भरतपुर अस्पतालको “ए” ब्लक निर्माण पुरा, माघबाट पुर्ण सञ्चालनमा आउने ।

 

भरतपुर अस्पतालको निर्माण पुरा भएको "ए" ब्लक

 

१३, मंसिर, चितवन । भरतपुर अस्पतालको निर्माण पुरा भएको “ए” ब्लक भवन आगामी माघबाट पुर्ण रुपमा सञ्चालन गर्ने गरि तयारी अघि बढेको छ ।

भरतपुर अस्पताल सञ्चालक समितिको आज बसेको बैठकले अस्पतालको निर्माण पुरा भएको ए ब्लक भवन माघबाट सञ्चालन गर्ने गरि सवै तयारी अघि बढाउने निर्णय गरेको हो । यो भवन पूर्ण सञ्चालनमा आउदा अस्पतालमा थप १३७ शैया थप हुन जान्छ । भरतपुर अस्पतालमा नेपाल सरकारको ३०० शैया स्वीकृत वेड सख्या छ भने, अस्पताल बिकास समितिले १४५ वेड सञ्चालन गर्दै आएको छ । अस्पतालले नेपाल सरकारसँग ५०० शैया स्वीकृतीको  माग गर्दै आएको अस्पतालका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । १३७ शैयाका लागि आवश्यक पर्ने बेड, क्याविन, उपकरणहरु जडान गर्न बाकी नै छ । त्यसका लागि ९ करोड खर्च लाग्ने लेखा शाखा प्रमुख सूर्यमणि कण्डेलले जानकारी दिए ।  आवश्यक सामानहरु खरिदका लागि ७५ प्रतिशत टेण्डरको काम सम्पन्न गरि सम्झौताको चरणमा रहेको लेखा शाखा प्रमुख कण्डेलले जानकारी दिनुभयो । ३ तलाको ए ब्लकको भूई तला यसअघि नै सञ्चालनमा आइसकेको छ । १३७ शैया भुई तला बाहेकको पहिलो र दोस्रो तल्लामा रहने छन् । भूई तलामा मेडिसिन, जेनरल सर्जरी, अर्थोपेडिक, क्याविन, एनआइसियु सेवा सञ्चालनमा रहने छन् । भरतपुर अस्पतालमा पहिलोपटक १५ वेडको एनआईसियु सेवा सञ्चालनको अन्तिम तयारी भैरहेको छ । दैनिक झण्डै ४५ जनासम्म महिलाहरुले सुत्केरी सेवा लिने भरतपुर अस्पतालमा एनआईसियू सेवा अत्यावश्यक रहेको मेडिकल सुपरीटेण्डेण्ट डा. केशव भुर्तेलले वताउनुभयो । यस्तै ए ब्लकको पहिलो तलामा प्रिअप, रिकोभरी, पोष्टअप, आइसियु सेवा र अप्रेशन थ्रिएटर सञ्चालनमा रहने छ । भरतपुर अस्पतालमा हाल १२ शैयाको आइसियु सेवालाई विस्तार गरि २८ वेड बनाउन लागिएको छ । यस्तै ३ वेडको अप्रेशन थ्रिएटरलाई ६ वेडको बनाउने तयारी अघि बढेको छ । ए ब्लको दोस्रो तलमा मेडिकल वार्ड, कार्डियाक र क्याविनहरू राखिने छन् । यस्तै चिकित्सकहरुका लागि सुविधा सम्पन्न लाइव्रेरी पनि राखिने छ ।  अस्पताल बिकास समिती मार्फत बेड सख्या थपिने भएपनि मानव शक्तिको आवश्यक व्यवस्थापन तथा आपुर्तिका लागि अस्पताल बिकास समितीका सदस्य एवं उधोग बाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीको नेतृत्वमा एक जनशक्ति व्यवस्थापन समिती पनि गठन गर्ने सञ्चालन समितीको बैठकबाट निर्णय भएको अध्यक्ष बिजय सुवेदीले जानकारी दिनुभयो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np