बिषेशज्ञ उपचार दिदै भरतपुर अस्पतालको मदन भण्डारी ट्रमा सेन्टर

 

Bharatpur Hospital

 

१७ असोज, चितवन । चितवनको भरतपुर अस्पतालमा गत बर्षदेखि सरकारले मदन भण्डारी ट्रमा सेन्टर स्थापना गरेपछि अस्पतालको सेवा प्रवाह प्रभाकारी बन्दै गएको छ । अस्पतालमा बिशेषज्ञ चिकित्सकहरूले गुणस्तरीय सेवा प्रवाह गरिरहेका छन् ।

अस्पतालमा ५० बेड क्षमताको मदन भण्डारी ट्रमा सेन्टर र १२ बेड क्षमताको स्पाइनल इन्जुरी सेन्टर रहेको छ । यि दुवै विभागमा ८ जना बिषेशज्ञ चिकित्सकहरूले नियमित उपचार दिदै आएका छन् । अस्पतालका मेडिकल सुपिरटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनी समेत हाडजोर्नी तथा नशा रोग बिषेशज्ञ चिकित्सक हुन् । “अस्पतालमा अब बिषेशज्ञ सुविधा सहितको उपचार हुन्छ” अस्पतालका मेसु डा. मरासिनीले भने, “हाडजोर्नी नखोली अपे्रशन र हाडजोर्नीको प्रत्यारोपणसम्मको काम भरतपुर अस्पतालमा हुन्छ।” अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर स्थापना पछि सेवा अझै बिशिष्टिकृत भएको मेसु डा मरासिनीले बताए । 

सस्तो रकममा आस्र्थोस्कोपी तथा आर्थोप्लाष्टि सेवा ः

 भरतपुर अस्पस्तालको ‘ए’ ब्लक भवन निर्माण पुरा भएपछि आर्थोस्कोपी तथा आर्थोप्लाटि सेवा सुरू भएको छ । घुडाको जोर्नी नखोलीकन (बिना अप्रेशन) दुरविनको माध्यमबाट रोग पत्ता लगाउने र उपचार गर्ने पद्धतीलाई आर्थोस्कोपी भनिन्छ । नेपालका सरकारी अस्पतालमा बीर अस्पताल बाहिर पहिलोपटक भरतपुर अस्पतालमा आर्थोस्कोपी तथा आर्थोप्लाटि सेवा शुरू गरिएको हो । हालसम्म ९ जना बिरामीहरूले यो प्रद्धतीबाट उपचार लिइसकेका छन् । “यो अप्रेशन गर्न बिरामीको अवस्था हेरी १ देखि ५ घण्टासम्म लाग्छ” अस्पतालको हाडजोर्नी तथा नशारोग विभागका बिभागिय प्रमुख तथा सहप्राध्यापक डा. श्रवणकुमार थापाले भने, “आर्थोस्कोपी प्रविधीको प्रयोगबाट अप्रेशन गर्दा बिरामीमा जटिलता कम आउने, अस्पताल बसाई घट्ने, चाडो निको हुने, भरपर्दो र विश्वसनिय उपचार हुन्छ ।” आर्थोस्कोपी गराउदा बाहिरका अस्पतालमा १ लाख ५० हजार देखि २ लाख ५० रूपैयासम्म खर्च लाग्छ तर भरतपुर अस्पतालमा ५० देखि ६० हजारमा नै यो सेवा उपलब्ध छ । “एमआरआईबाट डाइग्नोसिस गरिन्छ र त्यसको रिर्पोटको आधारमा आर्थोस्कोपी गरिन्छ” अस्पतालका अर्का हाडजोर्नी रोग बिषेशज्ञ डा. शुशिल थापाले भने । रूखबाट खसेका, खेलकुदका क्रममा घाइते भएका, भिरबाट लडेर हड्डीलाई जोड्ने लिगामेन्ट च्यातिएका बिरामीहरूको उपचार गरिन्छ । 

भरतपुर अस्पतालले ४८ लाखको लागतमा आर्थोस्कोपी गर्ने उपकरण खरिद गरी हालै सञ्चालनमा ल्याएको हो । हाड जोर्नी तथा नशारोग विभागका बिभागिय प्रमुख डा. श्रवणकुमार थापा भारतको दिल्लीमा रहेको एपोलो अस्पतालमा गएर ३ महिना लामो आर्थोप्लाटि (जोर्नी प्रत्यारोपण) सम्वन्धि तालिम लिएर आएका छन् । यस्तै थापाले हालै मात्र भारतको बैंगलोरमा गएर आर्थोप्लाटि सम्वन्धि पुर्नतार्जकी तालिम लिएर आएका छन् । “अब हामी जोर्नी प्रत्यारोपण सेवा केही दिन भित्रै भरतपुर अस्पतालमा नै शुरु गर्दछौं यसबाट बिरामीहरुले ठुलो लाभ लिन सक्ने छन्” विभागिय प्रमुख डा. थापाले भने । विभागिय प्रमुख थापा सहित बरिष्ठ चिकित्सकहरू मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनी, डा. सुरेश पाण्डे, डा. शंकर ढकाल, डा. शुसिल थापा, डा मनोज कंण्डेल, डा. रामचन्द्र सापकोटा र २ जना रेजिडेन्ट चिकित्सकहरूले अस्पतालको ट्रमा सेन्टर र स्पाइनल इन्जुरी सेन्टरमा भएका बिरामीहरूलाई सेवा दिइरहेका छन् । 

“हरेक दिन बिहान रेजिडेन्ट डाक्टरबाट बिरामीहरुको अवस्थाका बारेमा हामी जानकारी लिन्छौं, अनि उपचारको योजना बनाउछौं”” विभागिय प्रमुख डा. थापाले भने, “२ जना ओपिडी बस्छौं, बाँकि डाक्टर सावहरूबाट भर्ना भएका बिरामीको मिहिन ढंगले टिममा नै बसेर उपचार गर्दछौ, उपचार पद्धतीहरु शेयर गर्दछौं यसले बिरामीहरूलाई फाइदा पुग्छ र सहि उपचार हुन्छ ।” हाडजोर्नी तथा नशारोग विभागबाट अस्पतालमा हप्ताको ३ दिन नियमित तथा बाँकी दिनहरूमा अतिरिक्त अप्रेशनहरू गरिन्छ । हाडजोर्नी विभाग अन्र्तगत नै सपोटिभ उपचारका अन्र्तगत अस्पतालमा स्पाइनल (सुसुम्ना नाडी) र जेनरल फिजियोथेरापी सेवा पनि सञ्चालनमा रहदै आएको छ । 

अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर खुलेपछि १२८ स्लाइसको सिटी स्क्यान मेशिन ल्याउने सम्झौता भैसकेको छ । अबको २ महिना भित्रै अस्पतालमा अत्याधुनिक सुविधा सहितको सिटी मेशिन आउने छ । जुन ट्रमा सेन्टरका लागि अत्यावश्यक हुन्छ । गत बर्ष सरकारले ट्रमा सेन्टरका लागि २ करोड र यस बर्ष ४ करोड रकम बिनियोजन गरेको छ । 

निकट भविश्यमा नै अस्पतालमा मस्तिष्क तथा स्नायु चिकित्सक (न्यूरो सर्जन) र उपकरणको व्यवस्था गर्ने तयारी भैरहेको अस्पतालका मेसु डा. रूद्रप्रसाद मरासिनीले जानकारी दिए । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np