भरतपुर अस्पतालको ‘सि’ ब्लक भवनको शिलान्यास गरिने ।

 

Bharatpur Hospital

 

०५ असोज, चितवन । भरतपुर अस्पतालको “सि” व्लक भवनको निर्माण शुभारम्भ गरिने भएको छ ।

अस्पतालको भवनको स्वास्थ्यमन्त्री गगनकुमार थापाले भोली एक कार्यक्रमका बीच अस्पताल परिसरमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव लगायतका पदाधिकारीहरुको उपस्थितीमा अस्पतालको अत्याधुनिक डाईग्नोष्ट्रिक भवनको शिलान्यास गरिने अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

' सि' ब्लक भवनको शिलान्यासँगै अस्पतालको अत्याधुनिक अप्रेशन थ्रिएटर र आइसियू कक्षको पनि मन्त्री थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको डा. मरासिनीले जानकारी दिनुभयो । “सबै कार्यक्रमको तयारी गरिसकेका छौं,” मेसु डा. मरासिनीले भन्नुभयो “स्वास्थ्यसचिवले आएर कार्यक्रमको तयारीको अवस्थाको बारेमा समेत जानकारी लिइसक्नुभयो।” 

अस्पतालको गुरूयोजना अनुसार नै सि ब्लक भवन निर्माण गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयले असोज ४ गते भरतपुर अस्पतालको ’सि’ ब्लक भवन निर्माणको लागि रु २८ करोड ८२ लाख १४ हजार ९ सय ९१ रुपैया ४२ पैसाको लागत स्विकृत गरेपछि  अस्पतालले भवन निर्माणको प्रकृया अघि बढाएको अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । 

अस्पताललाई वोलपत्र गरेर सि ब्लक निर्माण अघि वढाउन अनुमति प्राप्त भएको छ ।  भरतपुर अस्पतालको अनुरोधमा गएको बैशाख ६ गते “सि” ब्लकको गुरुयोजना स्वीकृत गरी बजेट सुनिश्चितता गर्न स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयलाई पत्र लेखेको थियो । बैशाख २८ गते अर्थमन्त्री बिष्णु पौडेलको मन्त्रिस्तरीय निर्णयबाट अस्पताललाई भवन निर्माणका लागि रकम उपलब्ध गराउने निर्णय भएको थियो । भवनमा नेपाल सरकारको ८० प्रतिशत लगानी हुने छ भने, भरतपुर अस्पतालको २० प्रतिशत लगानी हुने छ । 

 अस्पतालको 'सि' ब्लक भवनको ड्रोइङ्ग डिजाइन एनट आर्किटेक्चर एण्ड आक्टिेक्स कम्पनीले तयार गरेको हो । एनटले २०७१ चैत्र २६ गते ड्रोइङ डिजाइनका लागि अनुमति पाएको थियो । भवनले ४ हजार ४ सय ३३ स्क्वायर मिटर जमिन ओट्ने छ  । भवनको तल्लो भूई तलामा सिटि क्यान, एमआरआई, ल्याव, हिस्टोप्याथोलोजी, एक्सरे, ल्याव, इसिजि, इको, इन्कोशकोपी, कोलोनोस्कोपी, सिस्टोसकोपी, ब्रोङकोसकोपी लगायतका सेवा सुविधा उपलब्ध हुने छन् भने, दोस्रो तलामा सर्जिकल, न्यूरो र कार्डियोलोजी विभागहरु रहने छ । भवनको तेस्रो तलामा डाइलासिस सम्वन्धि कामहरू हुने छन् ।

 

४ बर्षदेखि अलपत्र शव गृहको निर्माण पुरा । 

भरतपुर अस्पतालको शव गृह नया भवनमा स्थानान्तरण गरिएको छ । निर्माण थालेको ४ बर्षपछि मात्रै शव गृह भवनको निर्माण पुरा भएको हो । भरतपुर मेडिकल कलेजको सहयोगमा निर्माण गरिएको भवन केही नीतिगत मनभिन्नताका कारणले अलपत्र परेको थियो । “यि सबै बिषय सल्टाएर निर्माण पुरा गरी आधुनिक शव गृहमा सा¥या”ै अस्पतालका अध्यक्ष विजय सुवेदीले भन्नुभयो, “अब अस्पतालको मुलगेटमा नै शव गृह देख्नुपर्ने छैन्।” भरतपुर अस्पतालको २ नम्वर गेटमै शव गृह हुँदा नकारात्मक प्रभाव परेको थियो । अस्पताल बिकास समिति र पुरानो मेडिकल कलेजका बीचमा भएको सम्झौता नै विवादित बनेका कारणले निकै लामो समयसम्म यो शव गृहको निर्माण पुरा हुन सकेको थिएन् । 

 

आकस्मिक कक्षको नयाँ स्वरूप । 

भरतपुर अस्पतालको आकस्मिक कक्षलाई पुर्ननिर्माण गरी आधुनिक सफा र बिरामीमैत्री बनाइएको छ । अस्पतालको आकस्मिक कक्ष संरचनागत कमजोरीका कारण सन्तोषजनक नभएको गुनासोहरू आइरहेको बेला अस्पतालले आकस्मिक कक्षमा ब्यापक सुधार गरी नयाँ रुप दिएको छ । आकस्मिक कक्षमा सेन्ट्रल अक्सिजन सप्लाई, भेन्टिलेटर, डिफ्रीबेलेटर, एसी सहित कक्षका लागि आवश्यक आधारभूत उपकरण र जनशक्तिको व्यवस्थापन उचित ढंगले गरिएको अस्पतालका मेसु डा. रूद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np