भरतपुर अस्पताललाई नमुना वनाउने साझा सपना ः स्वास्थ्य सचिव श्रेष्ठ ।

 

 

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले भरतपुर अस्पताललाई देशकै नमुना अस्पताल वनाउने योजनामा आफु समेत लागि परेको वताएका छन् । आज बिहान भरतपुर अस्पतालमा गरिएको एक अन्र्तक्रिया कार्यक्रममा वोल्दै सचिव श्रेष्ठले केही प्राविधिक बिषयहरु मिलाएर आए तुरुन्तै गुरुयोजना अन्र्तगत निर्माण भएको ए व्लक भवन पुरा गर्न रकम दिने प्रतिवद्धता जनाए

१२, पौष, चितवन । 

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले भरतपुर अस्पताललाई देशकै नमुना अस्पताल वनाउने योजनामा आफु समेत लागि परेको वताएका छन् । 

आज बिहान भरतपुर अस्पतालमा गरिएको एक अन्र्तक्रिया कार्यक्रममा वोल्दै सचिव श्रेष्ठले केही प्राविधिक बिषयहरु मिलाएर आए तुरुन्तै गुरुयोजना अन्र्तगत निर्माण भएको ए व्लक भवन पुरा गर्न रकम दिने प्रतिवद्धता जनाए । उनले भरतपुर अस्पतालमा वच्चाहरुका लागि एनआइसियु सेवा सञ्चालनका लागि बजेटको लगत निकालेर सहमती लिई तत्काल टेण्डर आव्हान गर्न पनि अस्पताल व्यवस्थापन तथा सञ्चालक समितीलाई सुझाएका छन् । भरतपुर अस्पतालको छवि साच्चै उज्जव छ, अहिले त केही राम्रै गरौं भन्ने उर्जाशिल व्यक्तित्वहरुको नेतृत्व छ सचिव श्रेष्ठले भने, सरकारी सेवा भन्ने वित्तिकै नाक खुम्च्याउनेहरुलाई भरतपुर अस्पतालले दरिलो जवाफ दिन सक्नुपर्दछ । उनले  निर्धारीत समयमा, गुणस्तरीय र आर्थिक पारदर्शीतामा बिषेश ध्यान दिदै भौतिक संरचनाहरुको निर्माण गर्न जोड दिए । निकट भविश्यमा नै भरतपुर अस्पतालका लागि ५ सय शैया थप सहित दरवन्दि थप गरिने सचिव श्रेष्ठको भनाई छ । तोकिएको समयमा अनुशासनपूर्वक डिउटी गर्न र विना सूचना जानकारी नदिई विदामा नवस्ने उनले चिकित्सक तथा कर्मचारीहरु आग्रह पनि गरे । मन्त्रालयका आर्थिक प्रशासन प्रमुख श्रीकृष्ण नेपालले भरतपुर अस्पताललाई मन्त्रालयको तर्फवाट सहयोग कम नभएको तर यहाँको बिकास हेर्दा मात्र कम लागेको प्रतिक्रिया दिए । उनले अस्पताललाईको समग्र बिकासका लागि योजना सहित आउन आग्रह गरे । सो अवसरमा वोल्दै अस्पताल सञ्चालक समितीका अध्यक्ष विजय सुवेदीले अस्पतालको गुरुयोजना अन्र्तगत सि व्लक निर्माणका लागि यसै बर्ष भित्र टेण्डर आव्हान गर्न स्वीकृत दिन स्वास्थ्य सचिवसँग आग्रह गरे। अस्पतालको रणनीतिक योजना वनाएर अघि वढन चाहेको भन्दै अध्यक्ष सुवेदीले त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्नुपर्ने वताउदै भरतपुर अस्पतालको सञ्चालन नियमावली बनाउने काम शुरु गर्ने वताए । अध्यक्ष सुवेदीले भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा बिकास गर्ने प्रयोजनका लागि प्रस्ताव तयार गर्ने काम भैसकेको वताए । सो अवसरमा वोल्दै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. केशवराज भुर्तेलले भरतपुर अस्पताललाई साच्चै जनताको अस्पताल वनाउने आफ्नो सपना पुरा गराई छाड्ने वताए । सरकारी अस्पताल हो सेवा राम्रो हुदैन् होला भन्ने नागरिकहरुमा परेको पूर्व छाप साच्चै मेटाएर गतिलो सेवा प्रदायक निकायका रुपमा बिकास गर्न चाहेको मेसु डा. भुर्तेलको भनाई छ । अन्र्तक्रियामा देवघाट क्षेत्र विकास समितीका अध्यक्ष शैलेन्द्र पियाले देवघाटमा आधुनिक शव दहन गृह निर्माणका लागि सहयोग गर्न आग्रह गरे भने, भरतपुर उपमहानगरपालिका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले भरतपुर अस्पताललाई उपमहानगरपालिकाले गर्नुपर्ने सवै सहयोग दिलाउने प्रतिवद्धता जाहेर गरे । अन्र्तक्रिया अघि स्वास्थ्य सचिव सान्त कुमार श्रेष्ठले भरतपुर अस्पतालको निर्माणधिन ए व्लक भवन, सिटिइभिटीले चर्चिएको अस्पतालको जग्गा तथा भवन र अस्पतालको सेवा प्रवाहको अनुगमन तथा निरीक्षण गरेका थिए । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np