कृषि बिकास बैंकको विस्तारीत काउन्टर भरतपुर अस्पतालमा ।

 

Bharatpur Hospital

 

२०, पौष, चितवन । कृषि बिकास बैंक भरतपुर चितवनले भरतपुर अस्पतालको मुल गेटमा विस्तारीत काउन्टर सञ्चालनमा ल्याएको छ ।

काउन्टरको आज बैंकका प्रमुख कार्यकारी निर्देशक लिला प्रसाद सिटौलाले आज एक कार्यक्रमका वीच उद्घाटन गर्नुभयो । काउन्टरबाट मंगलवार बिहान देखि सेवा शुरु हुने छ । भरतपुर अस्पतालको अनुरोधमा मुलगेटमा काउन्टर खोलिएको हो । काउन्टरबाट अस्पतालका कर्मचारीहरुले सेवा लिन सक्नेछन् भने, अस्पतालले दैनिक रुपमा सेवाबाट संकलन गर्ने रकम पनि काउन्टरमा नै जम्मा गरिने छ । भरतपुर अस्पतालमा करिव ५ सय जना बिभिन्न श्रेणीका कर्मचारीहरु रहेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै बैकका भरतपुर शाखा प्रमुख हिम प्रसाद भट्टराईले अस्पतालमा सेवाबाट दैनिक रुपमा जम्मा हुने रकम बैकमा लैजादा जोखिम बढेको, ब्यस्त कर्मचारीहरुलाई पनि समस्या हुदै आएको तथा कतिपय बिरामीका आफन्तहरुलाई समेत सेवा सजिलो हुने उदेश्यले अस्पतालमा सेवा काउन्टर खोलिएको वताउनुभयो । उहाले बिरामीका आफन्तले पनि देशको जुनसुकै भागमा वसेर पनि कृषि बिकास बैकको आफ्नो खातामा जम्मा गरेको रकम अस्पतालको सेवा काउन्टरबाट निकाल्न सक्ने र पैसा बोकेर हिड्नु नपर्ने वताउनुभयो । उहाले अव छिट्टै बैंकले एटिएम सेवा पनि शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका मेसु डा। केशवराज भुर्तेलले बिस्तारीत काउन्टरलाई शाखाकै रुपमा बिकास गरेर सेवा दिन अनुरोग गर्नुभयो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कृषि बिकास बैकका कार्यकारी निर्देशक लिला प्रसाद सिटौलाले कृषि बिकास बैंकले आधुनिक र बिश्वासिलो सेवा प्रदान गर्ने भन्दैं, कुनै पनि कर्मचारी तथा अस्पतालको रकम जोखिममा नपर्ने वताउनुभयो । कार्यक्रम बैंकका नारायणी अञ्चल क्षेत्रिय निर्देशक तपेश्वर चौधरीको अध्यक्षतामा भएको थियो । अस्पताल बिकास समितीले तोकिदिएको निश्चित भाडा तिर्ने गरि सेवा काउन्टर खोलिएको अस्पतालका प्रशासन प्रमुख कृष्ण पौडे्लले जानकारी दिनुभयो ।


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np