अस्पतालका चिकित्सक डिउटी समयमा बाहिर भेटिए दुर्भाग्य ः प्रजिअ सिंह

 

 

२३, भाद्र, चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंह भरतपुर सरकारी अस्पतालका चिकित्सकहरू डिउटी समय भित्र नीजि अस्पताल वा मेडिकल हलमा भेटिए त्यो दुर्भाग्य हुने चेतावनी दिनुभएको छ ।

सरकारले तोकिदिएको समय भन्दा तल माथि गर्ने छुट कसैलाई पनि छैन् प्रमुख जिल्ला अधिकारी सिंहले भरतपुर अस्पतालमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा भन्नुभयो, — चिकित्सकहरू डिउटी समय बिहान ९ बजेभन्दा पछि र दिउसो २ बजे भन्दा अघि बाहिरको नीजि मेडिकलमा वा अस्पतालमा देखे भने त्यो डाक्टर सावहरुका लागि पनि दुर्भाग्य हुन्छ मेरा लागि पनि दुर्भाग्य हुन्छ । ९ बजे भन्नुको मतलव ९ बजे नै हो, ९ बजेर ५५ मिनेट जादा वा २ बजे भन्नुको मतलव १ बजेर ३० मिनेट जादा होइन् । उहाँले सरकारी अस्पतालमा लामो हुने ओपिडी लाइन एक महिना भित्र छोटो बनाउन पनि अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी सिंहले सामाजिक सेवा इकाईलाई प्रभावकारी वनाउन र अस्पतालमा प्राप्त हुने औषधीहरू सहज रूपमा उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले अस्पतालमा थुप्रिने फोहरको उचित व्यवस्थापन गर्न पनि अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले स्टार्फ नर्सहरूको पेशा नै सम्बेदनशिल भएकोले बिरामीसँग राम्रो व्यवहार गर्नुपर्ने र आफ्नो घरायसी कारण देखाएर रिसाउन झर्किन नपाइने वताउनुभयो । उहाँले अस्पतालका काम कारर्वाही पारदर्शी हुनुपर्ने वताउनुभयो । कार्यक्रममा बोल्दै अस्पतालका मेसु केशव भुर्तेलले सरकारलेअस्पताललाई भवन र जनशक्ति दिए अरु बिकास अस्पताल आफैले गर्न सक्ने वताउनुभयो । यस्तै अस्पताल बिकास समितीका अध्यक्ष विजय सुवेदी आम जनताको मनोभावना, सामाजिक व्यक्तित्वहरुको चाहाना, सरकारी अस्पताल हुनुको उदेश्य, राजनैतिक दलहरू सवैको सहमती र सहकार्यमा मात्र अस्पताल अघि बढ्न सक्ने भन्दै हचुवा र हल्का भएर अस्पताल बिकास समितिले कुनै पनि कार्य नगर्ने वताउनुभयो । कार्यक्रममा भरतपुर अस्पतालका स्त्री तथा प्रसुती रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेल, मेट्रोन मिरा अधिकारी, ओपिडि इन्र्चाज हिरामान महर्जन, प्रशासन प्रमुख कृष्ण पौड्ेल लगायतले बोल्नुभएको थियो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np