About Us [Bharatpur Hospital]

भरतपुर अस्पतालको गुरुयोजना । 


२०५९ साल फाल्गुण ९ गते भरतपुर अस्पतालको सञ्चालक समितिको अध्यक्ष वन्नु भएका समाजसेवी एवं राजनीतिज्ञ नर वहादुर खाँडले अस्पतालको गुरुयोजना निर्माण गराउनु भएको हो । खाँडको अध्यक्षतामा रहेको अस्पताल विकास समितिले २०६० सालमा न्यूनतम ५०० शैया संचालन गर्न सकिने गुरुयोजना तर्जुमा गरेको थियो । उहाँकै कार्यकालमा गुरुयोजना अन्र्तगतको B-Block  भवन निर्माण कार्यको प्रारम्भ भएको थियो । उक्त B-Block भवन निर्माण सम्पन्न भई सेवा संचालनमा आइसकेको छ भने A-Block  भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । A-Block  भवन निर्माण लगायत थप सेवा विस्तार सम्भव बनाउन तत्कालिन मे.सु.डा.केशवराज भुर्तेलको पनि उत्तिकै योगदान रहेको छ ।  भौतिक पूर्वाधार निर्माणको अन्तिमरुप देहाय वमोजिम हुनेछ । 
सुविधा सम्पन्न अस्पताल भवनहरुको संख्या ६ हुनेछ । 

क) A -Block :
  बिच भागमा निर्माण हुने सबभन्दा अग्लो भवन A Block मा अप्रेशन कक्ष,ICU, Post Operative Ward, Library लगायत आवश्यक अन्य कक्षहरु रहने छन् । 

ख) B- Block :
 A-Block सँग जोडिने यस भवनको निर्माण कार्य सम्पन्न भई स्त्री तथा प्रसुती र वालरोग विभाग मार्फत सेवा प्रवाह भइसकेको छ भने NICy लगायतका थप सेवा निकट भविष्यमै संचालनमा ल्याउने गरी कार्य भइरहेको छ । 

ग) C-Block : 
विभिन्न रोगहरुको निदानलाई आवश्यक पर्ने प्रयोगशाला, एक्स–रे, CT Scan, USG, MRI,ECHO,ECG,EEG,Audiogram,Endoscopy, Colonoscopy आदि र Surgical Ward लाई आवश्यक कक्षहरु रहने छन् । यी तिनवटै भवन एक आपसमा जोडिने र आवश्यकता अनुसार थप २ तला थप्न सकिने गरी डिजाइन गरिनेछन् । 

घ) Emergency Block: 
एकैपटक ठूलो संख्यामा आउन सक्ने विरामीहरुको संभावनालाई मध्यनजर गरी ५० जना अट्न सक्ने एउटा ठूलो हल, न्यूनतम २५ शैयाको सुविधा सम्पन्न आकष्मिक कक्ष र माइनर ओ.टी.लगायतका कक्षहरु निर्माण हुने छन् । 

ङ) OPD Block : 
हाल प्रयोगमा रहेको भवनसँगै जोडेर अर्को भवन निर्माण हुनेछ । सम्पूर्ण विषयका विशेषज्ञ चिकित्सकहरुको लागि विशेष कक्षहरुको साथै Minor OT लगायतका अति आवश्यक अन्य कक्षहरु रहने छन् । 

च)   Administrative Block : 
यस भवनको भुई तलामा न्यूनतम २०० जना अट्न सक्ने सुविधा सम्पन्न सभाकक्ष र  भण्डार तथा माथिल्लो तलामा प्रशासन,लेखा तथा विकास समितिको लागि आवश्यक कक्षहरु रहने छन् । 
यसका अतिरिक्त अस्पताललाई नभइ नहुने भोजनालय, आधुनिक Laundry, Oxygen Plant, Maintenance, संक्रामक फोहोर व्यवस्थापनको लागि Autoclave (इन्सिनेटर) Biogas Plant, धर्मशाला, शवराख्ने र परिक्षण गर्ने तथा सुरक्षा Post को लागि आवश्यक पर्ने छुट्टाछुट्टै भवनहरु निर्माण गरिने छन् । साथै करिब ३ लाख लिटर क्षमताको Over Head Water Tank समेत निर्माण हुनेछ ।

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np