चितवनमा ७० प्रतिशत मुसामा भेटियो स्क्रव टाइफस सार्ने ‘माइट’ ।

 

Bharatpur Hospital

 

सुवास पण्डित २७, भाद्र चितवन । स्वास्थ्य सेवा विभागको टोलीले ४ दिन लगाएर मुसामा गरेको अनुसन्धानबाट चितवनमा भेटिएका ७० प्रतिशत मुसामा स्क्रव टाइफस सार्ने ‘माइट’ भेटिएको छ ।

 विभागले टोलीले थापेको ट्यापिड्ड परेका १० बटा मुसा मध्ये ७ बटा मुसाको कानमा माइट भेटिएको टोलीका संयोजक रेशम लामिछानेले जानकारी दिनुभयो । रयाट्स रयाट्स जातको मुसामा यस्तो माइट भेटिएको हो । प्रायः यहि प्रजातिको मुसामा माइट भेटिन्छ । 

“माइट मान्छेको कपालमा पर्ने लिखा जस्तै हुदोरहेछ मान्छेको नाङ्गो आँखाले नियालेर हेर्दा मात्रै देखिन्छ” लामिछानेले भन्नुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इन्टोमोलोजिष्ट ललनप्रसाद शाहले खोजी गरिएका मुसाहरूलाई मारेर तिनीहरूको कलेज, मृगौला, फियो, फोक्सो, मुटु र रगत निकालिएको जानकारी दिनुभयो ।

  “शारदानगर हेल्थपोष्टमा नै मुसाहरुको सिजरिड्ड गरी यि अंगहरु निकालेका छौं, अव काठमाण्डौंमा लगेर परिक्षण गरेपछि थप नतिजा आउला” शाहले भने । मुसामा हुने एक प्रकारको किरा माइटले टोकेमा यो रोग लाग्छ । विशेषगरी मुसाबाट झाडी र झारमा किरा खस्ने र त्यहाँ पुगेमा किरा टाँसिएर टोक्ने गर्छ । चितवनमा स्क्रव टाइफसको जोखिम रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको शाहको भनाई छ ।

स्क्रव टाइफसबाट संक्रमण भएर निको भएका बिरामीहरुको घर र त्यसको वरपरका मुसाहरुलाई बिषेश रुपमा खोजी गरिएको शाहले वताउनुभयो । “हामीले स्क्रव टाइफस रोगबाट संक्रमण भएर उपचार गराइरहेका ७ जना बिरामी, उनीहरुका आफन्त र अन्य छिमेकीको गरी ८५ जनाको रगतको नमूना पनि निकालेका छौं” टोली प्रमुख लामिछानेले भन्नुभयो, “यो सवै नमुनाको परिक्षण केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा लगेर परिक्षण गर्दछौं।” 

अभियानका क्रममा विभागको टोलीले स्थानिय कमलदेवि विद्यालय र स्थानिय वासिन्दाहरुमा समेत सचेतनामूलक कार्यक्रम गरेको लामीछानेले बताउनुभयो । 

अनुसन्धान अभियानमा स्वास्थ्य सेवा विभाग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौडा र जिल्ला जनस्वास्थ्य कार्यालयको टोली सहभागी थियो । 

चितवनमा अन्य जिल्लामा भन्दा बढि बिरामीहरूमा स्क्रव टाइफसको संक्रमण देखिएकोले विभागको टोलीले पहिलोपटक जिल्लाका विभिन्न क्षेत्रमा मुसाहरूको खोजी गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक अनुप अधिकारीले बताउनुभयो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    9855019160
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    9855019166
    cmbashyal@gmail.com