बार्षिक उत्सवका अवसरमा अन्र्तक्रिया र रक्तदान कार्यक्रम ।

 

 

२३, चैत्र, चितवन । भरतपुर अस्पतालले आफ्नो ५२ औ बार्षिक उत्सवका अवसर वृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

भरतपुर अस्पतालको सेवा प्रवाह, सरकारी संघसस्थाहरूसँगको सहकार्य, जनगुनासोको व्यवस्थापन, सेवा विस्तारको योजना, शिविरि र समाजिक उत्तरदायित्व, प्रकोप नियन्त्रणमा भरतपुर अस्पतालको भूमिका, सामाजिक सुरक्षा स्वास्थ्य सेवा प्रवाह लगायतका बिषयमा अस्पतालले अन्र्तक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागीहरुले भरतपुर अस्पतालको निशुल्क सेवा प्रवाह, अस्पतालको शुल्क, चिकित्सकहरूका वारे हुने बिभिन्न टिकाटिप्पणी, स्वास्थ्य केन्द्रहरुले विरामी रिफर गर्दा अपनाइने प्रणाली, अस्पतालमा गरिने व्यवहार आदी बिषयमा टिप्पणी गरेका थिए । अस्पतालका तर्फबाट सहभागीहरुले उठाएका जिज्ञाशाहरूको जवाफ निमित्त मेसु डा. प्रकाश खतिवडा, स्त्री तथा प्रसुती रोग विभागका बिभागिय प्रमुख डा. सुनिलमणि पोखरेल, डा. भोजराज अधिकारी, डा. रूद्र मरासिनी, रामहरि ढकालले दिनुभएको थियो । अस्पताल बिकास समितीका पूर्व अध्यक्ष महेन्द्रलाल प्रधानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका बिभिन्न स्वास्थ्य चौकीका इन्र्चाज तथा प्रतिनिधीहरु, नीजि अस्पतालका प्रतिनिधी तथा सञ्चालकहरु, भरतपुर अस्पतालका विभागिय प्रमुखहरुको सहभागीता रहेको थियो । अन्र्तक्रिया कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रधानले अस्पतालमा आउने गरिव, असाह्य, बिपन्न र आर्थिक रुपमा पछाडी परेका विरामीहरुलाई आर्थिक रुपमा सेवा गर्न चाहाने व्यक्तिहरुका लागि भरपर्दो माध्यम र पद्धती बिकास गर्नुपर्ने वताउनुभयो । कार्यक्रममा वोल्दै अस्पताल बिकास समितिका अध्यक्ष विजय सुवेदीले सरकारी सेवा भन्ने वित्तिकै जनताको पहिलो रोजाईको बिषय हुनुपर्ने भन्दै भरतपुर अस्पताललाई जनताको गर्व गर्न लायक अस्पतालको रुपमा बिकास गर्ने अभियानका रुपमा रहेको वताउनुभयो । 

यसैबिच, 

भरतपुर अस्पतालको ५२ औ बार्षिकोत्सव समारोहका अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भरतपुर अस्पतालको अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रमको उद्घाटन भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष विजय सुवेदी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश खतिवडाले रगत दिएर गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी भरतपुर शाखाको सहयोगमा भएको रक्तदान कार्यक्रममा १८ जना महिला सहित ६१ जनाले रक्तदान गरेका थिए । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    9855019160
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    9855019166
    cmbashyal@gmail.com