eProcurement System
You can view and apply tenders through eProcurement system.
चितवनको एक मात्र सरकारी अस्पताल भरतपुर अस्पतालमा चिकित्सा विज्ञानको एमडी र एमएस बिषयमा पढाइ हुने भएको छ । भरतपुर अस्पताल र चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) वीच चिकित्सा शास्त्रको डिग्री अफ मेडिसिन (एमडी) र मेडिकल सर्जरी (एमएस) बिभागको पढाई सञ्चालन गर्ने गरि सम्झौता भएको हो
२६, पौष, चितवन ।
चितवनको एक मात्र सरकारी अस्पताल भरतपुर अस्पतालमा चिकित्सा विज्ञानको एमडी र एमएस बिषयमा पढाइ हुने भएको छ ।
भरतपुर अस्पताल र चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) वीच चिकित्सा शास्त्रको डिग्री अफ मेडिसिन (एमडी) र मेडिकल सर्जरी (एमएस) बिभागको पढाई सञ्चालन गर्ने गरि सम्झौता भएको हो । सम्झौतामा नेम्सका तर्फवाट डिन डा.यहुनचन्द्र शिवाकोटी तथा भरतपुर अस्पतालको तर्फवाट अस्पताल सञ्चालक समितीका अध्यक्ष विजय सुवेदी र मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भुर्तेलले हस्ताक्षर गर्नु भएको छ । सो अवसरमा नेम्सका उपकुलपपति प्रा डा. गणेशमान गुरुड्ड, रेक्टर रंगबहादुर वस्नेत सहित भरतपुर अस्पतालका वरिष्ठ चिकित्सकहरुको सहभागीता रहेको थियो । चिकित्सा बिज्ञान राष्टिय प्रतिष्ठानको बिस्तारीत शैक्षिक कार्यक्रम यसै बर्षको जुलाई सेसनबाट शुरु गर्ने गरि शनिवार भरतपुर अस्पताल र नेम्सका वीचमा सम्झौता भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशवराज भुर्तेलले जानकारी दिनुभयो । ४ बर्षका लागि गरिएको सम्झौता अनुसार बिभिन्न विभागमा गरि झण्डै २४ जना विधार्थीहरुले भरतपुर अस्पतालमा एमडी र एमएसको शैक्षिक कार्यक्रममा अध्ययन गर्न पाउने छन् । चिकित्साशास्त्रका विधार्थीहरुलाई भरतपुर अस्पतालका वरिष्ठ चिकित्सकहरुले प्रयोगात्मक सहित शैक्षिक पठनपाठन गराउने छन् । भरतपुर अस्पतालमा आवासिय रुपमा अध्ययन गर्ने चिकित्सकहरुले ३ बर्षे कोर्षका लागि २५ लाख रुपैया तिरेर एमडी र एमएस अध्ययन गर्न पाउने छन् । “यो अयन्त्रको भन्दा निकै सस्तो रकम हो, वाहिरका मेडिकल अस्पतालहरुले ६०÷७० लाखसम्म लिएर पढाउने गरेका छन्,” भरतपुर अस्पतालका डा. भुर्तेलले भन्नुभयो, “यसले भरतपुर अस्पतालको सेवा थप गुणस्तरीय र नियमित वन्ने छ ।” नेम्सले भरतपुर अस्पतालका लागि भनेर फर्म खुलाउने, परिक्षा लिने र भर्ना गराउने काम गर्ने छ । नेम्सले भरतपुर अस्पतालमा पालैपालो विधार्थीहरु अध्ययनका लागि पठाउने छ । लोकसेवा आयोगको परिक्षा पास गरेर २ बर्ष ग्रामिण भेगमा सेवा गरेका चिकित्सकहरुले सरकारी कोटामा एमडी र एमएस पढन प्राथमिकता पाउने छन् भने, अन्य चिकित्सकहरुले समेत पेईड्डमा पढन पाउने छन् । “लोकसेवा पास गरेर एमडी र एमएस पढन आउने चिकित्सकहरुलाई भरतपुर अस्पतालले मासिक भुत्तानी गर्नुपदैन्” अस्पतालका मेसु डा. भुर्तेलले भन्नुभयो — “नीजि लगानीमा पढ्ने चिकित्सकहरुलाई भरतपुर अस्पतालले मेडिकल अफिसर सरह २१ हजार मासिक तलव दिनुपर्ने हुन्छ । एमडी र एमएस पढाउने भरतपुर अस्पतालका चिकित्सकहरुलाई नेम्सले मासिक १८ हजार भुक्तानी गर्ने छ।” वरिष्ठ चिकित्सक र विधार्थीहरुका विचमा प्रयाप्त छलफल पछि मात्र उपचार गरिने हुदा गलत उपचारको सम्भावना नहुने दावी छ अस्पतालका मेसु डा. भुर्तेलको । भरतपुर अस्पतालले निकट भबिश्यमा नै भरतपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न लागेकोले यसले प्रयाप्त अभ्यास, ज्ञान र अनुभव समेत दिने विश्वास अस्पतालले लिएको मेसु डा भुर्तेलले वताउनुभयो । मेसु डा. भुर्तेलले भन्नुभयो, “भरतपुर अस्पतालमा एमडी र एमएसको पढाई शुरु हुने भएपछि अस्पताल बिकास समितीवाट राखिएका मेडिकल अफिसरहरु थप गर्नुपर्ने अवस्था आउने छैन् । ”
यसअघि भरतपुर अस्पतालको तालिम हलमा आयोजित कार्यक्रममा भरतपुर अस्पतालका अर्थोपेडिक सर्जन डा. रुद्र मरासैनीले भरतपुर अस्पतालको समग्र अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो भने, नेम्सका तर्फवाट उपकुलपति गणेशमान गुरुड्डले नेम्सका विविध पक्षका वारेमा जानकारी गराउनु भएको थियो । भरतपुर अस्पताल सञ्चालक समितीका अध्यक्ष विजय सुवेदीका अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. विजयप्रसाद पौड्ेल, भरतपुर अस्पतालका मेसु डा. केशवराज भुर्तेल, नेम्सका डिन डा. यहुनचन्द्र शिवाकोटी, रेक्टर रंगबहादुर वस्नेत लगायतले वोलेका थिए । समापन समारोहमा वोल्दै अस्पतालका अध्यक्ष विजय सुवेदीले भरतपुर अस्पतालका लागि नेम्ससँगको सम्झौता ऐतिहासीक अवसरका दिन भएको भन्दै आफु निकै उत्साहित भएको वताउनुभयो । उहाँले भरतपुर अस्पताललाई नमुना अस्पतालको सवै मापदण्ड पुरा गरेर देशकै गुणस्तरीय, सहज र बिरामी मैत्रि अस्पतालका रुपमा स्थापित गराउने दावी गर्नुभयो । उहाँले अस्पतालको समग्र बिकासका लागि ५ वटा परियोजनाहरु मार्फत कार्यरम्भ गर्ने वताउनुभयो । अन्र्तक्रिया अघि चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति सहितका पदाधिकारीहरुले भरतपुर अस्पतालका बिभिन्न सेवा तथा संरचनाहरुको अवलोकन गर्दै जानकारी लिनु भएको थियो ।
भरतपुर असपतालमा चिकित्सा विज्ञान प्रतिष्ठानको स्टार्फ नर्स कार्यक्रम
अस्पतालको जग्गामा सिटिइभिटीको क्षेत्रिय कार्यालय स्थापनाको बिरोध।
भरतपुर अस्पतालमा पहिलोपटक सफल पूर्ण जोर्नी प्रत्यारोपण सेवा शुरू ।
भरतपुर अस्पतालको गरीव तथा विपन्न नागरिक उपचार राहात कोषमा ५१ हजार प्रदान ।
बिषेशज्ञ उपचार दिदै भरतपुर अस्पतालको मदन भण्डारी ट्रमा सेन्टर
भरतपुर अस्पतालमा विना अप्रेशन इआरसिपी प्रविधीद्धारा पथ्थरीको उपचार शुरू ।
'भरतपुर अस्पताललाई केन्द्रिय रेफरल अस्पताल बनाउन सहयोग गर्दछु" ः प्रम
भरतपुर अस्पतालको एनआइसियूलाई अत्यावश्यक सामाग्रीहरु हस्तान्तरण ।
भरतपुर अस्पतालमा १२८ स्लाइसको अत्याधुनिक सिटीस्क्यान ल्याउने सम्झौता ।
चितवनमा ७० प्रतिशत मुसामा भेटियो स्क्रव टाइफस सार्ने ‘माइट’ ।
भरतपुर अस्पतालमा निःशुल्क सेवा लिने बिरामीको संख्या ६६.१ प्रतिशतले बृद्धि
भरतपुर अस्पतालमा उपचाररत बालिकालाई फूलमाया कार्की फाउण्डेशनद्धारा आर्थिक सहयोग
भरतपुर अस्पतालमा उपचाररत बालिकालाई फूलमाया कार्की फाउण्डेशनद्धारा आर्थिक सहयोग ।
भरतपुर अस्पतालमा २५० केभिएको जेनेरेटर जडान, हटलाइन जाँदा पनि समस्या नहुने
भरतपुर अस्पतालमा थालेसिमियाका ५२ विरामीले नियमित निःशूल्क उपचार लिदै ।
मानव सेवा आश्रमका असहाय र वेवारिसेहरुको भरतपुर अस्पतालले निशुल्क उपचार गर्ने ।
“जिम्मेवारी अनुसारको काम गरेर सहयोग गर्नुस् ” ः नवनियुक्त मेसु मरासिनी
भरतपुर अस्पतालको परिवार नियोजन क्लिनिकबाट ६६१ जनाले लिए सेवा ।
भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका बनाउन राजनैतिक दलहरु एकमत ।
भरतपुर अस्पतालको “ए” ब्लक निर्माण पुरा, माघबाट पुर्ण सञ्चालनमा आउने ।
अस्पतालको सेवा प्रवाहका बारेमा भष्ट्राचार बिरुद्धको अभियानको चासो ।
सेवा प्रवाहलाई चुस्त वनाउन दलहरुको भरतपुर अस्पताललाई सुझाव ।
अस्पतालका चिकित्सक डिउटी समयमा बाहिर भेटिए दुर्भाग्य ः प्रजिअ सिंह
भरतपुर अस्पताल कर्मचारी यूनियनको अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित ।
स्पाइनल इन्जुरीका बिरामीका लागी भरतपुर अस्पतालमा छुट्टै भवन आबश्यक ।
भरतपुर अस्पतालको जग्गा फिर्ता गर्न सिटिइभिटीसँग दलहरुको माग ।
भरतपुर अस्पताललाई केन्द्रिय रिफरल अस्पतलको मान्यता दिन माग ।
भरतपुर अस्पतालद्धारा बिभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन
अस्पतालका मेसुको चरित्र हत्या गरेको भन्दै नौ संघसंगठनद्धारा बिरोध
भरतपुर अस्पतालले वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रम गर्ने,
भरतपुर अस्पताललाई नमूना अस्पताल वनाउन सहयोग गर्छु ः बास्कोटा ।
भरतपुर अस्पताललाई नमुना वनाउने साझा सपना ः स्वास्थ्य सचिव श्रेष्ठ ।
भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा बिकास गर्न कार्यदल गठन ।
This should contain the title of the event that is going to happen or has happened
Pay Clininc Service has been statrted from today; Bharatpur Hospital
You can view and apply tenders through eProcurement system.