भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका बनाउन राजनैतिक दलहरु एकमत ।

 

Bharatpur Hospital

 

३०, पौष, चितवन । चितवनको सवैभन्दा पुरानो अस्पताल भरतपुर अस्पताललाई स्वास्थ्य क्षेत्रको शैक्षिक प्रष्तिठानका रुपमा बिकास गर्न चितवनका राजनैतिक दलहरुले ऐक्यवद्धता जनाएका छन् ।

भरतपुर अस्पतालमा आज बिहान वसेको जिल्लाका राजनैतिक दलहरुको सर्वदलिय बैठकले सवैभन्दा ठुलो सरकारी अस्पताल भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा अघि बढाउने निर्णय गरेको छ । त्यसका लागि आवश्यक प्रकृया अघि बढाउन पनि दलहरुले अस्पताल बिकास समिती समक्ष आग्रह गरेका छन् । “सरकारी अस्पतालमा नै स्वास्त्थ्य शिक्षा प्रदान गर्दा तल्लो आर्थिक स्तर भएका नागरिकहरुको पनि शिक्षा र स्वास्थ्यमा पहुँच हुन्छ, त्यस कारण यसलाई तत्कालै अघि बढाउनुपर्दछ,” भरतपुर अस्पताल बिकास समितिका पूर्व अध्यक्ष समेत रहेका एमाओवादीका नेता दण्डपाणी पौडे्लले भने, “यसलाई यथाशिघ्र अघि बढाऔं ।” 

“हाम्रो भन्दा कमजोर भौतिक पूर्वाधार र बिरामीको चाप भएका अस्पतालहरुले समेत शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृती लिएर प्रतिष्ठानका रुपमा अघि बढिसकेको छ” भरतपुर अस्पताल बिकास समितीका पूर्व अध्यक्ष समेत रहेका राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाले भने, “चितवन जिल्लामा यस्तोमा पछि पर्नु हुदैन् ”। बैठकमा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष जोखा चौधरी, नेकपा क्रान्तिकारी माओवादीका प्रतिनिधी ज्ञानु वस्नेत, नेकपा मालेका परशुराम लामिछाने, नेमकिपाका प्रकाश गुरु∙, नेकपा माओवादीका दुर्गा प्रसाद सुवेदी, नेकपा मालेका ओम प्रकाश गौत्तम लगायतको सहभागीता रहेको थियो । 

बैठकमा अस्पताल बिकास समितीका अध्यक्ष बिजय सुवेदी र मेडिकल सुपरिटेण्डेन्ट डा. केशवराज भुर्तेलले अस्पतालको स्तरवृद्धि तथा सेवा थप सम्वन्धि कार्यदलले पेश गरेको प्रतिवेदन बैठकमा राखेको थिए । राजनैतिक दलहरुले अस्पतालको स्तरवृद्धि तथा सेवा थप सम्वन्धि कार्यदलले पेश गरेको प्रतिवेदनलाई स्वीकृती समेत दिइएको छ । 






 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np