भरतपुर अस्पतालमा एकैपटक ६ स्थानबाट अप्रेशन सेवा शुरू ।

 

Bharatpur Hospital

 

०८, भरतपुर, चितवन । चितवनको सवैभन्दा ठूलो भरतपुर अस्पतालमा अलग–अलग ६ अपे्रशन कक्षबाट सेवा शुरु भएको छ ।

यसअघि अस्पतालमा एकै कोठाबाट ४ वटा अप्रेशन टेवल राखेर अप्रेशन हुदै आएकोमा आजबाट छुट्टाछुट्टै कोठाबाट अत्याधुनिक सेवा सहित अप्रेशन शुरू गरिएको अस्पतालले जानकारी दिएको छ । हालै निमार्ण सम्पन्न भएको ‘ए’ ब्लक भवनको दोस्रो तल्लाबाट अत्याधुनिक अप्रेशन सेवा थालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रूद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । 

अप्रेशन कक्षमा २ वटा आकस्मिक अपे्रशन कक्ष छुट्टाइएको छ । “प्रस्तुती सेवालाई एक अलग्गै जतिबेला पनि अप्रेशन गर्न मिल्न गरी आकस्मिक अप्रेशन कक्षका व्यवस्था गरिएको छ” अप्रेशन इन्र्चाज मिरा अधिकारीले जानकारी भन्नुभयो, “अन्य कुनै आकस्मिक बिरामीका लागि अर्को एक आकस्मिक कक्ष छुट्टाइएको छ।” त्यस बाहेक अन्य ४ वटा अप्रेशन कक्षमा हप्ताको ३ दिन सवै विभागका लागि अप्रेशन गर्ने व्यवस्था मिलाइएको छ । यसअघि हप्तामा २ दिन मात्रै विभागहरुलाई अप्रेशनको पालो दिइएको थियो। “अलग अलग अप्रेशन कक्ष भएपछि बिरामीहरुमा संक्रमणको खतरा पनि हुदैन्” अस्पतालका मेसु डा. मरासिनीले भन्नुभयो, “हरेक अप्रेशन कक्षमा अलग्गै टिम हुन्छ, यसले सेवाको गुणस्तरमा वृद्धि गराउँछ ।” नयाँ ‘ए’ ब्लक भवनमा निर्माण गरीएको आकस्मिक कक्ष भित्र नै १८ बेड क्षमताका पोस्ट अप कक्षको व्यवस्था गरिएको छ । 

यसअघि १० वेडको मात्रै पोष्ट अप थियो । यस्तै, पहिलोपटक ६ बेडको रिकोभरी कक्षको व्यवस्था गरिएको छ । अप्रेशन गर्ने वित्तिकै बिरामीहरूलाई रिकोभरी कक्षमा राखेपछि पोष्टअप लगिने अप्रेशन इन्र्चाज अधिकारीले जानकारी दिनुभयो ।

 अस्पतालमा अप्रेशन गर्नु अघि बिरामीहरूलाई राख्ने कक्ष यसअघि व्यवस्थित नभएकोमा नयाँ अप्रेशन कक्ष भित्र नै १२ वेडको अप्रेशन तयारी कक्ष राखिएको छ । अलग–अलग स्थानबाट अप्रेशन हुने भएपछि बिरामीहरूको पालो पनि छिटो छिटो आउने र सेवाको गुणस्तर पनि बढ्ने स्त्री तथा प्रसुती रोग विभागका विभागिय प्रमुख डा. सुनिलमणि पोख्रेलले बताउनुभयो । “भरतपुर अस्पतालमा सवैभन्दा ठुलो चाप प्रस्तुती विभागमा छ,” डा पोख्रेलले भने, “अलग्गै अप्रेशन कक्षको व्यवस्था भएपछि चाप घटाउन सहयोग हुनेछ ।” भरतपुर अस्पतालमा यसअघि दैनिक २० देखि २५ जनासम्मको अप्रेशन हुने गरेकामा अबदेखि भने दैनिक ३५ जनासम्मको अप्रेशन गर्न सकिने अस्पतालका मेसु डा. मरासिनीले बताउनुभयो । 

नयाँ अप्रेशन कक्ष थप भएसगैँ एनेस्थेसियाको म्यानपावर थप गर्न आवश्यक रहेको डा. माणिकलाल मानन्धरले जानकारी दिनुभयो । अत्याधुनिक भवनमा सेवा आरम्भ हुँदा क्वान्टिटीको सँगसगै क्वालिटी पनि बढ्ने स्टोर प्रमुख लिलाधर पौडे्लले बताउनुभयो । 

अहिलेको नयाँ अप्रेशन कक्षमा अक्सिजन, सक्सन र एयरको अलग–अलग सेन्टर सप्लाई जडान गरिएको छ ।

 धेरै लामो प्रयास पछि नयाँ भवनमा अत्याधुनिक सुविधा सहित अप्रेशन कक्ष शुरू भएकोमा अस्पतालका अध्यक्ष बिजय सुवेदीले खुसी व्यक्त गर्नुभयो । “अब बिरामीले लामो पालो कुर्नुपर्ने छैन्” अध्यक्ष सुवेदीले भन्नुभयो, “सरकारी अस्पतालमा पनि गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने सन्देशले यसले दिएको छ। ”





 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    9855019160
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    9855019166
    cmbashyal@gmail.com