स्पाइनल इन्जुरीका बिरामीका लागी भरतपुर अस्पतालमा छुट्टै भवन आबश्यक ।

 

 

१, असार चितवन । स्पाइनल इन्जुरी भएका बिरामीहरुका उपचारका लागी भरतपुर अस्पतालमा छुट्टै भवन निमार्ण गर्ने आबश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।स्पाइनल इन्जुरी भरतपुर केन्द्रको तेस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै सरोकारवालाहरुले स्पाइनल इन्जुरी केन्द्रको स्तारोन्नति गर्न पहल गरीने वताएका छन् ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले नया“ बन्ने सि व्लकमा स्पाइनल इन्जुरीका लागि विशेष वार्डको व्यवस्था गरी स्तरोन्नती गर्ने वताए ।आबाज

 रोटरी क्लव चितवनका अध्यक्ष टिकाराम क“डेलले अस्पतालले भवन बनाइदिए अन्य सहयोग गर्न रोटरी क्लवहरु तयार रहेको वताए । डाक्टर कृष्ण्ँ प्रसाद पौडेलले स्पाइनल इन्जुरी केन्द्रमा २२ जिल्लाका विरामीहरुले सेवा लिने गरेको भएपनी शैया अभाव कायमै रहेको जानकारी दिए ।चितवन स्पाइनल इन्जुरी केन्द्र भरतपुर अस्पतालबाट हालसम्म १० हजार भन्दाबढीले उपचार पाएका छन् ।केनद्र बाट चालु आर्थीकबर्षमा ४ हजार ४ सय जनाले सेवा लिएका छन् । चालु आर्थिक वर्षमा बहिरंग विभागमा २ हजार २ सय १२, अन्तरंग विभागमा १ सय ८७ जनाले मेरुदण्ड चोट लागेका विरामीले सेवा लिएका छन् । ०६९ साल असार १ गते स्थापना भएको केन्द्र ५, ९ शैयाहुदै हाल १२ शैयामा विस्तार भएको छ । केन्द्रमा हाल ९ जनाले उपचार गराइरहेको केन्द्रका इन्चार्ज डा. सुदिप पौडेलले वताए । केन्द्रले फिजियोथेरापी, अकुपेशसनल थेरापी, भर्ना गराई उपचारको सेवा, ह्वील चियर वितरण गरी पुर्नस्थापना लगायतका सेवा दिदै आइरहेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट मनिकलाल मानन्धरले केन्द्र सञ्चालनका लागि सहयोगी हातहरु चाहिएको वताए ।


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np