भरतपुर अस्पतालको आकस्मिक कक्ष आधुनिक बनाइदै ।

 

Bharatpur Hospital

 

भरतपुर अस्पतालको आकस्मिक कक्षलाई अत्यावश्यक उपकरण सहित अत्याधुनिक बनाउने कार्य भैरहेको छ । करिव ७ लाखको लागतमा भौतिक संरचनाहरुको फेरवदल देखि उपकरणहरु जडानको कार्य थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भुर्तेलले जानकारी दिनुभयो ।

भरतपुर अस्पतालको आकस्मिक कक्ष आधुनिक बनाइदै । 

४, माघ, चितवन । 

भरतपुर अस्पतालको आकस्मिक कक्षलाई अत्यावश्यक उपकरण सहित अत्याधुनिक बनाउने कार्य भैरहेको छ । करिव ७ लाखको लागतमा भौतिक संरचनाहरुको फेरवदल देखि उपकरणहरु जडानको कार्य थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भुर्तेलले जानकारी दिनुभयो । १२ वेड क्षमताको आकस्मिक कक्षमा पुर्ननिर्माण थालिएपछि अहिले परिवार नियोजन कक्षको भवनमा आकस्मिक कक्ष अस्थायी रुपमा सञ्चालनमा ल्याइएको हो । केही साता भित्रै नया आकस्मिक कक्ष सञ्चालनमा आउने मेसु डा. भुर्तेलले जानकारी दिनुभयो । सेन्ट्रल अक्सिजन सप्लाई, भेन्टिलेटर सहित इमरजेन्सी कक्षका लागि आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन उचित ढंगले गरिने डा. भुर्तेलले बताउनुभयो । अस्पतालको पहिलो प्रभाव र छाप नै इमरजेन्सी कक्ष हो मेसु डा. भुर्तेलले भन्नुभयो, “इमरजेन्सी कक्ष प्रविधियुक्त भएन र  भरपर्दो सेवा जनताले पाएनन् भने, भरतपुर अस्पताल प्रति जनताको नराम्रो छाप र सन्देश पर्न जान्छ, त्यसैले इमरजन्सी कक्षको सुधार थालिएको हो ।” भरतपुर अस्पतालको इमरजेन्सी कक्षमा एकैदिन २ सयसम्म बिरामी आउने गरेका छन् । मंसिर महिनामा मात्र १६ सय ५० जना बिरामी भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आएका थिए । मध्य नेपालको केन्द्रमा रहेको भरतपुर अस्पतालमा चितवन सहित आसपासका ९ जिल्लाका बिरामीहरु उपचारका लागि आउने गर्दछन् भने,  पुर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्डमा हुने सवारी दुर्घटनाका घाइतेहरु भरतपुर अस्पताल ल्याउने गरिन्छ ।  


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np