भरतपुर अस्पतालमा पहिलोपटक विएन कक्षा शुरू ।

 

 

०५, पौष, चितवन । चितवनको सवैभन्दा ठुलो भरतपुर अस्पतालमा पहिलोपटक ब्याचलर इन नर्सिङ ( बि.एन) कक्षा शुरू भएको छ ।

सिटिइभिटी अन्र्तगत प्रविणताप्रमाणपत्र तह पढाउदै आएको भरतपुर अस्पताल नर्सिङ क्याम्पसले बिएन कक्षा शुरू गरेको हो । चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) को संम्वन्धनमा २० जना विधार्थीहरू पढाउने गरि क्याम्पसले स्वीकृती पाएको थियो । देशका अन्य क्षेत्रका बिद्यार्थीहरूले पढाई शुरू गरेको झण्डै १ महिना पछि मात्र भरतपुर अस्पतालमा विधार्थीहरूका लागि परिक्षा लिइएको थियो । नर्सिङ काउन्सिलको स्वीकृती ढिलाई भएका कारणले समयमा नै प्रवेश परिक्षा गर्न नसकिएको क्याम्पस प्रमुख देवि सापकोटाले जानकारी दिइन् । २० जनाको कोटा भएपनि १७ जनाले मात्र प्रवेश परिक्षा उर्तिण गरेकामा १६ जना विद्यार्थीहरूले मात्र पहिलो बर्ष बिएन पढ्ने भएका छन् । “अन्यत्रको भन्दा हाम्रो पढाई केही ढिला भएको छ, सार्वजनिक बिदा, जाडो विदा लगायतका अन्य विदामा समेत पढाउने गरि व्यवस्थापन गर्दछौ” क्याम्पसकी प्रार्चाय सापकोटाले भनिन् “गुणस्तरीय शिक्षाका लागि बिएन पढ्दै गरेका विद्यार्थीहरूलाई बाहिर काम गर्न दिदैनौ ।”  भरतपुर अस्पताल नर्सिङ क्याम्पसले जम्मा ३ लाख रूपैयामा बिएन कक्षा सञ्चालन गरेको हो । बर्षको १ लाख रूपैया लिने क्याम्पसले जनाएको छ । विएन विद्यार्थीहरुलाई १३ जनाले अध्यापन गराउने छन् । यसैविच, भरतपुर अस्पतालमा एक कार्यक्रमका वीच नयाँ बिएन अध्ययन गर्ने विधार्थीहरूलाई स्वागत गरिएको छ । निमित्त मेट्रोन मिरा अधिकारीले बिद्यार्थीहरूलाई स्वागत गरेकी हुन्  । स्वागत कार्यक्रमका प्रमुख अतिथि भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष बिजय सुवेदीले सरकारी अस्पतालले पनि नर्सिङ शिक्षा प्रभावकारी र गुणस्तरीय दिन सक्छ भन्ने दरिलो उदाहरण र प्रमाण नर्सिङ कार्यक्रम वन्ने विश्वास ब्यक्त गरे । कार्यक्रमको अध्यक्षता गरेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. केशवराज भुर्तेलले, प्रविणता प्रमाणपत्र तह नर्सिङमा भरतपुर अस्पताल चितवन जिल्लामै पहिलो र नेपालका १ सय नर्सिङ कलेजमा चौथो भएको भन्दै, विएन कक्षा पनि निकै प्रभावकारी बनाउने वताए । उनले आगामी बर्ष भरतपुर अस्पतालमा नै एमएन कक्षा पनि सञ्चालन गर्ने जानकारी दिए । कार्यक्रममा भवानी पौड्ेल, अस्पताल बिकास समिती कर्मचारी युनियनका अध्यक्ष डा. उन्नत श्रेष्ठ, विधार्थी सुमित्रा देवकोटा लगायतले बोलेका थिए । ४३५ शैया सञ्चालनमा रहेको भरतपुर अस्पतालले आगामी माघबाट ६ सय शैया  पु¥याउने भएको छ । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    9855019160
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    9855019166
    cmbashyal@gmail.com