भरतपुर अस्पतालमा ज्वरोका बिरामी बढे ।

 

Bharatpur Hospital

 

११, साउन, चितवन । चितवनको भरतपुर अस्पतालमा ज्वरोका बिरामीहरू ह्वातै बढेका छन् । अस्पतालले दिएको जानकारी अनुसार ओपीडीमा ज्वरो र त्यससँग सम्वन्धित बिरामीहरू ४० प्रतिशतले वृद्धि भएका छन् भने, आकस्मिक कक्षमा ७० प्रतिशत बिरामी वृद्धि भएका छन् ।

गत दुई साता देखि अस्पतालमा ज्वरोका बिरामीहरु अधिक उपचारका लागि आउने गरेका छन् । “अस्पतालमा आइतवार, सोमवार र मंगलवार यसै पनि बिरामीहरूको संख्या अत्ति धेरै हुने गरेको थियो, अझै अहिले त ज्वरोका बिरामीले गर्दा भिड थामी नसक्नु भएको छ” अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन्ट डा. श्रवणकुमार थापाले भन्नुभयो  । अस्पतालमा रूघाखोकीले ग्रस्त बनाएका, टाउको दुखेका, रिंगटा लागेका, वान्ता गरेका, ज्यान दुखेका र उच्च ज्वरो आयो भन्दै उपचारका लागि बिरामीहरू आउने गरेका छन् । अस्पताल आउने अधिकांश बिरामीहरूमा उच्च ज्वरो आएको पाइएको छ । “१ सय डिग्रीसम्म ज्वरो आएका बिरामीहरुलाई ओपिडीमा नै पठाउने गरेका छौं” आकस्मिक कक्षका हस्त बहादुर अधिकारीले भन्नुभयो, “१ सय भन्दा माथि १ सय ५ डिग्रीसम्म ज्वरो आएका बिरामीहरू आकस्मिक कक्षमा भर्ना हुने छन् ।” आकस्मिक कक्षमा एक दिनमा उपचारका लागि सामान्य समयमा ४५ जनासम्म बिरामीहरु आउने गरेकामा अहिले दैनिक १४० भन्दा बढि बिरामीहरू आउने गरेका छन् । आकस्मिक कक्षमा १२ बेड क्षमता छ । भरतपुर अस्पतालको ओपीडीमा सामान्य दिनमा १५० जना बिरामीहरू आउने भएपनि अहिले भने दैनिक २ सय ५० भन्दा बढि बिरामी आउने गरेको ओपीडी इन्र्चाज केशव सापकोटाले जानकारी दिनुभयो । यो संख्या बच्चा वार्ड र स्त्री रोग विभाग बाहेकको हो । भरतपुर अस्पताल मेडिशन विभागका प्रमुख डा. बिजयप्रसाद पौडे्लले केही बिरामीहरूको रगत परिक्षणमा डेंगु र डेंगु जस्तो प्रकृती देखिएको वताउनुभयो। अत्याधिक गर्मी र भारी बर्षा तथा अन्य वाताबरणीय असन्तुलनको कारणले गर्दा गत बर्ष साउनको यहि समयमा भन्दा यसपटक बिरामी बढि देखिएको डा. पौडे्लले जानकारी दिनुभयो । “अहिलको वाताबरणीय अवस्था भाइरस र ब्याक्टेरीयाका लागि निकै उपर्युक्त समय हो, शरिरमा रहेको प्रतिरक्षा शक्ति पनि यहि बेला कम भएको हुन्छ” डा. पौडे्लले भन्नुभयो, “उच्च ज्वरो र यसको संक्रमणबाट जोगिन सन्तुलित खाना र उमालेको पानी खाने, आराम गर्ने र धेरै भिडभाडमा जानु हुदैन्।” अस्पतालकै अर्का फिजिसियन डा. भोजराज अधिकारीले भिडभाड, ग्रुप बनाएर कार्यक्रम गर्ने वा जाने, सभासम्मेलन वा अन्य सामाजिक गतिविधीमा संलग्न हुँदा ज्वरो एक ब्यक्तिवाट अन्य ब्यक्तिहरूमा पनि फैलिने भएकोले यस्ता कार्यहरूलाई कम गर्न सुझाव दिनुभयो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np