भरतपुर अस्पतालमा २५० केभिएको जेनेरेटर जडान, हटलाइन जाँदा पनि समस्या नहुने

 

Bharatpur Hospital

 

०९, असार, चितवन । चितवनको भरतपुर अस्पतालमा २५० केभिए को जेनेरेटर जडान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण मार्फत हटलाइन सञ्चालन हुदै आएको भरतपुर अस्पतालमा कारणबस हटलाइन बन्द हुँदा उपचारमा निकै समस्या हुदै आएको अवस्थाको अन्त्य भएको अस्पतालले जनाएको छ । रु २५ लाख ९० हजारको लागतमा ५ सय लिटर डिजल स्टक राख्न सक्ने क्षमता भएको जेनेरेटर जडान गरिएको हो । काठमाण्डौंको एमएडब्लु इन्जिनियरि∙ प्रालिले टेण्डर मार्फत जेनेटेर आपूर्ति गरेको हो । “यो जेनेरेटरले प्रतिघण्टा ४० लिटर तेल खान्छ,” भरतपुर अस्पतालको मर्मत सम्भार शाखाका प्रमुख पूरुषोत्तम ढेवाजुले भन्नुभयो, – २३० भोल्ट क्षमताको जेनेरेटर भएपछि अस्पतालमा अब हटलाइन कारणबस गएपनि उपचारमा कुनै पनि समस्या हुदैन् । २ बर्षसम्म जेनेरेटरमा कुनै समस्या आएमा आपूर्ति गर्ने कम्पनीले नै निशुल्क रुपमा मर्मत सम्भार गर्ने छ । हटलाइन जादाँ स्वचालित रूपमा जेनेरेटर स्र्टाट हुने व्यवस्था गरिएको छ । यसअघि, अप्रेशन थ्रिएटर, आइसियू लगायतका सिमित स्थानमा मात्रै जेनेटर लाइनको व्यवस्था गरिएको थियो । 

 अस्पतालमा हटलाइनसँगसगै सिटी लाइन पनि जडान गर्ने तयारी भैरहेको छ । हटलाइनको शूल्क गत बर्ष प्राधिकरणले बढाएपछि अस्पतालले साधारण समयमा सिटी लाइन जोडने तयारी थालेको हो । “प्राधिकरणले सरकारी संघसस्थाहरुमा हटलाइनको शुल्क सिटी लाइनको जति नै लिने चर्चाहरू पनि सुनेका छौं तर आधिकारीक छैन्,” मर्मत सम्भार बिभागका प्रमुख ढेवाजुले भन्नुभयो, “हामीले सिटी लाइनका लागि टान्र्सफर्मर खरिद गरिसकेका छौं”। भरतपुर अस्पतालमा २५० केभिएको जेनेरटर जोडेपछि अस्पतालमा नयाँ उपकरण र सेवा सुविधा थप गर्न र विस्तार गर्न पनि सहज हुन्छ, अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. रूदप्रसाद मरासिनीले भन्नुभयो, “उपकरणहरू पनि सुरक्षित रहन यसले सहयोग गर्ने छ ।” कारणबश हटलाइन जाँदा प्रयोगशाला र एक्सरे लगायतका सेवा प्रवाहमा समस्या हुदै आएको थियो । “अव भने त्यो समस्या सदाका लागि अन्त्य भएको छ, यसले अस्पतालको आम्दानीमा समेत वृद्धि गर्ने छ” मेसु मरासिनीको थप भनाई छ ।  भरतपुर अस्पतालका अध्यक्ष बिजय सुवेदी अस्पतालमा नयाँ जेनेरटेर जडान गरैसगैं मैनवत्ति युगको अन्त्य भएको र अस्पतालको आधारभूत आवश्यकता पूरा भएको वताउनुभयो ।



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np