भरतपुर अस्पताललाई सहयोग गछौं ः राजनैतिक दल ।

 

 

चितवनका ठुला राजनैतिक दलहरुले भरतपुर अस्पतालको स्वास्थ्य सम्वन्धि शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पहल गर्न अस्पताल बिकास सञ्चालक समतिीलाई सुझाव दिएका छन् ।


भरतपुर अस्पताललाई सहयोग गछौं ः राजनैतिक दल ।

१२, भरतपुर चितवन । 

चितवनका ठुला राजनैतिक दलहरुले भरतपुर अस्पतालको स्वास्थ्य सम्वन्धि शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पहल गर्न अस्पताल बिकास सञ्चालक समतिीलाई सुझाव दिएका छन् । 

अस्पतालको शैक्षिक कार्यक्रम सञ्चालनका लागि अस्पताल भन्दा छुट्टै व्लक निर्माण गर्नुपर्ने भएकोले आफ्नो स्वामित्वमा रहेको जग्गा उपयोगका लागि पहल थाल्न दलहरुले सुझाएका छन्। भरतपुर अस्पतालले  आज अस्पताल परिसरमा आयोजना गरेको सर्वदलिय वैठकमा सहभागी दलका अध्यक्ष तथा प्रतिनिधीहरुले दलहरुले अस्पतालले गर्ने पहलमा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरे । शैक्षिक कार्यक्रम सञ्चालनका लागि हाल सिटिइभिटीले उपयोग गर्दै आएको केही जमिन आवश्यक पर्ने अस्पतालका मेसु डा केशवराज भूर्तेलले दलहरुलाई जानकारी गराएका थिए । भरतपुर अस्पतालको स्वामित्वमा रहेको ७ विगाहा जमिन सिटिइभिटीले प्रयोग गर्दै आइरहेको छ । भरतपुर अस्पतालले सञ्चालन गर्दै आइरहेको प्रविणता प्रमाणपत्र तह नर्सिड्ड कार्यक्रम अस्पतालकै भवनमा चलाउनुपर्ने वाध्यता छ । जसका कारण अस्पतालका लागि आवश्यक पर्ने कक्ष तथा शैयाहरु विस्तारमा समेत समस्या हुदै आएको छ । नया कार्यक्रमहरु थप हुने भएपछि अस्पतालको शैक्षिक कार्यक्रम सञ्चालनका लागि अस्पतालले सिटिइभिटीसँग जग्गा उपलब्ध गराइदिन पटक पटक आग्रह समेत गर्दै आएको छ ।  भरतपुर अस्पतालले आगामी जुलाई देखि एमडी र एमएसको पढाई सञ्चालन गर्ने गरि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) सँग सम्झौता गरिरहेको छ । भरतपुर अस्पतालले छिट्टै विएन, एमएन र एमविविएस अध्यापन गराउने तयारी थालेको छ । सिटिइभिटीले उपभोग गर्दै आएको जमिनमा शैक्षिक ब्लक बनाई सञ्चालन गर्न आवश्यक पहल थाल्न वैठकमा सहभागी राजनैतिक दलहरुले अस्पताल बिकास समितीलाई सुझाव दिएका हुन् । भरतपुर अस्पताललाई राष्ट्रिय अस्पतालको रुपमा स्तर वृद्धि र  स्तर निर्धारण गर्दै ५ सय शैयाको स्वीकृत दरवन्दि पु¥याउन दलहरुले अस्पताल सञ्चालक समितीलाई आग्रह गरे । भरतपुर अस्पताललाई चिकित्साविज्ञान प्रतिष्ठानका रुपमा बिकास गर्न,  अस्पतालबाट प्रदान गर्ने सेवा सुविधालाई अझै प्रभावकारी ढंगले सञ्चालन गर्न र पारदर्शीता कायम गर्न दलहरुले अस्पताल बिकास समितीलाई सुझाव दिएका छन् । भरतपुर अस्पतालमा आउने वेवारिसे शवको दीर्घकालिन व्यवस्थापनका लागि उचित स्थान निक्यौल गरि जनतालाई कम भन्दा कम प्रभाव पार्ने क्षेत्रको पहिचान गर्न अस्पताल व्यवस्थापन समिती तथा भरतपुर नगरपालिकालाई दलहरुले सल्लाह दिएका छन् । त्यसमा कुनै समस्या आइपरे दलहरुले सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।  बैठकमा काँग्रेस चितवनका जिल्ला अध्यक्ष टेक प्रसाद गुरुङ, एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, एकीकृत माओवादीका इश्वरी भट्टराई, राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्रि तिमिल्सिना, नेकपा माओवादीमा महेश थारु, नेकपा मालेका जिल्ला सचिव परशुराम लामिछाने लगायतको उपस्थिती रहेको थियो । भरतपुर अस्पताल सञ्चालक समितीका अध्यक्ष विजय सुवेदीको अध्यक्षतामा भएको बैठकमा अस्पतालका मेसु डा. केशवराज भूर्तेलले अहिलेसम्मको प्रगति अवस्थाका वारेमा दलहरुलाई जानकारी गराएका थिए । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np