भरतपुर अस्पतालको “सि” ब्लकका लागि २५ करोड ।

 

Bharatpur Hospital

 

१३, जेष्ठ, चितवन । भरतपुर अस्पतालको महत्वकाक्षी “सि” व्लक निर्माणका लागि नेपाल सरकार अर्थमन्त्रालयले २४ करोड ८० लाख रकम दिने स्वीकृती दिएको छ ।

 गएको बैशाख २९ गते अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयका लागि पत्र लेखि मन्त्रालयको बजेट सिमा भित्र रहने गरि बहुबर्षिय ठेक्का अन्र्तगत रकम उपलब्ध गराउने गरि बजेट सुनिश्चितता गरेको हो । भरतपुर अस्पतालको अनुरोधमा गएको बैशाख ६ गते “सि” ब्लकको गुरुयोजना स्वीकृत गरि बजेट सुनिश्चितता गर्न स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयलाई पत्र लेखेको थियो । बैशाख २८ गते अर्थमन्त्री बिष्णु पौडेलको मन्त्रिस्तरीय निर्णयबाट अस्पताललाई सो परिमाणको रकम उपलब्ध गराउने निर्णय भएको हो।  भरतपुर अस्पतालको “सि” ब्लक भवन गुरुयोजना अनुरुप निर्माण हुने छ । अस्पतालको गुरुयोजना स्वर्गीय अध्यक्ष नर बहादुर खाँडको पालामा निर्माण गरेको भएपनि अहिलेसम्म मन्त्रालयमा लगेर स्वीकृत गराइएको अवस्था थिएन् । अस्पतालका अध्यक्ष बिजय सुवेदी आफैले इनिसियन लिएर अस्पतालको “सि” ब्लकको गुरुयोजना स्वीकृत गराउनु भएको थियो । करिव ३२ करोडको लगानीमा निर्माण हुने सि व्लक भवन अत्याधुनिक हुने छ । भवनमा नेपाल सरकारको ८० प्रतिशत लगानी हुने छ भने,  अस्पतालको २० प्रतिशत लगानी हुने छ ।  अस्पतालको सि ब्लक भवनको  एनट आर्किटेक्चर एण्ड आक्टिेक्स कम्पनीले तयार गरेको हो । अस्पतालको सि ब्लक भवनको निर्माण यसै आर्थिक बर्ष भित्र निर्माण शुरु गर्ने गरि ठेक्का लगाउने उदेश्यले टेण्डर गर्ने तयारी भैरहेको अस्पतालको मेसु डा. रुद्र प्रसाद मरासिनीले जानकारी दिनुभयो । ३ बर्ष भित्र “सि” व्लक भवन पुरा हुने योजना छ । मेसु डा मरासिनीले सि ब्लक पूर्ण रुपमा डाइग्नोष्टिक ब्लक हुने वताउनुभयो । 

भवनको तल्लो भूई तलामा परिक्षण गरिनुपर्ने सवै विभागहरु र सेवा सुविधा उपलब्ध हुने छन् ।  भवनले ४ हजार ४ सय ३३ स्क्वायर मिटर जमिन ओट्ने छ । यस तलामा सिटि क्यान, एमआरआई, ल्याव, हिस्टोप्याथोलोजी, एक्सरे, ल्याव, इसिजि, इको, इन्कोशकोपी, कोलोनोस्कोपी, सिस्टोसकोपी, ब्रोङकोसकोपी लगायतका सेवा सुविधा उपलब्ध हुने छन् भने, दोस्रो तलामा सर्जिकल, न्यूरो र कार्डियोलोजी विभागहरु रहने छ । “ए” ब्लकको पहिलो तलामा अप्रेशन थ्रिएटर सहित आइसियू सेवा हुने भएकोले, “सि” व्लकको पहिलो तलामा पनि अप्रेसनसँग जोडिने सेवा राखिने अस्पताल सञ्चालक समितीका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । भवनको तेस्रो तलामा डाइलासिस सम्वन्धि कामहरु हुने छन् । व्लक ए, व्लक वि र व्लक सि लाई र्यामले जोडिने छ । भवन निर्माणको नियमित अनुगमन शहरी बिकास तथा भवन निर्माण विभाग डिजिभन कार्यालय चितवनले गर्ने छ । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np