भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा बिकास गर्न कार्यदल गठन ।

 

 

चितवनको सवैभन्दा पुरानो अस्पताल भरतपुर अस्पताललाई स्वास्थ्य क्षेत्रको शैक्षिक प्रष्तिठानका रुपमा बिकास गर्न ६ सदस्यीय एक कार्यदल गठन गरिएको छ


२, पौष, चितवन । 

चितवनको सवैभन्दा पुरानो अस्पताल भरतपुर अस्पताललाई स्वास्थ्य क्षेत्रको शैक्षिक प्रष्तिठानका रुपमा बिकास गर्न ६ सदस्यीय एक कार्यदल गठन गरिएको छ । आज वसेको अस्पताल सञ्चालक समितीको वैठकले अस्पतालमा हुने स्वास्थ्य सम्वन्धि शैक्षिक कार्यक्रमहरुको सञ्चालन, प्रभावकारीता, सम्भाब्यता लगायतका बिषयमा अध्ययन गर्न वरिष्ठ फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. बिजय प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कायदलले शैक्षिक प्रतिष्ठानका वारे प्रस्तावना तयार गरि कार्यारम्भ गर्ने छ । बैठकले अस्पतालको दीर्घकालिन रणनीतिक बिकास योजना तयार गर्न नेपाल सरकार स्वास्थ्य  तथा जनसख्या मन्त्रालयसँग बिज्ञ टोली माग गरि योजना निर्माण गर्ने र यसकै आधारमा बार्षिक योजनाहरु वनाएर कार्यान्वयन गर्ने निर्णय भएको अध्यक्ष बिजय सुवेदीले जानकारी दिनुभयो । अस्पतालले हाल सञ्चालित ओपिडी भवनको माथिल्लो तला निर्माण गर्ने नीतिगत निर्णय गर्दै प्रकृया अघि बढाउने भएको छ । अस्पतालको मुलगेटवाट नारायणी मावि तर्फको बिग्रीएको सडक पिच गर्न तथा ढल निर्माणका लागि भरतपुर उपमहानगरपालिका समक्ष अनुरोध गर्ने निर्णय बैठकले गरेको अस्पतालका मेसु डा. केशवराज भुर्तेलले जानकारी दिनुभयो । अस्पतालको बार्षिक उत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न सञ्चालक समितीका अध्यक्ष बिजय सुवेदीको अध्यक्षतामा ५१ सदस्यीय मुल समारोह समिती गठन गरिएको डा. भुर्तेलले जानकारी दिनुभयो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Govinda Kandel
    Spokesperson
    kandelgovinda577@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np