सेवा प्रवाहलाई चुस्त वनाउन दलहरुको भरतपुर अस्पताललाई सुझाव ।

 

Bharatpur Hospital

 

१२, असोज, चितवन । चितवनका राजनीतिक दलहरुले भरतपुर अस्पतालको सेवा प्रवाहलाई अझै बढि प्रभावकारी वनाउन सुझाव दिएका छन् । विगतमा भन्दा सेवा प्रवाहमा केही सुधार भएकोमा सन्तोष ब्यक्त गर्दै अझै सेवा प्रवाहलाई सहज र सुलभ वनाउन अस्पताल बिकास समितिलाई दलहरुले सुझाव दिए ।

भरतपुर अस्पतालमा आज बिहान वसेको सर्वदलिय बैठकममा अस्पतालको पछिल्लो अवस्थाका बारेमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. केशवराज भर्तुेलले दलहरुलाई जानकारी गराउनु भएको थियो । मेसु डा. भुर्तेलले, सिमित स्रोत र साधानका वीच अस्पतालले आफ्नो बलवुताले भ्याएसम्म जनतालाई सेवा प्रदान गर्न लागि परेको वताउनुभयो । उहाँले पछिल्लो समयमा अस्पतालमा विधुतिय हाजिरी मार्फत अस्पतालका कर्मचारी तथा चिकित्सकहरुको तोकिएको समय अस्पतालमा नै लगाउन लागि परेको जानकारी दिनुभयो । सरकारी अस्पताल आफैले फार्मेसी चलाउन सरकारले दिएको निर्देशन अनुरुप फार्मेसी चलाउन कानुनी र नीतिगत समस्या भएको भन्दै त्यसलाई सल्टाउन सरकारले सहयोग गर्नुपर्ने वताउनुभयो । बैठकका राजनैतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधीहरुले अस्पतालले सेवा प्रवाहलाई चुस्त वनाउन बिषेश जोड दिन आग्रह गरे । दलहरुले अस्पतालमा आउने गरिव, विपन्न, असहायहरुको उपचारमा बिषेश सहुलियत प्रदान गरि सहज रुपमा सेवा लिने वातावरण वनाउन सुझाव दिए । अस्पतालले आफ्नो फार्मेसी आफैले चलाउन र त्यसका लागि आवश्यक तयारी गर्न तथा मौजुदा अवस्थामा फार्मेसी सेवा नरोक्न अस्पताल बिकास समितिलाई दलहरुले सुझाव दिएका छन् । बैठकमा बोल्दै भरतपुर अस्पतालका अध्यक्ष बिजय सुवेदीले दलहरुकै सुझाव र सहमतीका आधारमा अस्पताल अघि बढ्ने भन्दै अस्पतालले फार्मेसी सञ्चालन आफैले गर्ने तयारी गरेको वताउनुभयो । उहाँले नीतिगत र कानुनी जटिलताहरु फुकाउन स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरिएको जानकारी दिनुभयो ।  बैठकमा काग्रेस चितवनका सचिव जीत नारायण श्रेष्ठ, एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, एमाओवादीका घनश्याम दाहाल, राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्रि तिमिल्सिना, नेकपा माओवादीका महेश थारु, नेकपा—माओवादीका घननाथ सापकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मोहनमणि ढकालको उपस्थिती रहेको थियो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np