eProcurement System
You can view and apply tenders through eProcurement system.
३०, भाद्र, चिवतन । चितवनको सवैभन्दा ठुलो सरकारी अस्पताल, भरतपुर अस्पतालमा १२८ स्लाइसको अत्याधुनिक सिटीस्क्यान मेशिन खरिद सम्झौता भएको छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्रप्रसाद मरासिनी र टेण्डर पार्न सफल हस्पीटेक इन्टरप्राइजेज प्रालिका बीच उपकरण ल्याउने सम्झौता भएको हो । अस्पतालले निकालेको टेण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाद्र १५ गते स्वीकृत गरेको थियो ।
स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले अस्पतालले सिटी मेशिन खरिदका लागि निकालेको टेण्डर पार्न सफल हस्पीटेक इन्टरप्राइजेज प्रालिको टेण्डर स्वीकृत गर्नुभएको थियो । टेण्डर स्वीकृत भएसँगै सम्वन्धित कम्पनीसँग अस्पतालमा मेशिन ल्याएर जडान गर्ने गरी सम्झौता भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रूद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
सफल हस्पीटेक इन्टरप्राइजेज प्रालिले केही महिना भित्र अस्पतालको पुरानो अप्रेशन कक्षमा सिटी स्क्यान मेशिन सेटअप गरी अस्पताललाई हस्तान्तरण गर्ने छ । क्रोनरी एनजिओग्राफी गर्न मिल्ने अत्याधुनिक सिटीक्यान मेशिन मेशिन ल्याउनका लागि अस्पतालले गत जेष्ठ १० गते ४५ दिनको अवधि राखि ग्वोवल टेण्डर आब्हान गरेको थियो। यस्तो मेशिन राजधानी बाहिरका सरकारी अस्पतालमा अन्यत्र कहि पनि उपलब्ध नभएको अस्पतालले दावी गरेको छ।
सिटी स्क्यान मेशिन खरिदका लागि नेपाल सरकारले ८० प्रतिशत रकम खर्च व्यहोर्ने छ भने, भरतपुर अस्पताल बिकास समितीले २० प्रतिशत खर्च व्यहोर्ने छ । करिव ६ करोड ५० लाखमा उपकरण खरिद गर्न लागिएको हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जेष्ठ ५ गते भरतपुर अस्पताललाई सिटीस्क्यान मेशिन खरिदका लागि बजेटको सूनिश्चितता गरेको पत्र प्रदान गरेको थियो ।
मेशिन उपलब्ध गराउने कम्पनी वा सँस्थाले अस्पतालले दिएको स्थानमा आवश्यक सबै भौतिक पूर्वाधार तयार गरी उपकरण जडान गरेर कोठाको चाबी उपलब्ध गराउने छ । भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर समेत शुरू भईसकेको अवस्थामा चोटपटक र दुर्घटनामा परेका घाइतेहरूको उपचारका लागि पनि सिटीस्क्यान मेशिन अत्यावश्यक भएको अस्पताल बिकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो ।
“भरतपुर अस्पताल र यस अस्पतालबाट सेवा लिने सबै जनताका लागी उपकरणका हिसावले यो एउटा कोशेढुड्डा हो,” अध्यक्ष सुवेदीले भन्नुभयो, “अब गरीव जनताले सस्तो र सुलभ मुल्यमा गुणस्तरीय सेवा लिने छन्, वाहिरका अस्पताल वा सेन्टरहरूमा महंगो मूल्य तिर्नुपर्ने छैन् ।” एनजिओग्राफी सहितको सिटीस्क्यान मेशिन उपलब्ध भएपछि अस्पतालले कार्डियोलोजी सेवा पनि विस्तार गर्ने तयारी थालेको छ। अस्पतालका मेसु डा. रूद्रप्रसाद मरासिनीले १२८-स्लाइसको सिटीक्यान मेशिन अहिलेसम्मकै पछिल्लो भर्सन भएकोले चितवनका अन्य अस्पतालका बिरामीहरूले पनि सुपथ मुल्यमा भरतपुर अस्पतालबाट सेवा लिन सक्ने बताउनुभयो ।
डा. मरासिनीले भन्नुभयो, “गरीव जनता, भरतपुर अस्पतालका लागि यो निकै खुसीको बिषय हो, अस्पतालले मारेको एक फड्को पनि।”
भरतपुर असपतालमा चिकित्सा विज्ञान प्रतिष्ठानको स्टार्फ नर्स कार्यक्रम
अस्पतालको जग्गामा सिटिइभिटीको क्षेत्रिय कार्यालय स्थापनाको बिरोध।
भरतपुर अस्पतालमा पहिलोपटक सफल पूर्ण जोर्नी प्रत्यारोपण सेवा शुरू ।
भरतपुर अस्पतालको गरीव तथा विपन्न नागरिक उपचार राहात कोषमा ५१ हजार प्रदान ।
बिषेशज्ञ उपचार दिदै भरतपुर अस्पतालको मदन भण्डारी ट्रमा सेन्टर
भरतपुर अस्पतालमा विना अप्रेशन इआरसिपी प्रविधीद्धारा पथ्थरीको उपचार शुरू ।
'भरतपुर अस्पताललाई केन्द्रिय रेफरल अस्पताल बनाउन सहयोग गर्दछु" ः प्रम
भरतपुर अस्पतालको एनआइसियूलाई अत्यावश्यक सामाग्रीहरु हस्तान्तरण ।
भरतपुर अस्पतालमा १२८ स्लाइसको अत्याधुनिक सिटीस्क्यान ल्याउने सम्झौता ।
चितवनमा ७० प्रतिशत मुसामा भेटियो स्क्रव टाइफस सार्ने ‘माइट’ ।
भरतपुर अस्पतालमा निःशुल्क सेवा लिने बिरामीको संख्या ६६.१ प्रतिशतले बृद्धि
भरतपुर अस्पतालमा उपचाररत बालिकालाई फूलमाया कार्की फाउण्डेशनद्धारा आर्थिक सहयोग
भरतपुर अस्पतालमा उपचाररत बालिकालाई फूलमाया कार्की फाउण्डेशनद्धारा आर्थिक सहयोग ।
भरतपुर अस्पतालमा २५० केभिएको जेनेरेटर जडान, हटलाइन जाँदा पनि समस्या नहुने
भरतपुर अस्पतालमा थालेसिमियाका ५२ विरामीले नियमित निःशूल्क उपचार लिदै ।
मानव सेवा आश्रमका असहाय र वेवारिसेहरुको भरतपुर अस्पतालले निशुल्क उपचार गर्ने ।
“जिम्मेवारी अनुसारको काम गरेर सहयोग गर्नुस् ” ः नवनियुक्त मेसु मरासिनी
भरतपुर अस्पतालको परिवार नियोजन क्लिनिकबाट ६६१ जनाले लिए सेवा ।
भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका बनाउन राजनैतिक दलहरु एकमत ।
भरतपुर अस्पतालको “ए” ब्लक निर्माण पुरा, माघबाट पुर्ण सञ्चालनमा आउने ।
अस्पतालको सेवा प्रवाहका बारेमा भष्ट्राचार बिरुद्धको अभियानको चासो ।
सेवा प्रवाहलाई चुस्त वनाउन दलहरुको भरतपुर अस्पताललाई सुझाव ।
अस्पतालका चिकित्सक डिउटी समयमा बाहिर भेटिए दुर्भाग्य ः प्रजिअ सिंह
भरतपुर अस्पताल कर्मचारी यूनियनको अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित ।
स्पाइनल इन्जुरीका बिरामीका लागी भरतपुर अस्पतालमा छुट्टै भवन आबश्यक ।
भरतपुर अस्पतालको जग्गा फिर्ता गर्न सिटिइभिटीसँग दलहरुको माग ।
भरतपुर अस्पताललाई केन्द्रिय रिफरल अस्पतलको मान्यता दिन माग ।
भरतपुर अस्पतालद्धारा बिभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन
अस्पतालका मेसुको चरित्र हत्या गरेको भन्दै नौ संघसंगठनद्धारा बिरोध
भरतपुर अस्पतालले वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रम गर्ने,
भरतपुर अस्पताललाई नमूना अस्पताल वनाउन सहयोग गर्छु ः बास्कोटा ।
भरतपुर अस्पताललाई नमुना वनाउने साझा सपना ः स्वास्थ्य सचिव श्रेष्ठ ।
भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा बिकास गर्न कार्यदल गठन ।
This should contain the title of the event that is going to happen or has happened
Pay Clininc Service has been statrted from today; Bharatpur Hospital
You can view and apply tenders through eProcurement system.