eProcurement System
You can view and apply tenders through eProcurement system.
५, चैत्र, चितवन । भरतपुर अस्पताल बिकास समिती कर्मचारी युनियनले अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनीलाई आज शुक्रवार एक कार्यक्रमका वीच भरतपुर अस्पतालमा स्वागत गरेको छ ।
कार्यक्रममा भरतपुर अस्पतालका कर्मचारीहरुले नवनियुक्त मेडिकल सुपरिटेण्डन्ट डा. मरासिनीलाई फूलमाला र खादा ओढाएर स्वागत गरेका थिए । अस्पताल बिकास समितीका अध्यक्ष बिजय सुवेदीको प्रमुख आतिथ्यता एवं अस्पताल बिकास समिती कर्मचारी युनियनका अध्यक्ष डा. उन्नत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनीले गरिव जनताले स्वास्थ्य लिने भरतपुर अस्पतालमा क्वान्टिटी बढाउने नाममा सेवाको क्वालिटीमा कुनै पनि हालत सम्झौता नगरिने वताउनुभयो । उहाँले मानव जातिले मानव जातिकै हितका लागि सर्वोकृष्ट कार्य गर्ने चिकित्सीय पेशा अगाल्नेहरुले सवै बिरामीहरुलाई समान रुपमा हेर्नुपर्ने वताउनुभयो । भरतपुर अस्पतालले धेरै बिरामीहरुलाई सेवा दिएको भएपनि त्यसको उचित प्रचारप्रसार र डकुमेन्टेशन नहुदा त्यसलाई बिकाउन नसकिएको मेसु मरासिनीको कथन थियो । भरतपुर अस्पताललाई प्रष्तिठान बनाएर अघि बढ्ने, ट्रमा सेन्टर सञ्चालन गर्ने, एनआइसियु सेवा सञ्चालन गर्ने योजनाहरु रहेको मेसु मरासिनीले जानकारी दिनुभयो । भरतपुर अस्पतालसँग आफ्नो कुनै प्रकारको स्वार्थ नभएको भन्दै मेसु डा. मरासिनीले आफ्नो करिअर नै स्वार्थ भएको वताउनुभयो । कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका अध्यक्ष बिजय सुवेदीले अस्पतालको योजनाबद्ध बिकासका लागि नवनियुक्त मेसु लाग्ने बिश्वास ब्यक्त गर्नुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, मैले मेरो सम्पूर्ण जीवन नै समाज परिवर्तन र सामाजिक कार्यका लागि लगाएको छु, अस्पतालको बिकास मात्रै मेरो एक मात्र स्वार्थ हो । उहाँले नवनियुक्त मेसु डा. मरासिनी युवा र क्षमतावान भएको भन्दै उहाँले भरतपुर अस्पताललाई देशका अन्य भागका नमुना अस्पताल जस्तै अस्पतालको रुपमा बिकास गर्न सक्ने अवसर आएको वताउनुभयो । चिकित्सकहरुका तर्फबाट सो कार्यक्रममा बोल्दै फिजिसियन डा. भोजराज अधिकारीले राज्यले निशूल्क उपलब्ध गराएका सेवाहरु सरकारको अस्पतालमा नहुनु दुखद बिषय भएको भन्दै यस बिषयमा गम्भिर भएर सोच्न नवनियुक्त मेसु मरासिनीलाई अनुरोध गर्नुभयो । डा. अधिकारीले देशमा युवाहरुको समय शुरु भएको भन्दै भरतपुर अस्पतालले पनि युवा मेसु पाएको भन्दै युवाहरुमा बढि लोभलालसा नहुने टिप्पणी गर्नुभयो । कार्यक्रममा भरतपुर अस्पतलाको निमित्त मेट्रोन मिरा अधिकारी, अस्पताल बिकास समिति कर्मचारी युनियनका सचिव बिष्णु वास्तोला लगायतले बोल्नुभएको थियो । यसैबिच, भरतपुर अस्पतालका अध्यक्ष बिजय सुबेदी र निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. रुद्र प्रसाद मरासिनीको नेतृत्वमा आज बिहान भरतपुर अस्पतालमा सरसफाई गरिएको थियो । भरतपुर अस्पतालको आकस्मिक कक्ष, अस्पतालको ए ब्लक, बि ब्लक र प्रशासन अगाडी सरसफाई गरिएको थियो ।
भरतपुर असपतालमा चिकित्सा विज्ञान प्रतिष्ठानको स्टार्फ नर्स कार्यक्रम
अस्पतालको जग्गामा सिटिइभिटीको क्षेत्रिय कार्यालय स्थापनाको बिरोध।
भरतपुर अस्पतालमा पहिलोपटक सफल पूर्ण जोर्नी प्रत्यारोपण सेवा शुरू ।
भरतपुर अस्पतालको गरीव तथा विपन्न नागरिक उपचार राहात कोषमा ५१ हजार प्रदान ।
बिषेशज्ञ उपचार दिदै भरतपुर अस्पतालको मदन भण्डारी ट्रमा सेन्टर
भरतपुर अस्पतालमा विना अप्रेशन इआरसिपी प्रविधीद्धारा पथ्थरीको उपचार शुरू ।
'भरतपुर अस्पताललाई केन्द्रिय रेफरल अस्पताल बनाउन सहयोग गर्दछु" ः प्रम
भरतपुर अस्पतालको एनआइसियूलाई अत्यावश्यक सामाग्रीहरु हस्तान्तरण ।
भरतपुर अस्पतालमा १२८ स्लाइसको अत्याधुनिक सिटीस्क्यान ल्याउने सम्झौता ।
चितवनमा ७० प्रतिशत मुसामा भेटियो स्क्रव टाइफस सार्ने ‘माइट’ ।
भरतपुर अस्पतालमा निःशुल्क सेवा लिने बिरामीको संख्या ६६.१ प्रतिशतले बृद्धि
भरतपुर अस्पतालमा उपचाररत बालिकालाई फूलमाया कार्की फाउण्डेशनद्धारा आर्थिक सहयोग
भरतपुर अस्पतालमा उपचाररत बालिकालाई फूलमाया कार्की फाउण्डेशनद्धारा आर्थिक सहयोग ।
भरतपुर अस्पतालमा २५० केभिएको जेनेरेटर जडान, हटलाइन जाँदा पनि समस्या नहुने
भरतपुर अस्पतालमा थालेसिमियाका ५२ विरामीले नियमित निःशूल्क उपचार लिदै ।
मानव सेवा आश्रमका असहाय र वेवारिसेहरुको भरतपुर अस्पतालले निशुल्क उपचार गर्ने ।
“जिम्मेवारी अनुसारको काम गरेर सहयोग गर्नुस् ” ः नवनियुक्त मेसु मरासिनी
भरतपुर अस्पतालको परिवार नियोजन क्लिनिकबाट ६६१ जनाले लिए सेवा ।
भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका बनाउन राजनैतिक दलहरु एकमत ।
भरतपुर अस्पतालको “ए” ब्लक निर्माण पुरा, माघबाट पुर्ण सञ्चालनमा आउने ।
अस्पतालको सेवा प्रवाहका बारेमा भष्ट्राचार बिरुद्धको अभियानको चासो ।
सेवा प्रवाहलाई चुस्त वनाउन दलहरुको भरतपुर अस्पताललाई सुझाव ।
अस्पतालका चिकित्सक डिउटी समयमा बाहिर भेटिए दुर्भाग्य ः प्रजिअ सिंह
भरतपुर अस्पताल कर्मचारी यूनियनको अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित ।
स्पाइनल इन्जुरीका बिरामीका लागी भरतपुर अस्पतालमा छुट्टै भवन आबश्यक ।
भरतपुर अस्पतालको जग्गा फिर्ता गर्न सिटिइभिटीसँग दलहरुको माग ।
भरतपुर अस्पताललाई केन्द्रिय रिफरल अस्पतलको मान्यता दिन माग ।
भरतपुर अस्पतालद्धारा बिभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन
अस्पतालका मेसुको चरित्र हत्या गरेको भन्दै नौ संघसंगठनद्धारा बिरोध
भरतपुर अस्पतालले वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रम गर्ने,
भरतपुर अस्पताललाई नमूना अस्पताल वनाउन सहयोग गर्छु ः बास्कोटा ।
भरतपुर अस्पताललाई नमुना वनाउने साझा सपना ः स्वास्थ्य सचिव श्रेष्ठ ।
भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा बिकास गर्न कार्यदल गठन ।
This should contain the title of the event that is going to happen or has happened
Pay Clininc Service has been statrted from today; Bharatpur Hospital
You can view and apply tenders through eProcurement system.