भरतपुर अस्पतालमा सरसफाई ।

 

sarsafai

 

२९,असोज, चितवन । नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले आज भरतपुर अस्पताल परिसरमा सरसफाई गरेको छ ।

६० औ प्रहरी स्थापना दिवसका अवसरमा मध्य क्षेत्र प्रहरी तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय चितवन, शशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय आँपटारी र नेपाली सेनाको दी फेमस महेन्द्र दल भरतपुर ब्यारेकका सैनिकहरुले बिहान भरतपुर अस्पतालमा सरसफाई गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजन अधिकारीको नेतृत्वमा २२ जना, मध्य क्षेत्र प्रहरी तालिम केन्द्रबाट प्रहरी निरिक्षक सन्तोष पन्तको नेतृत्वमा ५१ जना, शशस्त्र प्रहरीका असई धन बहादुर भुजेलको नेतृत्वमा १५ जना शशस्त्र प्रहरी र दी फेमस महेन्द्र गण भरतपुरबाट सहायक सेनानी भिम बहादुर क्षेत्रीको नेतृत्वमा २६ जना नेपाली सेनाले भरतपुर अस्पतालमा आएर सरसफाई गरेका थिए । सरसफाई कार्यक्रममा भरतपुर अस्पतालका कर्मचारीहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रममा भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष विजय सुवेदी, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. केशव भुर्तेल, अस्पताल बिकास समिती कर्मचारी यूनियनका अध्यक्ष डा. उन्नत श्रेष्ठ,  निर्वतमान अध्यक्ष इश्वरी खनाल, स्टोर शाखा प्रमुख लिलाधर पौडे्ल लगायतको सहभागीता रहेको थियो ।  सरसफाई कार्यक्रममा सहभागी सैनिक तथा प्रहरीहरुलाई अस्पताल बिकास समिती कर्मचारी युनियनले चिया नास्ता ब्यवस्था गरेको युनियनका सचिव बिष्णु वास्तोलाले जानकारी दिनुभयो । सरसफाईमा सहभागी सैनिक तथा प्रहरीहरुलाई भरतपुर अस्पतालका अध्यक्ष विजय सुवेदीले सहयोगका लागि धन्यवाद दिनुभएको थियो । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np