भरतपुर अस्पतालमा हाइड्रोसिलको निशुल्क अप्रेशन ।

 

Bharatpur Hospital

 

२८, जेष्ठ, चितवन । भरतपुर अस्पतालमा हाइड्रोसिलको निःशुल्क अप्रेशन चलिरहेको छ ।

 जेष्ठ १६ गतेबाट असार २५ गतेसम्म चल्ने गरि हाइड्रोसिलको निःशुल्क शिविर राखिएको कार्यक्रम संयोजक गोपाल पौडेलले जानकारी दिनुभयो । हात्तिपाइले रोग निवारण कार्यक्रम अन्र्तगत भरतपुर अस्पतालमा १६ बर्ष उमेर भन्दा माथिका बिरामीहरुलाई लक्षित गरि हाइड्रोसिलको निशुल्क अप्रेशन कार्यक्रम राखिएको हो ।  “हाइड्रोसिल अप्रेशन गर्दा बाहिरका अस्पतालमा १३ हजारसम्म खर्च लाग्छ, भरतपुर अस्पतालमा पनि अन्य समयमा ५ हजार रुपैया खर्च हुन्छ” कार्यक्रम संयोजक पौडेलले भन्नुभयो, “अहिले शिविरमा निःशुल्क अप्रेशन गरिएको छ, मौकाको फाइदा उठाउन सक्नुहुन्छ ।” अप्रेशन सहित अस्पतालमा वेड समेत निशुल्क व्यवस्था गरिएको छ । अण्डकोषको बाहिरी छालाको भित्र पानी जम्ने समस्यालाई हाइड्रोसिल भन्ने गरिन्छ । हाइड्रोसिल के कारणले गर्दा हुन्छ भन्ने प्रारम्भिक कारण थाहा हुन नसकेको अस्पताल सर्जन डा. श्याम श्रेष्ठले जानकारी दिनुभयो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np