भरतपुर अस्पतालले मनायो स्थापनाको ५३ औ बार्षिकोत्सव ।

 

Bharatpur Hospital

 

२५, चैत्र, चितवन । चितवनको सवैभन्दा पहिलो सरकारी अस्पताल भरतपुर अस्पतालले आफ्नो स्थापनाको ५३ औं बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ ।

अस्पताल परिसरमा आयोजित बार्षिकोत्सव समारोहको उद्घाटन स्वास्थ्य राज्यमन्त्रि मोहम्मद मुस्ताक आलमले गरे । उद्घाटन समारोहमा बोल्दै राज्यमन्त्रि आलमले भरतपुर अस्पतालका लागि अत्यावश्यक सिटी स्क्यान मेशिन खरिदको प्रकृया तत्कालै अघि बढाउन अस्पताल बिकास समितीलाई निर्देशन दिए । सिटी स्क्यान मेशिन खरिद गर्ने प्रकृया तत्काल अघि बढाउनुहोस् म सहयोग गर्दछु राज्यमन्त्रि आलमले भने, अस्पतालका हरेक आर्थिक गतिविधी पारदर्शी भए मन्त्रालयले सहयोगको रकम पनि बढाउदै जान्छ । कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा रहेका स्वास्थ्य सचिव शान्त बहादुर श्रेष्ठले अस्पतालको गुरुयोजना मन्त्रालयबाट स्वीकृत गरि भौतिक संरचना निर्माणको कामलाई अघि बढाउनुपर्ने वताए । उनले भरतपुर अस्पतालको सि ब्लक भवन निर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बचन दिए । अस्पतालको बेरुजु कम गर्दै जानुपर्ने श्रेष्ठको भनाई थियो । अस्पतालको जग्गाको संरक्षण गरि भरतपुर अस्पताललाई योजनाबद्ध ढंगले अघि बढाउन चितवनका राजनैतिक दलहरुले पनि छलफल थाल्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा.डा. गणेश गुरूङ, नेपाली काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठ,एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, एमाओवादीका नेता दण्डपाणी पौडे्ल, राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्रि तिमिल्सिना, मधेशी फोरमका जिल्ला अध्यक्ष जोखा प्रसाद चौधरी, राप्रपाका जिल्ला अध्यक्ष रामहरि कण्डेल, नेकपा माओवादी बिप्लव समुहका भिम लामा, अस्पतालका कर्मचारीहरुका तर्फबाट डा. भोजराज अधिकारी, निमित्त मेट्रोन मिरा अधिकारी, लगायतले बोलेका थिए । भरतपुर अस्पतालका अध्यक्ष बिजय सुवेदीको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा भरतपुर अस्पतालमा भूकम्पमा परि घाइते भएकाहरुको उपचारमा सहयोग गर्ने, घाइतेका आफन्तहरुलाई भरतपुर अस्पतालमा निशुल्क भोजन गराउन सहयोग गर्ने बिभिन्न संघसस्थाका प्रतिनिधीहरुलाई प्रंशसा पत्र प्रदान गरिएको थियो । सो अवसरमा अस्पतालका पूर्व मेसु नरेन्द्र कुमार सिंह, निवृत चिकित्सक, कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।  अस्पतालको बार्षिकोत्सव समारोहमा आयोजित खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै बिभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा भरतपुर अस्पतालले प्रकाशन गरेको सञ्जिवनी नामको स्मारिका स्वास्थ्य सचिव शान्त बहादुर श्रेष्ठले बिमोचन गर्नुभएको थियो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    9855019160
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    9855019166
    cmbashyal@gmail.com