भरतपुर अस्पतालले ओपिडी सेवा बिस्तार गर्ने ।

 

Bharatpur Hospital

 

२०, माघ, चितवन । चितवनको भरतपुर अस्पतालले ओपिडी सेवाको समय बिस्तार गर्ने भएको छ ।

अस्पताल सञ्चालक समितिको आज बसेको बैठकले अस्पतालको ओपिडी सेवालाई दिउँसो ४ बजेसम्म बढाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको परिपत्र र बिरामीहरुको सेवालाई मध्यनजर गर्दै जनतालाई राहात दिन ओपिडी सेवाको समयअवधी बढाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । अस्पतालले अहिले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै ओपिडी सेवा सञ्चालन गर्दै आएको थियो । अस्पतालले दिउँसो २ बजेपछि सञ्चालन गरेको इएचएस सेवा भने हटाएको छ । फाल्गुण १ गतेबाट यस्तो व्यवस्था लागु हुने छ ।

 शूल्क महंगो भएको र बिरामीको आर्कषण इएचएसमा नभएपछि साधारण ओपीडी सेवाको समय नै बढाइएको मेसु डा. मरासिनीले बताउनुभयो । अस्पतालले बिहानी सत्रको ओपीडी शूल्कलाई यथावत नै राखेको छ भने दिउँसो २ बजेपछिको ओपिडी टिकटको रकम ५० रुपैया तोकेको छ ।यसअघि इएचएसको टिकट शूल्क तीन सय राखिएको थियो । ‘यसरी सेवा गर्ने चिकित्सक र कर्मचारीहरुले अत्तिरीक्त सुविधा दिने छौं’ मेसु डा मरासिनीले भन्नुभयो, ‘अस्पतालले चालु आर्थिक बर्षको असार मसान्तसम्म यहि व्यवस्था लागु गरेर ट्रयाल फेजका रुपमा यसलाई हेरिने छ ।’ 

अस्पतालले हाल जनरल वेड चार्जका रुपमा ५० र पेइङमा ३ सय लिदै आएकोमा त्यसलाई समायोजन गरेर दुवै बेडमा एकमुष्ठ एक सय रुपैया लिने निर्णय अस्पताल सञ्चालक समितिको बैठकले गरेको छ । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np