भरतपुर अस्पतालले मनायो ५२ औं बार्षिकोत्सव ।

 

 

२५, चैत्र, चितवन । भरतपुर अस्पतालले ५२ औं वाषिकोत्सव समारोह भब्य रुपमा मनाएको छ ।

अस्पताल परिसरमा एक बिषेश समारोहको आयोजना गरि अस्पतालले आफ्नो स्थापनाको ५२ बार्षिकोत्सव समारोह मनाएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ अतिथि तथा नेपाल चिकित्सा बिज्ञान राष्टिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुड्ड बिशिष्ट अतिथि रहनुभएको समारोहमा बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवा, सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, उधोग बाणिज्य संघका प्रतिनिधीहरु, अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । बाषिकोत्सव समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले भरतपुर अस्पतालको भौतिक बिकास र उपकरणहरु थप गर्न सरकारले चासो लिएको वताउनुभयो । भरतपुर अस्पतालाई नमूना अस्पताल वनाउने उदेश्य सरकारको रहेको सो अवसरमा श्रेष्ठले वताउदै, मन्त्रालयले रकम दिन चाहेपनि झन्झटिलो प्रकृयाका कारणले ढिलो भैरहेको जानकारी दिनुभयो । सचिव श्रेष्ठले भरतपुर अस्पतालको सि ब्लक वनाउन मन्त्रालयले रकम निकासा गर्ने तयारी गरेको वताउनभयो । “केही महिना अघि भरतपुर अस्पताल आउदा र अहिले आउदा मैले केही परिवर्तन भरतपुर अस्पतालमा पाएको छु अझै यो क्रम बढ्नु पर्दछ” सचिव श्रेष्ठले भन्नुभयो, – भरतपुर अस्पतालको आर्थिक पारदर्शीता कायम राख्दै यर्थाथ अवस्था जनताका वीचमा लैजानुपर्दछ । सो अवसरमा बोल्दै चिकित्सा बिज्ञान राष्टिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुड्डले भरतपुर अस्पतालसँग सहकार्य गरि प्रतिष्ठानले एमडीएमएम कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिर्दै अस्पतालको बिकासमा सहकार्य गर्ने वताउनुभयो । कार्यक्रममा नेपाली काग्रेस चितवनका सभापति टेक प्रसाद गुरुग, एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, एकीकृत नेकपा माओवादीका द्रोण सिवाकोटी, नेकपा–माओवादीका दुर्गा सुवेदी, राप्रपा नेपालका बिष्णु खराल, नेकपा माओदी ज्ञानु वस्नेत, राप्रपाका जिल्ला अध्यक्ष रामहरि कण्डेल, एमाओवादीका उधोग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष डा. तिलचन्द्र भटटराई, गुरुयोजना निर्माणमा महत्वपूर्ण योगदान गर्नुहुने डा. विजयराज आर्चाय, पूर्व अध्यक्ष दण्डपाणी पौड्ेल, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. विजय पौडेल लगायतले सो अवसरमा वोल्नुभएको थियो । सो अवसरमा निवर्तमान अध्यक्ष दण्डपाणी पौडेल, डा विजयराज आर्चाय, अजुर्न बहादुर केसी, इन्जिनियर सुरेश खनाल र गौरी अधिकारीलाई सम्मान गरिएको थियो ।  बार्षिकोत्सवका अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने, बार्षिकोत्सवका अवसरमा आयोजना गरिएका बिभिन्न खेलकुद कार्यक्रमहरुमा विजयी खेलाडीहरुलाई चितवनका प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर बिके, स्थानिय बिकास अधिकारी भरतमणि पाण्डे, भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदीले पुरस्कार वितरण गर्नुभएको थियो ।  यसैविच, ५२ औ बार्षिकोत्सवका अवसर पारेर हरियाली भरतपुर अस्पताल अभियान शुरु गरिएको छ । ५२ औं वटा बिरुवाहरु रोपेर अभियानको थालनी गरिएको हो । यसै गरि भरतपुर अस्पतालमा शुद्ध पिउने पानीको ट्याडकी राखेर उद्घाटन गरिएको छ 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np