भरतपुर अस्पतालको जग्गा फिर्ता गर्न सिटिइभिटीसँग दलहरुको माग ।

 

 

१०, बैशाख, चितवन । भरतपुर अस्पतालको शैक्षिक कार्यक्रम सञ्चालन गर्न सिटिइभिटीले प्रयोग गर्दै आइरहेको जग्गा फिर्ता माग गर्ने निर्णय सर्वदलिय बैठकले गरेको छ ।

भरतपुर अस्पतालले प्रवाह गरेको सेवा र समग्र अवस्थाका वारेमा बिहिवार आज अस्पतालमा आयोजना गरेको सर्वदलिय बैठकले अस्पतालको स्वास्थ्य सम्वन्धि शैक्षिक कार्यक्रम सञ्चालन गर्न जग्गाको अभाव भएका कारणले सिटिइभिटीले प्रयोग गर्दै आइरहेको जग्गा फिर्ता माग गर्ने निर्णय भएको भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । भरतपुर अस्पतालले आगामी शैक्षिक शत्र देखि एमडी एमएस र बिएन कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । हाल अस्पतालले प्रविणता प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेको छ । अस्पतालले सेवा दिने भवनमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दा सेवा प्रवाह र विस्तारमा समस्या देखिएकोले भरतपुर अस्पतालकै आफ्नो स्वामित्वमा रहेको जग्गा शैक्षिक कार्यक्रम सञ्चालनार्थ पुग्ने गरि फिर्ता माग गर्ने निर्णय भएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । सिटिइभिटीले अस्पतालको करिव ७ विगाहा जमिन प्रयोग गर्दै आइरहेको छ । प्रविणता प्रमाणपत्र तह नर्सिङ कार्यक्रम व्लक “वि” को तेस्रो तल्लामा सञ्चालन हुदै आएको छ । एमडी एमएस कार्यक्रम आउदो साउन र विएन नर्सिङ कार्यक्रम आगामी भाद्र महिनाबाट सञ्चालन हुने भएपछि अस्पताललाई शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि स्थानको अभाव भएको हो । भरतपुर अस्पतालको स्वामित्वमा रहेको जग्गा निशुल्क रूपमा स्कुल अफ हेल्थ साइन्स ( सिटिईभिटी) ले प्रयोग गर्दै आइरहेको छ । सर्वदलिय बैठकले अस्पतालको आन्तरीक शुसासनलाई मजबुत बनाउन अस्पताललाई सुझाव पनि दिएको छ । साथै मेडिकल कलेजबाट लिइने जमिनको भाडा लगायत  बिभिन्न आम्दानीका स्रोतहरुको बढाई सेवा शुल्क घटाउन, गरिवहरुको निशुल्क उपचार गर्न, अत्यावश्यक उपकरणहरू थप गर्न आवश्यक पहलकदमी लिन सञ्चालक समितिलाई सुझाव दिएको छ । साथै गुरूयोजना अनुरूप “सि” व्लक भवन निर्माण तत्काल अघि बढाउन दलहरूले सुझाव दिएका छन् । वैठकमा नेपाली काँग्रेस चितवनका सभापति टेक प्रसाद गुरूङ, एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, एमाओवादीका इन्र्चाज इश्वरी भट्टराई, राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्रि तिमिल्सििना, नेकपा (माओवादी)का जिल्ला अध्यक्ष महेश चौधरी, नेकपा –माओवादीका जिल्ला अध्यक्ष ज्ञानु वस्नेत, नेकपा मालेका जिल्ला सचिव परशुराम लामिछाने, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विजय पौडेल लगायतको उपस्थिती रहेको थियो । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np