भरतपुर अस्पतालाई सहयोग गर्छु ः राजदुत डा. कार्की ।

 

 

चैत्र २९ गते । अमेरीकाका लागि नेपाली राजदुत डा. अर्जुन बहादुर कार्कीले चितवनको भरतपुर अस्पताललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

भरतपुर अस्पतालको भ्रमण गर्ने क्रममा आयोजित स्वागत कार्यक्रममा वोल्दै डा. कार्कीले अस्पतालको भौतिक पूर्वाधार विकासमा भन्दा पनि उपकरण र अन्य बिषेश तालिमहरु प्रदान गर्न अमेरीकी सरकारको सहयोग जुटाउन सक्दो प्रयास गर्ने वताउनुभयो ।  “अस्पतालका भौतिक संरचनाहरुको निर्माण पनि तिव्र गतिमा भैरहेको रहेछ, मलाई एकदमै खुसी लागेको छ” राजदुत कार्कीले भन्नुभयो “अव अत्याधुनिक उपकरणहरू भए भने, राजधानी जानुपर्ने अवस्थाको अन्त्य हुन्छ। ” 

अमेरीकी नियोगको सहयोगमा भरतपुर अस्पताल स्थापना भएका कारणले गर्दा पनि सहयोग जुटाउन सजिलो हुने बिश्वास डा. कार्कीले व्यक्त गर्नुभएको छ । सो अवसरमा वोल्दै राष्ट्रिय योजना आयोगकी सदस्य डा. बिमला पौडेल राईले राष्ट्रिय योजना आयोग मार्फत सिधै गर्न सकिने सहयोग अस्पतालका लागि प्रदान गरिने वताउनुभयो । उहाँले अस्पताल बिकास समितीलाई आफुहरूसँग “टच”मा वस्न पनि आग्रह गर्नुभयो । स्वागत कार्यक्रममा वोल्दै भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदीले अस्पतालको विकासका लागि अमेरीकी सरकारको सहयोग जुटाउन राजदुत कार्कीको महत्वपूर्ण भूमिका हुने अपेक्षा गर्नुभयो । उहाँले भरतपुर अस्पतालमा काम गर्ने र लगानी गर्ने उचित वातावरण रहेकोले पनि उपकरणहरू उपलब्ध गराउन र अमेरीकाको कुनै प्रसिद्ध अस्पतालसँग “टाईअप” गर्ने वातावरण मिलाउन अनुरोध गर्नुभयो । सो अवसरमा भरतपुर अस्पताल वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले अस्पतालका चिकित्सकहरुका लागि आवश्यक तालिम, सिटि स्क्यान मेशिन र एमआरआई जस्ता उपकरणहरु आवश्यक रहेको वताउनुभयो । यसअघि राजदुत डा. कार्की सहित राष्ट्रिय योजना आयोगका सदस्य बिमला पौडेल राईले भरतपुर अस्पतालको “वि” व्लक र निर्माण पुरा हुने चरणमा रहेको “ए” व्लकको निरीक्षण गर्नुभएको थियो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np