भरतपुर अस्पतालबाट सेवा निवृत ३ वरिष्ठ चिकित्सकहरुको बिदाई ।

 

Bharatpur Hospital

 

१८, भाद्र चितवन । भरतपुर अस्पतालबाट उमेर हदका कारण सेवा निवृत्त भएका ३ जना बरिष्ठ चिकित्सकहरुको आज एक कार्यक्रमका वीच बिदाई गरिएको छ । उमेर हदका कारण अनिवार्य अवकाश पाएका ३ विभागिय प्रमुखहरु डा. सुर्दशन शर्मा, डा. प्रकाशजंग रायमाझी र डा. छविलाल थापाको बिदाई गरिएको हो ।

भरतपुर अस्पताल परिसरमा एक कार्यक्रम गरि तीनै जना चिकित्सकहरूलाई अस्पतालका अध्यक्ष विजय सुवेदी, मेसु केशव भुर्तेल, प्रशासन प्रमुख कृष्ण पौडे्लले विदाई गरेका हुन् । डा. सुर्दशन नाक, कान घाटी रोग विभागका विभागिय प्रमुख हुन् उनले भरतपुर अस्पतालमा भिन्न समयमा २ पटक गरि  २० बर्ष सेवा प्रदान गरेका थिए । यस्तै, सर्जरी विभागका विभागिय प्रमुख प्रमुख कल्सल्ट्याण्ट सर्जन डा. प्रकाशजंग रायमाझीले भिन्न भिन्न समयमा २ पटक गरि १८ बर्ष भरतपुर अस्पतालबाट सेवा प्रदान गरेका थिए । यस्तै, सर्पदंश उपचार केन्द्र तथा अनुसन्धान विभागका विभागिय प्रमुख डा. छविलाल थापाले ४ बर्ष भरतपुर अस्पतालमा विताएका थिए । उनले टक्सोनोलोजी बिषयमा एमडी गरेका थिए । बिदाई समारोहमा बोल्दै अस्पताल बिकास समितीका अध्यक्ष विजय सुवेदीले जीवनका अति नै महत्वपूर्ण र उर्जाशिल युवा समय चितवन र भरतपुर अस्पतालमा रहेर यस भेगका जनताको सेवामा निरन्तर लागि रहनु भएका चिकित्सकहरुकोा ज्ञान, दक्षता र क्षमताको उपयोग निवृत्त पछिको समयमा पनि अस्पतालले लिने वातावरण वनाउनुपर्ने वताए । यस्तै मेसु डा. केशव भुर्तेलले भरतपुर अस्पताललाई आवश्यक परेको बेला बरिष्ठ डाक्टरहरुको अनुभवको उपयोग गरिने वताए । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np