गरीव तथा विपन्न उपचार राहात कोषका लागि ८ लाख प्रदान।

 

Bharatpur Hospital

 

३०, असोज, चितवन । चितवन समाज जापानले भरतपुर अस्पतालले स्थापना गरेको ‘गरीव विपन्न उपचार राहात कोष’ का लागि ८ लाख रकम आज एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।

समाजका अध्यक्ष सरोज कण्डेलले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्रप्रसाद मरासिनीलाई ८ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । चितवनबाट जापान पुगेका नेपालीहरु मिलेर खोलिएको यो सँस्थाले चितवन धमाका नामक सांगितिक कार्यक्रमको आयोजना गरी संकलन गरेको ८ लाख रकम अस्पतालमा आएर सेवा लिने अति गरीव, विपन्न र सिमान्तकृत बिरामीहरुको उपचारका लागि खर्च गर्ने गरी हस्तान्तरण गरीएको समाजका अध्यक्ष कण्डेलले जानकारी दिनुभयो । 

सो कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. मरासिनीले अस्पतालले हालै मात्र गरीव तथा विपन्न उपचारका लागी रकम आउने क्रम शुरु भएको भन्दै यसको व्यवस्थित सञ्चालन र पारदर्शीता प्रमुख चुनौती रहेको बताउनुभयो। सो कार्यक्रममा भरतपुर अस्पतालका निवर्तमान अध्यक्ष विजय सुवेदी र चितवन समाज जापानका सल्लाहकार अरुण श्रेष्ठले बोल्नुभएको थियो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np