतपुर अस्पताललाई भने एकपैसा पनि भाडा तिर्ने गरेको छैन् । आफ्नो जग्गा भाडा लगाएर अर्काको जग्गा निशुल्क रुपमा उपभोग गर्नु उचित नभएको भरतपुर अस्पतालका मेसु मेसु डा. मरासिनीको भनाई छ । 

पुरानो मेडिकल कलेजको मनपर्दी । 

भारतिय नागरिक भि नटराजले सञ्चालन गर्दै आएको भरतपुर मेडिकल कलेज ( पुरानो मेडिकल कलेज) ले भरतपुर अस्पतालको जग्गा कौंडीको भाउमा उपयोग गर्दै आएको छ । भरतपुरको केन्द्र भागको प्राइम लोकेशनमा ९ विगाहा जग्गाको प्रति विगाहा १ लाख रुपैया मात्रै भाडा बुझाउदै आएको छ मेडिकल कलेजले । त्यही भाडामा पनि समयमा कहिल्यै पनि भुक्तानी गरेको पाइदैन् । २०५३ सालमा जग्गा भाडा सम्वन्धि सम्झौतामा ५० हजार प्रति विगाहा दिने उल्लेख छ । २०६२ सालमा तत्कालिन अस्पताल विकास समितिले प्रति विगाहा १ लाख रुपैया बढाउने पुरक सम्झौता गरेको छ । सो सम्झौता अस्पतालको दीर्घकालिन अहितका लागी गरिएको देखिन्छ । सम्झौतामा यसपछि कहिल्यै पनि भाडा बढाइने छैन् भनेर उल्लेख गरिएको छ । तर यो सम्झौतालाई अहिलेसम्म मन्त्रालयले स्वीकृत नगरेको भएपनि लागु भने गरिएको छ र सोही अनुसार अहिले भाडा दिदै आएको छ मेडिकल कलेजले । अहिले सम्झौता पुनरावलोकनका लागी भन्दै आवश्यक पहल गरिदिन भरतपुर अस्पतालका मेसु डा मरासिनीले मन्त्रालयलाई अनुरोध गरेको दावी गरेका छन् । मेडिकल कलेजले भरतपुर अस्पतालको ९ विगाहा जग्गा लिजमा लिएपछि भौतिक संरचना निर्माण भने भरतपुर अस्पताल तर्फ नै च्यापेर बनाएर अर्को तर्फ जग्गा खाली राखेको छ । त्यो जग्गा कामविहिन बनेको छ । 

जग्गाको समूचित प्रयोगका लागी गुरुयोजना तयार 

भरतपुर अस्पतालको नाममा रहेको जग्गा निशुल्क वा सशुल्क रुपमा प्रयोग गरिरहेका संघसंस्थाहरुसँग बाँकी बचेको जमिन अस्पतालले उपयोग गर्ने गरी अस्पतालले गुरुयोजना निर्माणको काम अघि बढाएको छ । केही समय अघि चितवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर अस्पताललाई केन्द्रिय अस्पताल बनाउने घोषणा गरेका थिए । केन्द्रिय अस्पताल बनाउने उदेश्यका लागी नै २०६१ सालमा निर्माण गरिएको गुरुयोजनाको पुर्नरावलोकन गरिएको छ । अस्पतालमा स्वाथ्य सेवा प्रवाह गर्ने क्षेत्र, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने क्षेत्र र आवास क्षेत्र गरी ३ भागमा बाडेर गुरुयोजना तयार गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बताए । भरतपुर अस्पताललाई १ हजार बेडको अस्पताल बनाउने लक्ष्य छ । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले अस्पतालले यसअघि गरेका सहमती पुनरावालोकन गरी वाँकी खाली जग्गा उपयोग गरिने दावी गरे । “हामीलाई अहिले नै जग्गाको अभाव छ” अस्पताल विकास समितिका अध्यक्ष राजभण्डारीले भने “केन्द्रिय अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालनका लागी त अरु जग्गा चाहिन्छ नै ।” 








 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np