अस्पतालका मेसुको चरित्र हत्या गरेको भन्दै नौ संघसंगठनद्धारा बिरोध

 

 

०९, चैत्र, चितवन । भरतपुर अस्पतालका मेसु डा. बिजय प्रसाद पौडे्लको चरित्र हत्या गर्ने गरि गरिएको दुस्प्रचारको बिभिन्न संघसंगठनहरुले बिरोध जनाएका छन् ।

जनताको आस्था र भरोसाको अस्पताल वन्दै गएको भरतपुर अस्पताल र त्यसका प्रमुख डा. पौड्ेलले महिला माथि दुब्यवहार गरेको बिभिन्न टे«ड यूनियनका नामबाट प्रेस बिज्ञप्ती जारी गरि चरीत्र हत्या गर्ने कार्य गरेको भन्दै ९ वटा संघ संगठनले बिरोध जनाएका छन् । अस्पताल भित्र हुदै नभएका घटनालाई प्रायोजित र नियोजित रुपमा प्रचार गरिएको प्रति यि संगठनहरुले बिरोध जनाएका छन् । नेपाल चिकित्सक संघका डा. भोजराज अधिकारी, चिकित्सक संघ भरतपुर अस्पताल इकाई समितीका शंकर ढकाल, नेपाल स्वास्थ्य प्राविधिक संघ जिल्ला समिती चितवनका अध्यक्ष बिष्णु प्रसाद सापकोटा, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल इकाई कमिटि भरतपुर अस्पतालका अध्यक्ष कमल भट्टराई, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कमिटि सचिव केशवराज सापकोटा, मेडिकल ल्यावरोटोरी एशोसियन अफ नेपालका केन्द्रिय सदस्य सुरज अधिकारी, नेपाल निजामति कर्मचारी संगठन भरतपुर अस्पताल इकाई कमिटिका अध्यक्ष पुरुषोत्तम ढेवाजु, नेपाल नर्सिङ संघ जिल्ला कमिटि चितवनका शान्ति बुढाथोकी र नेपाल स्वास्थ्यकर्मी यूनियनका नवराज पौड्ेलले आज एक संयुक्त बिज्ञप्ती जारी गरि भ्रामक र कपोलकल्पित समाचारको खण्डन गरेका छन् ।  नौ बटा संगठनद्धारा जारी बिज्ञप्तीमा भनिएको छ “अस्पतालमा हुदै नभएको घटनालाई कलोल्पित रुपमा विभिन्न मिडीया मार्फत प्रकाशन तथा प्रसारण गरिएको र किर्ते प्रेश विज्ञप्ती जारी गरिएको प्रति हामी गम्भिर आपत्ति प्रकट गर्दछौ” हुदै नभएका कुरालाई कलोल्पित रुपमा सिर्जना गरि अस्पताल र कसैको पनि चरित्र हत्या गर्ने कार्य नगर्न र नगराउन र सवैलाई सत्यतथ्यको पछि लाग्न आग्रह गरेका छन्  । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np