"माछा टाउकोबाट कुहिन्छ" ः डा भगवान कोइराला ।

 

Bharatpur Hospital

 

१२, असार चितवन । नेपालका वरिष्ट मुटु रोग विषेशज्ञ डा. भगवान कोइरालाले भरतपुर अस्पतालको निरीक्षण भ्रमण गरि अस्पतालका लागि आवश्यक सुझावहरु दिनुभएको छ ।

 भरतपुर अस्पतालको निरिक्षण पछि विभागिय प्रमुख तथा अस्पताल प्रशासनका पदाधिकारीहरुलाई सम्वोधन गर्दै डा. कोइरालाले माछा टाउकोबाट कुहिने भएकोले कुनै पनि सस्था वा निकायको प्रमुख नेतृत्वकर्ता व्यक्ति नै सक्षम र सवल हुनुपर्ने वताउनुभयो । उहाँले समय विताउन वा कटाउनका लागि नभई केही गर्दछु भन्ने भावना लिएर कुशल नेतृत्व दिन सके सस्थामा आमूल परिवर्तन गर्न सकिने वताउनुभयो । अस्पतालको मुख्य काम जनताको स्वास्थ्य उपचार गर्ने भएकोले आन्तरीक सुशासन कायम गरि सेवा प्रवाहलाई चुस्त दुरुस्त वनाउनुपर्नेमा जोड दिनुभयो । डा कोइरालाले दृढ इच्छाशक्ति भए मात्र परितर्वन सम्भव भएको भन्दैं यथास्थितीमा रमाउन खोज्नु परिवर्तन नचाहानु भएको जिकिर गर्नुभयो । सरकारी अस्पताल भनेको मनलाग्दी गर्ने, फोहोरी राम्रो सेवा प्रवाह नगर्ने काम चोरी गर्ने ठाँउ मात्र हो भन्ने आम बुझाईमा परिवर्तन ल्याउन जसले सक्छ उहि नै सफल व्यक्ति हो डा. कोइरालाले भन्नुभयो । 

अस्पतालले अनावश्यक खर्च कटौती गरि आम्दानीका स्रोतहरुको पहिचान गरि गरिव जनतालाई निशूल्क सेवा प्रवाहमा ध्यान दिन सुझाव दिनुभयो ।

कार्यक्रममा डा. भोजराज अधिकारी, डा. श्रवण कुमार थापा, डा सुर्दशन शर्मा, जिल्ला प्रशासनका अधिकृत कमल प्रसाद काफ्ले, जिविस चितवनका वरिष्ठ अधिकृत बिशुराम कुँवर, डा सुर्दशन शर्मा लगायतले अस्पतालका बिभिन्न पक्षहरु र खड्किएका बिषयवस्तुहरुका राख्नु भएको थियो । कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. माणिकलाल मानन्धरले अस्पतालको अहिलेको अवस्थाका वारेमा जानकारी गराउनुभएको थियो । भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदीको अध्यक्षतामा अन्र्तक्रिया कार्यक्रम भएको हो । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np