भरतपुर अस्पतालमा ५८ जना भूकम्प पिडितहरुको उपचार चल्दै

 

भूकम्प पिडित

 

१४, बैशाख, चितवन । भरतपुर अस्पतालमा बिभिन्न जिल्लाका ५८ जना भूकम्प पिडित विरामीहरुको उपचार भैरहेको छ । चितवन, धादिङ, नवलपरासी, तनहुँ, गोरखा, नुवाकोट, रसुवा सहितका जिल्लाका बिरामीहरुलाई उपचारका लागि सम्वन्धित जिल्लामा प्राथमिक उपचार गरि भरतपुर अस्पताल ल्याइएको हो ।

 हिजो २ बटा बस तथा एम्वुलेन्समा राखेर बिरामीहरू ल्याइएको थियो । १३ बेडको इमरजेन्सी विभागमा बिरामीहरू राख्ने स्थानको अभाव भएपछि अस्पताल परिसरमा नै टेन्ट टागेर बिरामीहरूको उपचार थालिएको थियो । अहिले भने अधिकांश बिरामीहरूलाई वार्डमा सारिएको छ । अधिकांश बिरामीहरुको हाट, खुट्टा, ढाँड र कम्मर भाँचिएको पाइएको अर्थोपेडिक सर्जन डा. रूद्र मरासिनीले जानकारी दिनुभयो । ५८ जना बिरामी मध्ये १९ जना महिला रहेका छन् । त्यसमा ९ जना बालबालिकाहरू छन् । सवै भन्दा वढि धादिङका १८ जना, चितवनका १४ जना, नुवाकोटका ११ जना, रसुवाका ४ जना, गोरखाका ४ जना, नवलपरासीका ३ जना, तनहँुका २ जना, ललितपुर र सिन्धुलीका १, १ जना बिरामीहरूको उपचार भरतपुर अस्पतालमा भैरहेको छ । आज बिहानैबाट अप्रेशन गर्नुपर्ने बिरामीहरूको अप्रेशन थालिएको अर्थोपेडिक सर्जन डा. रूद्र मरासिनीले जानकारी दिनुभयो । यसैबिच, भूकम्प पिडित घाइतेहरुको उपचार तथा औषधी उपचारलाई अझै वढि व्यवस्थित र पारदर्शी बनाउन भरतपुर अस्पतालका डा. प्रकाश खतिवडाको संयोजकत्वमा ५ सदस्यीय भूकम्प पिडित औषधी उपचार व्यवस्थापन समिति गठन गरिएको छ । भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदी, मेसु डा. विजय पौडेल सहित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी र  जनस्वास्थ्य कार्यालयका प्रमुख सहित बसेको बैठकले समिति गठन गरेको छ । समितिका सदस्यहरूमा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत कमल प्रसाद काफ्ले, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइराला,  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक मोहन बहादुर खाँड र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जीवन कुमार श्रेष्ठ सदस्य रहेका छन् । यसको समग्र व्यवस्थापन भरतपुर अस्पतालका सामाजिक सेवा इकाई प्रमुख नारायण प्रसाद सापकोटाले गर्नुहुने छ । यसैवीच, भूकम्प पिडितका आफन्त तथा कुरूवाहरुका लागि भरतपुर अस्पतालमा निशुल्क खानाको व्यवस्था गरिएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेजमा रहेका बिरामीहरूका आफन्तहरुका लागि पनि भरतपुर अस्पतालमा नै खाना खाने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट डा. सुरेश प्रधानको नेतृत्वमा एक समिति नै वनाएर खाना खुवाउने कार्य भएको हो ।  



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np