कर्मचारीलाई सेवा अवरुद्ध नगर्न भरतपुर अस्पतालको चेतावनी।

 

Bharatpur Hospital

 

२६, भाद्र, चितवन । भरतपुर अस्पतालले अस्पताल विकास समिति कर्मचारी युनियनका नाममा आन्दोलनका कार्यक्रम घोषणा गरेर सेवा अवरूद्ध नगर्न आन्दोलरत कर्मचारीहरूलाई चेतावनी दिएको छ ।

 अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रूद्रप्रसाद मरासिनीले एक बिज्ञप्ती जारी गरी कर्मचारीहरूले राखेका जायज माग सम्वोधन गर्न अस्पताल प्रशासन तयार रहीरहेको सन्र्दभमा हठात रुपमा कर्मचारी यूनियनका नाममा सेवा प्रवाहलाई प्रभावित बनाउने गरी आन्दोलनको घोषणा गरिएको प्रति असहमती जनाउनुभएको छ । अस्पताल प्रशासनले माग सम्वोधनका लागि कर्मचारी यूनियनलाई पत्र पठाइसकेको सन्र्दभमा हत्तारिएर आन्दोलन गर्दै सेवा अबरूद्धको प्रयास गरिएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

 संयमित भएर माग राख्न, माग माथि छलफल गर्न आउन तयार हुन समेत अस्पताल प्रशासनले कर्मचारी यूनियनलाई आग्रह गरेको छ । आन्दोलनका नाममा सेवा अबरूद्ध भएमा, बिरामीहरूले दुःख पाएमा वा अन्य कुनै दुर्घटना भएमा अस्पताल प्रशासन आन्दोलनरत कर्मचारी प्रति प्रचलित ऐन कानून बमोजिम कारर्वाही गर्न बाध्य हुने मेसु मरासिनीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । 

कर्मचारी युनियनले अस्पतालको ओपिडी सेवा प्रभावित गर्ने गरी घोषणा गरेको आन्दोनलका कार्यक्रमका बारेमा अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी दिइसकेको छ । कर्मचारी युनियनले भाद्र २० गते अस्पतालमा कर्मचारी राख्दा कर्मचारी युनियनसँग सरसल्लाह गर्नुपर्ने, कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने, स्त्तरोन्नती गर्नुपर्ने, ज्यालादारी कर्मचारीहरूलाई करारमा लैजानुपर्ने लगायतका ६ बुदे माग पेश गरेको थियो ।

 माग सम्वोधन नभएको भन्दै आज कर्मचारी यूनियनले बिज्ञप्ती जारी गर्दै भोलीदेखि हरेक दिन बिहान ओपिडी सेवा प्रभावित बनाउने गरी धर्ना लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । भरतपुर अस्पतालको ओपिडिमा दैनिक औसत १ हजारको हाराहारीमा बिरामीहरू उपचारका लागि आउने गर्दछन् । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    9855019160
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    9855019166
    cmbashyal@gmail.com