eProcurement System
You can view and apply tenders through eProcurement system.
२०, साउन, चितवन । चितवनको सरकारी भरतपुर अस्पतालमा आर्थिक बर्ष २०७२/०७३ मा ११ हजार ९ सय ७८ जनाले सुत्केरी सेवा लिएका छन् ।
अस्पतालमा ८ हजार १ सय ०४ जनाले साधारण सुत्केरी गराएका छन् भने अप्रेशन गरेर सुत्केरी सेवा लिनेको सख्या २ हजार ६ सय ५१ छ । यस्तै जटिलतायुक्त सुत्केरी सेवाको १ हजार २ सय २३ जनाले लिएको अस्पतालका तथ्याङक इकाईका प्रमुख नारायण रिजालले जानकारी दिए ।अघिल्लो आर्थिक बर्ष भन्दा गत आर्थिक बर्षमा भरतपुर अस्पतालमा ६ सय १४ बढि महिलाहरूले सुत्केरी सेवा लिएका छन् । साधारण सुत्केरी गराउने महिलाहरूको संख्या घट्दै गएको छ भने, अप्रेशन गराउने महिलाको संख्या बढ्दै गएको अस्पतालको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक बर्षमा २ हजार ४ सय ६५ जनाले अप्रेशन गराएका थिए भने गत आर्थिक बर्षमा २ हजार ६ सय ५१ ज्नाले अप्रेशन गराएका छन् । अस्पतालमा १०७ जना वच्चा मरेको जन्मिएका थिए, अघिल्लो आ.वमा १४० बच्चा मरेको जन्मिएका छन् । अस्पतालमा ४० जना जुम्ल्याहा वच्चा जन्मिएको, जन्मिएपछि २३ जना वच्चा मरेको तथ्याङक छ । सुत्केरी गराउदा ४ जना मात्र महिलाको मृत्यु भएको छ । ४ केजी भन्दा बढिको बच्चा २१७ जन्मिएका छन् भने, २५ सय ग्राम भन्दा कम तौल भएका वच्चा ३२७ को जन्म भएको छ । ५४ जना उल्टो वच्चा जन्मिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालमा प्रसुती तथा स्त्री रोग सेवाका लागि ११५ वेड छुट्¥याइएको छ । भरतपुर अस्पताल काठमाण्डौको प्रसुती गृह पछि दोस्रो ठुलो सुत्केरी गराउने अस्पतालका रूपमा रहेको स्त्री तथा प्रसुती रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलले जानकारी दिए । २४ सै घण्टा सवै प्रकारको अप्रेसन सुविधा, जोखिम एकदमै कम भएको, सुरक्षित सुत्केरी सेवा प्रदान गरिने र अन्य प्रकारका रोगहरू महिलाहरूमा भएमा पनि बरिष्ठ फिजिसियनहरू अस्पतालमा रहेकोले जनतामा भरतपुर अस्पताल प्रति बिश्वास वढेको बिभागिय प्रमुख डा. पोख्रेलको दावी छ । चितवनमा भरतपुर अस्पताल बाहेक चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम लागु भएपनि भरतपुर अस्पतालमा सुत्केरी गराउने महिलाहरूको चाप अत्याधिक रहेको छ । “बेडको अभावले भूईमा राखेर समेत सुत्केरी गराउनुपर्ने अवस्था छ” विभागिय प्रमुख डा. पोख्रेलले भने “मौजुदा मानव संसाधन, वेड सख्या थप नगर्ने हो भने, चाप धान्न सकिदैन्”। भरतपुर अस्पतालमा विगत ८ बर्ष अघि देखि आमा सुरक्षा कार्यक्रम लागु हुदै आएको छ । बिभागिय प्रमुख डा. पोख्रेलले भने — “आमा सुरक्षा कार्यक्रम सरकारको उदेश्य अनुरूप भरतपुर अस्पतालमा लागु छ, अन्य अस्पताल वा मेडिकलमा जाँदा बिभिन्न बाहानामा शूल्कहरू सुत्केरी गराउने नाममा लिने हुदा पनि भरतपुर अस्पतालमा गर्भवती महिलाहरू आउने गरेका छन्।” भरतपुर अस्पतालमा १५ जिल्लाका गर्भवतीहरू सुत्केरी सेवा लिन आउने गरेको तथ्याङक छ ।
यातायात खर्च र शोध भर्नाका लागि ४ करोड ८६ लाख ।
भरतपुर अस्पतालमा आमा सुरक्षा कार्यक्रम अन्र्तगत यातायात खर्च र शोध भर्नाका लागि आर्थिक बर्ष ०७२÷०७३ मा नेपाल सरकारबाट ४ करोड २ लाख ५६ हजार र दातृ निकायबाट ८३ लाख ४४ हजार रकम प्राप्त भएको देखिएको छ । त्यस मध्ये ४ करोड २ लाख ९५ हजार २ सय रकम खर्च भएको छ । अस्पतालमा ११ हजार ९ सय ७८ जनाले सुत्केरी सेवा लिएपनि ११ हजार ६ सय ७६ जनाले मात्रै यातायात खर्च लिएका छन् । गत बर्ष भन्दा अघिल्लो आ.बमा नेपाल सरकारबाट १ करोड ३५ लाख र दातृ निकायबाट २ करोड ७० लाख रकम प्राप्त भएको थियो । यि दुवै रकम सुत्केरीको यातायात खर्च र अस्पताल बिकास समितिमा शोध भर्नाका लागि विनियोजन हुने गर्दछ । भरतपुर अस्पताललाई साधारण सुत्केरी गराए वापत प्रति व्यक्ति १५ सय, जटिल सुत्केरी गराएको ३ हजार र अप्रेशन गर्नका लागि ७ हजार रकम शोध भर्नाका लागि प्राप्त हुन्छ । भरतपुर अस्पतालमा सुत्केरी गराएर डिस्र्चाज हुने सुत्केरीहरूलाई प्रति व्यक्ति ५ सय रूपैया यातायात खर्च दिने गरिएको छ । यस्तै, ४ पटकसम्म सरकारी स्वास्थ्य सस्थामा नियमित रूपमा परिक्षण गराएको प्रमाण अस्पतालमा पेश गरेमा प्रति सुत्केरी ४ सय रुपैया थप दिने व्यवस्था छ । सो को लागि अस्पतालमा आर्थिक बर्ष २०७२÷०७३ का लागि १ लाख ६० हजार रकम आएकोमा जम्मा १८८ जनाले रू ४ सयका दरले ७५ हजार २ सय रकम मात्रै रकम लगेको देखिएको छ । नियमित रुपमा सरकारी स्वास्थ्य सस्थामा चेकजाँच नगराउने र गराएपनि त्यसको प्रमाण देखिने कागजात नल्याउदा रकम खर्च हुन नसकेको देखिन्छ । नियमित रूपमा ४ पटकसम्म सरकारी स्वास्थ्य सस्थामा गर्भवती जाँच गराउनुपर्दछ भन्ने कुरा प्रचार प्रसार कम भएको हुन सक्ने र कार्यक्रमका बारेमा जानकारी नभएका कारणले द्धतज ब्ल्ऋ को रकम खर्च हुन नसकेको देखिन्छ ।
सुत्केरी सेवा प्रभावकारी ः मेसु मरासिनी ।
सरकारले प्रदान गरेको निःशुल्क प्रसूति सेवा कार्यक्रम अत्यन्त सफल कार्यक्रम भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बताए । “सुत्केरी सेवाअन्तर्गत अस्पतालले प्रदान गर्ने लगभग सबै सेवाहरु निःशुल्क छन्” उनले भने, “जसमा सुत्केरी हुनुपूर्व गरिने सबै स्वास्थ्य परीक्षणदेखि लिएर औषधी उपचार, प्रसूति सेवा तथा शल्यक्रियाका साथै प्रसूतिपछि हुन सक्ने सबै जटिलताको व्यवस्थापन अस्पतालले निःशुल्क रूपमा गर्दछ।”
You can view and apply tenders through eProcurement system.