थालेसेमियाका बिरामीका लागी ९० हजार हस्तान्तरण ।

 

Bharatpur Hospital

 

१९, कार्तिक, चितवन । क्याट बेल्जियमले थालेसेमियाका विरामीका लागि संकलन गरेको ९० हजार रुपैया आज एक कार्यक्रमका बीच भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

क्याट बेल्जियमका सदस्य चीजकुमार श्रेष्ठले सांसद अन्जनी श्रेष्ठमार्फत भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रुद्र मरासीनीलाई नगद ९० हजार रुपैया हस्तान्तरण गर्नुभएको हो । क्याट बेल्जियमले थालेसेमियाका  विरामीको उपचारका लागि वार्षिक अस्पताललाई बार्षिक १ लाख ८० हजार रुपैया सहयोग गर्ने गर्दछ । यसअघि भरतपुर अस्पतालमा भएको एक कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापा मार्फत भरतपुर अस्पताललाई ९० हजार रकम हस्तान्तरण गरिसकिएको छ ।

 बिरामीका लागि प्राप्त रकम बुझ्दै अस्पतालका मेसु डाक्टर रुद्र मरासिनीले थालेसेमिया विरामी जस्तै अन्य विरामी पनि  भएकाले अस्पतालले गरिव तथा विपन्न नागरिक उपचार राहात कोष स्थापनाा गरेको बताउनुभयो । 

 मरासिनीले भन्नुभयो, ‘कार्यविधि बनिसकेको छ त्यसमार्फत गरिव र विपन्नको उपचार हुन्छ ।’  मेसु डाक्टर मरासिनीले अस्पतालको आफ्नो स्रोत मात्रै प्रयाप्त नभएकाले अन्य सरकारी निकायबाट समेत थालेसिमियाका बिरामीहरूको उपचारका लागि सहयोग भए सेवा प्रवाहमा अझै सजिलो हुने बताउनुभयो । 

भरतपुर अस्पतालका बालरोग तथा थालेसिमिया रोग लागेका बालबालिकाहरुलाई विगत ५ वर्षदेखी उपचार गर्दै आएका डा. नारायणबहादुर थापाले राज्यको ध्यान यि बालबालिकाहरुको उपचारको लागि केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।  निरन्तर सहयोग गर्दै आएको क्याट बेल्जियमका सदस्य चीजकुमार श्रेष्ठले थालेसेमियाका विरामीलाई दीर्घजीवन कसरी दिने भन्नेबारे सोच्नुपर्ने बेला आएको बताउनुभयो । 

कार्यक्रमकी प्रमुख अतिथि सांसद अन्जनी श्रेष्ठले थालेसेमियाको उपचार पद्धती र विधिमा सुधार ल्याउनुपर्ने बताउनुभयो । चितवन सहायता समाजका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा क्याट जर्मनका प्रतिनिधि अर्जुन आले, नेपाल रेडक्रस सोसाइटी चितवनका अध्यक्ष ज्ञानशाली न्यौपाने, संस्थाका सदस्य पार्वती पौडेल, मिलनबाबु श्रेष्ठ, तारा पौडेल लगायतको उपस्थिती रहेको थियो ।

चितवन सहायता कोष बेल्जियमको आर्थिक सहयोगमा चितवन सहायता समाजले बिगत ७ बर्षदेखि यो रोगका बिरामीहरुलाई निशुल्क रगतका लागि रकम उपलब्ध गराउदै आइरहको छ । थालेसिमियाका विरामीहरुले भरतपुर अस्पतालबाट सो सेवा लिइरहेका छन् ।

थालेसिमियाका विरामीहरू १५/१५ दिनमा उपचारका लागि आउने गर्दछन् । अस्पतालले प्रति पोका ८ सय ५० रुपैयाँ पर्ने रगत महिनामा २ पोकाका दरले उपलब्ध गराउँदै आएको अस्पतालका सामाजिक सेवाका प्रमुख नारायण सापकोटाले जानकारी दिनुभयो । 


भरतपुर अस्पतालमा १ बर्षको बच्चादेखि ४५ वर्ष उमेरसम्मका थालेसिमियाका विरामीहरूले उपचार लिँदै आएका छन् । जसमा महिला १७ र पुरुष ३६ जना छन् । जसमा बालबालिकाहरू ४३ जना छन् । चितवनका ३६, नवलपरासीका १२, बाराका २, गोरखा, सर्लाही, बर्दियाका १र१ जनाले उपचार सुविधा लिएका छन् । अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ  । २०६५ सालदेखी भरतपुर अस्पतालमा यस रोगको उपचार हुंदै आइरहेको हो । नेपालमा ५०० जनामा थालेसेमिया भएको अनुमान छ । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np