मुसा खोज्दै स्वास्थ्य सेवा विभागको टोली चितवनमा।

 

Bharatpur Hospital

 

सुवास पण्डित २४, भाद्र चितवन । चितवनमा अन्य जिल्लामा भन्दा बढि स्क्रव टाइफसका बिरामी देखिएपछि स्वास्थ्य सेवा विभागको टोलीले जिल्लाका बिभिन्न क्षेत्रमा मुसाको खोजी गर्दै अनुसन्धान थालेको छ ।

स्वास्थ्य सेवा विभाग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौडा र जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले चितवनको शारदानगर, मेघौली, गुञ्जनगर लगायतका क्षेत्रमा संक्रमण गराउने मुसाहरुको खोजी थालेको हो ।

आजदेखि आगामी सोमवारसम्म ती क्षेत्रमा रहेका मुसाहरुलाई खोजेर ट्यापमा पार्ने र तिनीहरूको अनुसन्धान गरिने विभागका जनस्वास्थ्य अधिकृत रेमश लामिछानेले जानकारी दिनुभयो । “५० भन्दा बढि मुसाहरूलाई खोजी गर्ने गरी अनुसन्धान गर्ने हाम्रो उदेश्य हो,” जनस्वास्थ्य अधिकृत लामिछानले भन्नुभयोे, “मुसाको प्रजाति र मुसाको कान पेट लगायतका स्थानमा बस्ने माइटको बारेमा अनुसन्धान थाल्ने छौं।”

 इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इन्टोमोलोजिष्ट ललनप्रसाद शाहले खोजी गरिएका मुसाहरूलाई मारेर तिनीहरूको कलेज, मृगौला, फियो, फोक्सो, मुटु र रगतको परिक्षण गरिने जानकारी दिनुभयो। स्क्रव टाइफसका बिरामी भएको घरलाई पहिलो प्राथमिकतामा राखेर मुसाहरुको खोजी गरिने शाहले बताउनुभयो । चितवनमा अन्य जिल्लामा भन्दा बढि बिरामीहरूमा स्क्रव टाइफसको संक्रमण देखिएकोले विभागको टोलीले पहिलोपटक जिल्लाका विभिन्न क्षेत्रमा मुसाहरूको खोजी गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक अनुप अधिकारीले बताउनुभयो । 

टोलीमा किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौडाका इन्टोमोलोजिष्ट शिशिर पन्त, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट ल्याव टेक्निसियन बुद्धरत्न महर्जन, शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल टेकुबाट उत्तमराज प्याकुरेल र बिजय रिमाल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट ललन शाह र प्रमोद कुमार मेहता सहभागी हुनुहुन्छ । जनस्वास्थ्य कार्यालय चितवनबाट भेक्टर कन्ट्रोल निरिक्षक राम केसी र जनस्वास्थ्य निरिक्षक अनुप अधिकारी रहनुभएको छ । 

चितवनमा भाद्र २० गतेसम्मसम्म १८९ जनामा स्क्रव टाइफसको संक्रमण देखिएको छ । भरतपुर अस्पतालमा ५ जना, नारायणी सामुदायिक अस्पतालमा ७ जना र  बाँकी १७७ जना चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा स्क्रव टाइफस देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले जानकारी दिनुभयो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np