भरतपुर अस्पतालमा प्लाट्रिकको झोला लैजान प्रतिवन्ध ।

 

 

६, पौष, चितवन । भरतपुर अस्पतालमा प्लाट्रिकको झोला लैजान प्रतिवन्ध लगाइएको छ । अस्पतालमा फोहरको मुल स्रोतका रुपमा प्लाट्रिकको झोला पहिलो नम्वरमा रहेको भन्दै अस्पतालमा विरामी वा विरामीलाई भेट्न आउने कसैलाई पनि प्लाट्रिकको झोला नल्याउन र नवोक्न अस्पताल प्रशासनले अनुरोध गर्दै यस बिषयमा अनुगमन गर्न सम्वन्धित विभागहरुलाई निर्देशन दिइएको छ ।

६, पौष, चितवन । 

भरतपुर अस्पतालमा प्लाट्रिकको झोला लैजान प्रतिवन्ध लगाइएको छ । अस्पतालमा फोहरको मुल स्रोतका रुपमा प्लाट्रिकको झोला पहिलो नम्वरमा रहेको भन्दै अस्पतालमा विरामी वा विरामीलाई भेट्न आउने कसैलाई पनि प्लाट्रिकको झोला नल्याउन र नवोक्न अस्पताल प्रशासनले अनुरोध गर्दै यस बिषयमा अनुगमन गर्न सम्वन्धित विभागहरुलाई निर्देशन दिइएको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. केशवराज भुर्तेलले, अस्पतालमा हुने फोहरको ४० प्रतिशत भन्दा वढि प्लाट्रिकका झोलाहरुको फोहर रहेको वताउदै मन्त्रालयको निर्देशन अनुसार नै अस्पताल भित्र प्लाट्रिक झोला नवोक्न सार्वजनिक अनुरोध गरिएको वताउनुभयो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको २०७१ असोज २ गतेको निर्णयमा “वातावरण प्रदुषणको लागि कारक तत्वको रुपमा रहेको प्लाट्रिकका झोलाहरु स्वास्थ्य सेवा प्रवाह गर्ने सस्थाहरुमा प्रतिवन्ध लगाउने” उल्लेख छ । यस निर्णयलाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजान भरतपुर अस्पताललाई मन्त्रालयले २०७१ मंसिर १२ गते पत्रचार गरेको थियो । भरतपुर अस्पतालका मेसु डा. केशवराज भुर्तेलले निर्णय कार्यान्वयन गर्न गराउन भन्दै अस्पतालका १५ वटा विभागका विभागिय प्रमुखहरुलाई लिखित निर्देशन समेत दिइसक्नु भएको छ । मेसु डा. भुर्तेलले भरतपुर अस्पताल अगाडी रहेको औषधी र साझा औषधी पसललाई समेत प्लाट्रिकका झोलाहरुमा औषधी नवेच्न अनुरोध गर्दै पत्र पठाइने वताउनुभयो । “औषधी  पसलहरुले प्लाट्रिकका झोलामा औषधी नवच्ने हो भने, ९० प्रतिशत प्लाट्रिकजन्य फोहर नियन्त्रणमा आउछ” अस्पतालका मेसु डा भुर्तेलले भन्नुभयो, “हामीले यसलाई कडाईका साथ नियन्त्रण गर्दछौ, ठाउ ठाउमा डस्टविनहरु राख्ने कार्यलाई तिव्रता दिन्छौ, ४, ५ मान्छेहरु अनुगमनका लागि नै खटाउछौ । ”  चाउचाउका खोल, पान गुडकाका खोल, सुर्तिका खोल अन्य सामाग्रीका प्लाट्रिकजन्य फोहर नियन्त्रणका लागि पनि अनुगमन आवश्यक रहेको डा. भुर्तेलको भनाई छ । अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा श्रवणकुमार थापाले प्राप्त निर्देशनलाई कडाईका साथ लागु गराउन मातहतका सवै कर्मचारी तथा नर्सिड्ड स्टाफहरुलाई निर्देशन दिइसकेको वताउनुभयो ।  भरतपुर अस्पताललाई फोहरमुक्त वनाउन हरेक महिनाको पहिलो शुक्रवार अस्पतालमा अभियानका रुपमा सरसफाई गर्न थालिएको छ । मंसिर महिनामा मध्यक्षेत्र प्रहरी तालिम केन्द्रका प्रहरीहरुले भरतपुर अस्पताल सरसफाई गरेका थिए भने, पौष महिनाको पहिलो शुक्रवार शशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय भरतपुरका प्रहरीहरु सहित अस्पतालका कर्मचारीहरुले सरसफाई गरेका थिए । अस्पतालमा थप आर्कषक वनाउन अस्पताल परिसरमा रंगरोगनको कार्य पनि अघि बढाइएको छ ।  



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np