भरतपुर अस्पतालको पोषण पुर्नस्थापन गृह प्रभावकारी ।

 

Bharatpur Hospital

 

१४, भाद्र, चितवन । भरतपुर अस्पतालमा सञ्चालित पोषण पुर्नस्थापन गृह प्रभावकारी बन्दै गएको छ । अस्पतालको ‘बि’ ब्लकको माथिल्लो तलमा २०६९ वैशाख १० गते स्थापना भएको गृहबाट सेवा लिने कुषोषित बालबालिकाहरू हरेक बर्ष बढ्दै गएको देखिएको छ ।

जम्मा १० वेड क्षमताको गृहमा ५ बर्ष मुनिका कुपोषित बालबालिकाहरूलाई आमा सहित राख्ने गरिन्छ । गृहमा गत आर्थिक बर्षमा ७४ जना बालक र ७४ जना बालिका गरी १७८ जनाले सेवा लिए । अघिल्लो आर्थिक बर्षमा जम्मा १४७ जनाले सेवा लिएका थिए । चालु आर्थिक बर्षको साउनमा १८ जना बालबालिकाहरूले सेवा लिएको गृहकी कार्यक्रम संयोजक छमकला काफ्लेले जानकारी दिनुभयो । गृहमा आमा सहित वालवालिकाहरुलाई निशुल्क रूपमा पोषणको व्यवस्था गरिएको छ । 

न्यूनत्तम १५ दिनदेखि अधिकत्तम ४५ दिनसम्म कुपोषित बालबालिकाहरू गृहमा बस्ने काफ्ले वताउनुभयो । “उचाई अनुसार ९० प्रतिशत वजन प्राप्त भएपछि हामीले घर पठाउने गरेका छौं” कार्यक्रम संयोजक काफ्लेले भन्नुभयो, “जन्मदा कम तौल भएर जन्मिएका, घरमा प्रयाप्त पोषण नपाएका, उमेर अनुसार उचाई र तौल नभएका बालबालिकाहरू कुपोषित भए नभएको चेक गरी यहाँ राख्ने गर्दछौं।” 

गृहमा जटिल कुपोषित भएका बालबालिकाहरूलाई दैनिक १२ पटक र  अन्य कुपोषित अवस्थाका बालबालिकाहरूलाई दैनिक ८ पटकसम्म पोषित खाना खुवाउने गरिन्छ । हामी सवैले पोषण सम्वन्धि तालिम नै लिएर आएका छौं, कार्यक्रम संयोजक काफ्लले भन्नुभयो,  “उमेर र उचाई अनुसार दैनिक खानाको तालिका नै बनाएर खुवाउदै आएका छौं।” 

गृहमा बसेको केही हप्ता मै जटिल किसिमको कुपोषण भएका बालबालिकाहरू सन्तुलित भोजन र नियमित रेखदेखपछि स्वस्थ बन्दै जान्छन् । गृहमा रहेका बालबालिकाहरूलाई हरेक दिन भरतपुर अस्पतालका वाल बिभागका बिषेशज्ञ चिकित्सकहरूले नियमित रुपमा स्वास्थ्य परिक्षण गर्दै आएका छन् । 

कुपोषण भएको गम्भीर, मध्यम र सामान्य अवस्था हेरी बच्चाको आहार र स्वास्थ्यमा ध्यान दिइन्छ । यस गृहमा बालबालिकालाई दैनिकजसो आवश्यकताअनुसार लिटो, जाउलो, दूध, केरा, अण्डा, मासु, फलफूल, हरिया ताजा तरकारी, खोलेआदि पकाएर खुवाउने गरिएको कार्यक्रम संयोजक काफ्लले वताउनुभयो । 

गृहमा बिभिन्न स्थानका स्वास्थ्य संस्था मार्फत कुपोषित बालबालिकाहरूलाई आउने गर्दछन् । घरासयी समस्याका कारण कतिपय बालबालिका कुषोषित भएपनि बाबु आमाले ल्याउने नगरेको पाइएको छ । “घरमा अन्य बालबच्चा पनि हुन्छन्, तिनलाई हेर्ने र रेखदेख गर्ने मान्छे नहुँदा सानासाना बच्चा लिएर आमाहरु आउन मान्दैनन्” गृहकी कार्यक्रम संयोजक काफ्लेको भनाई छ । गृहमा आएपछि आमाहरुले बच्चालाई खुवाउने तरिकाका बारेमा सिक्ने काफ्लेले वताउनुभयो । 


गृहमा एक जना कार्यक्रम अधिकृत, ४ जना अनमी र १ जना सिएमए सहितका ९ जना कर्मचारीहरू कार्यरत रहेका छन्। गृहमा चितवन, नवलपरासी, तनहुँलगायत १७ जिल्लाका बालबालिकाले सेवा लिएका छन् । भरतपुर अस्पतालले गृहका लागि भवन उपलब्ध गराएको छ भने, नेपाल सरकार बालस्वास्थ्य महाशाखा र नेपाल युथ फाउण्डेशनले आर्थिक सहयोग गर्दै आएका छन् । गत बर्षसम्म कुल बजेटको ७५ प्रतिशत बालस्वास्थ्य महाशाखा र २५ प्रतिशत रकम नेपाल युथ फाउण्डेशनले ब्यहोर्दै आएकोमा यस बर्ष देखि सबै रकम बालस्वास्थ्य महाशाखाले ब्यहोर्ने छ । चालु आर्थिक बर्षका लागि ३७ लाख रकमको सिमा प्राप्त भैसकेको छ । 




 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np