भरतपुर अस्पतालमा पहिलोपटक सफल पूर्ण जोर्नी प्रत्यारोपण सेवा शुरू ।

 

Bharatpur Hospital

 

१२, मंसिर,चितवन । चितवनको भरतपुर अस्पतालमा पहिलोपटक सफल पूर्ण जोर्नी प्रत्यारोपण सेवा शुरु गरिएको छ

अस्पतालले आज सफलतापूर्वक एक बिरामी बिष्णु कार्कीको पिठ्युँको जोर्नी प्रत्यारोपण गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

 करिव ३ घण्टा लगाएर अस्पतालको हालै निर्माण गरिएको आधुनिक अप्रेशन थ्रिएटरमा अत्याधुनिक उपकरणको प्रयोग गरी सफल पूर्ण जोर्नी प्रत्यारोपण गरिएको अस्पतालका हाड जोर्नी तथा नशा रोग विभागका विभागिय प्रमुख डा. श्रवणकुमार थापाले जानकारी दिनुभयो । डा. थापाकै नेतृत्वमा डा. माणिकलाल मानन्धर, डा. रुद्रप्रसाद मरासिनी, डा. सुरेश पाण्डे, डा. शंकर ढकाल, डा. मनोज कण्डेल, डा. सुरेन्द्र कुँवर, डा. प्रदिप अधिकारी सहितको टोलीले जोर्नी प्रत्यारोण गरेको हो । 

‘लामो समयदेखि लौरीको सहायतामा हिड्ने कार्कीको सफलतापूर्वक जोर्नी प्रत्यारोपण ग¥यौं’ विभागिय प्रमुख थापाले भन्नुभयो, ‘भगवानले दिएको जोर्नी निकालेर स्टेनलेस इस्टिल र सेरामिकको समिक्षणबाट बनेको जोर्नी राखेका छौं।’ 

अस्पतालले जोर्नी प्रत्यारोपण अन्यत्र भन्दा सस्तो जम्मा २ लाखमा प्रत्यारोपण गर्ने जनाएको छ । ‘जोर्नीकै मुल्य धेरै पर्ने भएकोले २ लाख राखिएको हो’ डा. थापाले भन्नुभयो, ‘अप्रेशन खर्च निकै कम छ।’  यहि प्रकारको जोर्नी बाहिरका अस्पतालमा प्रत्यारोपण गर्दा ४ देखि ५ लाख लाग्ने थापाले बताउनुभयो । भारत र अमेरीकामा बनेका जोर्नी प्रत्यारोपण गर्ने गरिन्छ तर आफुहरुले अमेरीकन नै चलाउने थापाले जानकारी दिए । यस्तो जोर्नीको आयु ३० बर्षको हुन्छ । जोर्नी प्रत्यारोपण गरेको करीव १ महिना भित्र बिरामी पूर्ण रुपमा पहिले कै अवस्थामा हिड्न सक्ने बिभागिय प्रमुख डा. थापाले दाबी गर्नुभयो ।    

बिरामीले जोर्नी दुख्दा दुखाई सम्वन्धि औषधीहरु सेवन गर्ने र त्यसले बिभिन्न महत्वपूर्ण अंगहरुलाई क्षति गर्ने भएकाले बेलैमा जोर्नी प्रत्यारोपण गरे सम्भावित अन्य समस्याबाट जोगिन सकिने चिकित्सकहरुको भनाई छ ।  

अस्पतालको ए ब्लक भवनको निर्माण पुरा भै उचित भौतिक संरचना र उपकरणको उपलब्धताका कारण यस्तो प्रकारको सेवा दिन सकिएको अस्पतालका मेसु डा. रुद्रप्रसाद मरासिनीले बताउनुभयो । 

‘भरतपुर अस्पतालकै इतिहासमा यो अर्को एक ऐतिहासिक फड्को हो’ मेसु डा. मरासिनीले भन्नुभयो, ‘सरकारी अस्पतातलको सेवा भनेर नाक खुम्चाउनेहरुका लागि अति बिशिष्ट बिषेशज्ञ दिन भरतपुर अस्पताल सफल भएको छ।’ यसबाहेक अस्पतालमा आर्थोस्कोपी विधीबाट जोर्नीको उपचार प्रविधि यसअघिबाटै सञ्चालनमा छ ।  साथै स्पाइनल सर्जरी, इआरसिपी  ल्याप्रोस्कोपीक (दुरविनबाट पेटको अप्रेशन गर्ने) प्रविधि जस्ता अति बिशिष्ट सेवाहरु अस्पतालले बिगतदेखि नै शुरु गर्दै आएको छ । 

गत सरकारले भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर स्थापना गरेपछि अस्पतालको सेवा प्रवाह प्रभाकारी बन्दै गएको छ । अस्पतालमा ५० बेड क्षमताको मदन भण्डारी ट्रमा सेन्टर र १२ बेड क्षमताको स्पाइनल इन्जुरी सेन्टर रहेको छ । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    9855019160
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    9855019166
    cmbashyal@gmail.com